27 December 2009

गजल

गजल मलाई तेत्ति आउदैन र पनि पडन सारै मन लाग्छ!अनि अग्रज ब्लगर मित्रहरुको ब्लगतिर कहिलेकाही फुर्सदको समयमा छिर्दा राम्रा-राम्रा मन छुने गित गजलहरु पस्कनुभएको हुन्छ!अनि तिनै गजलहरूको सब्दहरु पड्दा कता-कता दुई चार हरफ लेखौ-लेखौ लाग्छ तर सब्द नै भेट्दीन त्यै पनि आज धेरै दिनको प्रयासमा दुई चार शब्द कोर्ने कोषिस गर्दैछु हेरौ कत्तिको सफल हुन्छु!!!!!!!!!

परेलीमा आँसु झारी धेरै-धेरै रोंए
छाती भित्र घाउ पारी धेरै-धेरै रोए
बिछोडमा तिम्रो माया नमेटीदा खेरी
जिन्दगीमा सधै हारी धेरै-धेरै रोंए!
तुवालोले तिमि हिंड्ने बाटो छेकिदिदा
सम्झी-सम्झी मुटु खारी धेरै-धेरै रोंए!
भेट्न मन हुदा पनि तिमि डाँडा पारी
वर्षा लाग्दा माया लागी धेरै-धेरै रोंए!
उदास यो मन भित्र चस्कि-चस्की पोल्दा
दुखेका ति ब्याथा लुकाई धेरै-धेरै रोंए!

26 December 2009

मान्छे

आफु बाची अरुलाई पनि बाच्न
सिकाउने आदर्स हौ तिमि मान्छे!
निस्वार्थ भावले सेवा र सिक्षा दिने
सेवक हौ तिमि मान्छे!
प्रलोभन र प्रपंचामा परी जसो-तसो गर्ने
कर्ता हौ तिमि मान्छे!
स्वार्थि भावले ब्रम्हलुट गरी कसैको जीवन संग खेलवाड गर्ने
खेलाडी हौ तिमि मान्छे!
भबिस्य बाणी गरी आफ्नो भबिस्य उज्ज्वल पार्न खोज्ने
धन्य हौ तिमि मान्छे!
भावनाको सतहमा पौडेर दिवा सपना देख्ने
भाबुक पनि हौ तिमि मान्छे!
अनि आस्वासन र आस्था लाई आत्मसाथ गर्ने
आस्तिक पनि हौ तिमि मान्छे!
अनि हरपल आफ्नो ईच्छा साकार पार्न खोज्ने
ईर्सालु पनि हौ तिमि मान्छे!

17 December 2009

टुक्रिन नसकेका मेरा आशाहरु

टुक्रिएको तारको स्वर जस्तै
बिधुवाको सिउदो जस्तै
अनि उद्दरातको सिरसिर जस्तै
आर्यघाटको ब्याथारुपी मेरा आशाहरु
गुड़ीयाले जस्तै खेलाएको
अनि जिउदो हुदै जलाएको
हास्दा-हास्दै रुवाएको
मेरा यी खोक्रा आशाहरु
फाशिको डोरीबाट भएपनि
बन्दुकको गोलीबाट भएपनि
अनि-अनि मृत्युको बोलीबाट भएपनि
जिउदो लाशबाट बच्ने मेरा यी आशाहरु
तर-तर
अब नबाच्लान मा जस्ता जिउदो लाशहरु
अनि नहास्लान टुक्रिन नसकेका आशाहरु

08 October 2009

कबिता

हामि नेपालि
बाच्दछौ हामि युगौयुगसम्म हिमाली छायामा
बाल्दछौ दिप ननिभ्ने गरी अधेरी रातमा!!

अविरल यात्रा मेट्दछौ थकाई हिमाली काखमा
चिनाई छाड्छौ यो सान्तिक्षेत्र बिस्वको माझमा !!

जुटेर हामि गर्दछौ पुरा ति कार्य अधुरा
झुकाउन कोहि चाहांनौ हामि बिस्वको टाकुरा !!

सान्तिको सन्देस बुद्दको देश नेपालि पन हो
बिरको सन्तान हट्दैनौ पछी पबित्र मन यो!!

आपशमा मिलि खुशीले रम्छौ देशको मायामा
बाच्दछौ हामि युगौयुगसम्म हिमाली छायामा !!
श्रोत: मधुपर्क

04 October 2009

कविता

"एम्बुसमा माया"


प्रगति राई (भोजपुर हाल काठमान्डौ! )


उसको अनुहार ठ्याक्कै मिलेन
रगत मिलेन र विचार मिलेन
मात्रै मिल्यो प्रेम गर्ने बानी
जो,शिलापत्र जत्तिकै अ मिट छ
जो,एम्बुस जत्तिकै खतर्नाक पनि छ - मेरो लागि

दिमागले निर्णय गर्न नसकेपछि
प्रेम र कर्तव्यलाई तर्कको तराजुमा राखेर हेरें

प्रेमले भन्छ-
"किन्न नसकिने खुशी
अनुदान पाएको हस्ताक्षर छ - त्यहाँ
सयौं दु:ख भुलेर, पसिनाले आर्जेको
मायाको बस्ती छ - त्यहाँ
त्यो बस्तीमा,
बढ्दो उत्साहका घरहरू छन्
फक्रँदो रहरका कोपिलाहरू छ्न्
र,गुमाउनै नमिल्ने सपनाहरू गर्भिनी छ्न्
प्रेम हावाजस्तो भावना रहेन अब
इतिहास,थालनी र अन्त्य सहितको
मान्छेजस्तै एक विशेष जाति भैसक्यो
अब, प्रेमको संघीयता देऊ"

प्रेमले स्तालिनको तर्क लिएर
मलाई नालिस हाल्छ ।

कर्तव्यले भन्छ-
"म यहाँसम्म आइपुग्नुका बाटाहरू
तह-तहका अपमानले यस्तरी थिचिएको छ कि-
मैजस्ता मान्छेहरूले मेरो रगतलाई फिका बनाएको छ
मैजस्ता मान्छेहरूले मेरो इतिहासलाई कुल्चेर रखेको छ
तिनकै बगैँचामा मेरो प्रेम फूलेछ
जहाँ म एम्बुस पड्काउन चाहान्थें ।


हामीजस्तै मान्छेहरूले किन मायाको महत्व बुझेनन्?
हामीजस्तै मान्छेहरूले किन रगतको सम्बन्ध बुझेनन्
मान्छेहरूबिच जातीय असमान्ताको यति गहिरो खाल्डो खनेर
एघारौँ शताव्दीदेखि
त्यो- शंकराचार्यले
त्यो- जयस्थिति मल्लले
या, मैथिली ब्राम्हणहरूले
मेरो एतिहास जलाएर
मेरो आस्थाको पीठ भत्काएर
अहिलेसम्म मलाई टेकिरहेछ
म बुझ्दछु ,
मेरो युद्दमैदानमा फक्रेको फूल हो - माया
सयौं जातीय संकिर्णतालाई बारूदमा भुटेर
मायालाई बचाउनु छ
सायद, म जन्मनुको अर्थ पनि यहिनेर छ"

आज, मैले यति बुझें-
माया मान्छेको अस्तित्व हो
माया मान्छेको कमजोरी पनि

लाग्छ-
जातीय युद्द जितेको दिन
विजयको गर्विलो छाति उपहार लिएर
मजस्तै सयौं मान्छे
प्रेमीसामु आइपुग्नेछन्

माया!
त्यतिञ्जेल
प्रेमको यो बस्ति सम्हाली राख्न्नू
(भोजपुर हाल काठमान्डौ! )

20 September 2009


विजया दशमी २०६६ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!










14 September 2009

पलपल्,

यो शब्द कुनै उपन्यासको नाम होईन ।अनी कुनै साहित्यिक पत्रीकाको नाम पनि होईन ।नाम सुन्दा र हेर्दा जती राम्रो र सुन्दर लाग्छ ।तर यो पलपलको बास्तबिक्ता भने अलि भिन्नै छ ।हजुर पलप
ल यो शब्द एउटा नेपाली कथानक चलचित्रको हो ।केहि दिन अगाडी टिकट्को लागी ट्राभल्स
मा गएको थिएं ।नजिकै नेपाली होटल साथै पशल भएकोले त्यहाँ पनि केहि क्षण पसेको थियौ
साथीहरु संग ।कुरै कुरामा कस्ले के लिने भन्ने हुँदा मेरो आखा सिडिको र्याकमा पर्‍यो ।
अनी
सबै हेर्दै छान्दै जादा पलपल भन्ने शब्दमा गएर रोकियो नेपाली फिल्म तेती हेर्ने त होईन त्यै पनि के मुड चलेर किनियो पनि अनि त्यै पलपल लाई नै लिएर रूममा सबै साथिभाई बसेर हेर्न थालियो ।हेर्दै जादा सबै साथिहरु हास्न थाले रमाइलो मानेर तर मलाई भने कता-कता नरमाइलो लाग्न थाल्यो ।कारण चलचित्रको कथाले,र तीनै चलचित्रको कथाको केहि प्रसङ राख्न मन लाग्यो ।हजुर चलचित्रको टोटली कथाबस्तु पुरुष बेस्यामा आधारीत रहेछ ।संख्याको आधारमा नगनिने भए पनि पुरुष बेस्या हुन्छ भन्ने कुरामा म पनि असहमती छैन ।अनी यो पेसामा लागेको मान्छेहरु संसारमा अनगिन्ती नै छन ।संसार भरको मान्छेहरुको सेक्सुअल चाहाना उस्को लिङ धर्म जात जाती अनि ब्याबसाय र परीस्थितिले फरक पार्दैन । यो समाज भनेको सभ्यताको चारम सिमामा पुगेको मान्छेहरुको समाज हो ।अनी सबै चीज हरु यस्तो होस जस्को कुनै दोश नहोस ।तर यो सम्भब नै छैन ।यदी राम्रो र नराम्रो मात्रै कुरा गरिन्छ भने त्यो मान्छे त्यस प्रती अनुग्रही छ वा पूर्व ग्रही छ भन्न सकिएला!माथी नै भनिसके कि चलचित्रको मुख्य कथा भनेको पुरुष बेस्या हो ।जस्मा पुरुष बेस्याले महिला ग्राहाक संग पैसा लिएर यौन समर्क गर्नु ।कथाको अनुसार ति पुरुष बेस्याहरुको मुख्य ग्राहाक भनेको लाहुरेको श्रीमती हरु रहेछ । अझ नेपाली भाषामा भन्दाखेरी लाहुरेनिहरु धेरै समय सम्मा आफ्नो श्रीमान हरु बिदेशमा रहेको कारण आफ्नो योनेक्ष्यालाई पैसा तिरेर ति पुरुष बेस्याहरु संग तृस्ण मेट्छ ।हुन सक्छ निर्माता निर्देसकले समाजमा घटेको घटनाहरुलाई चलचित्र मार्फत उत्ख्नन गर्ने जमर्को गरेको होला । यो कुरामा मेरो पनि सहमती छ ।तर मैले भन्न र जान्न खोजेको कुरा के भने यो चलचित्रको मुख्य बिषय किन लाहुरेनिहरुमा मात्र सिमित गरेको ?त्यसै त हाम्रो समाजमा लाहुरेहरुको परीवारलाई कहिल्यै पनि राम्रो द्रीस्टिले हेरेको पाइन्न मेरो बिचारमा निर्मातालाई लाहुरे भनेर क-कस्लाई सम्बोधन गरिन्छ । भन्ने कुरा मै अनभिज्ञ हुनुहुन्छ होला ।मेरो बिचारमा!एउटा बिक्षिप्त नारी जस्ले आफ्नो श्रीमान संग छुट्टिएर बस्नु परेको पिडदायी समयहरु काटिरहेको हुन्छ ।जस्को बाध्यता लाई भन्नुको सट्टा उस्को कलकलाउदो बैश देखेर र्याल काट्दै बदनामिको उपमा दिने काहा सम्मको न्याय होला निर्माता ज्युको ? पिडाको बेचबिखान गर्दै उस्को फक्रेको फुल जस्तो यौवनको उराठ लाग्दो जिबनको गित गाएर गाउ टोल हल्लाउने कतिको बिबेकसिल हुन त निर्माता निर्देषक ? जस्मा मेरो भन्नु अरु के छ भने यती बिघ्न महिला बेस्याहरुको प्रतिनिधित्व मुठ्ठिभरको लाहुरेनिहरुले कसरी गरेको छ हाम्रो मुलुकमा ?अनी यो देशको मान्छेहरु लाहुरेहरु र उनुहरुको परीवारले गरेको राम्रो कामको प्रसंसा किन कहिल्यै गर्दैन ?लाहुरे किन जान्छ किन पठाइन्छ ?जस्को उत्तर भनिरहनु पर्दैन होला ऐना झै छर्लंग छ ।सेक्सुअल अन्तरदन्द देखाउनको लागी नै किन उस्को (निर्माताको)मस्तिकमालाहुरेनिहरु नै आए ?के नेपालको धनाढय ब्यापारीहरुको श्रीमती हरु ठुल्ठुला नेताहरुको श्रीमती हरु यस पेसामा संल्गनता छैन भन्न सक्छ कसैले ?कि मानबिय सेक्सुअलिटी लाहुरेनिहरु संग मात्र छ ?त्यसैले मेरो बिचारमा कसैको ब्याक्तिगत तथा समुहको बदनाम गरेर कमाएको धन लाई कालो धन्दा भन्दा फरक नपर्ला ।त्यसैले मेरो भन्नुको मुख्य तात्पर्य यो हो कि भोली लाहुरेको परिवारहरु बाहिर निस्कनइ नहुने कोही आफ्न्त हरु संग पनि बोल्नै नहुने ? कुनै हाट बजार नै जान नहुने ?चलचित्रको कथाअ अनुसार उनिहरुले लाहुरेनी हुनु नै समाजमा अभिषाप हो त ? ?

30 August 2009

रित्तो जिवन

हजुर रित्तो जिवन जब हामि यस धर्तिमा पहिलो पाईला टेक्यौ!फकत रित्तो अनि जिबनको अन्त्य मत्लब मृत्यु पछि पनि हामि रित्तै हुन्छौ।तर जिवन भोगाई को दौरानमा पनि हामिहरु कतिपय रित्तिसकेको हुन्छौ।मेरो सोचाईमा!!म केहिमात्र बाल्यकालमा रित्तिएं।अनि केहि जवानिमा रितिएं।र अलिकति समयकाहनिमा पनि रित्तिएं।यसैले अहिले कता-कता महशुष भैइरहेकोछ।रित्तिनु संगै म पनि प्रतिपल बृदा भैइरहेछु।यसरी नै समयको उत्तार-चढाव संग लुकामारी गर्दै जिवन बगिरहनु अर्थात क्षणभरको जिवन पनि दोहोराएर बांच्न नपाउनु!!मलाई लाग्छ यसैले नै जिवन भोग्नलायक छ।संसारका सबै मान्छेहरु संग यि सबै कुराहरु छ।तर सबै कुराहरु भएर नै सबै दरिद्र पनि छ।किन कि कसैले पनि मृत्युलाई पन्छएर सन्सारको सबै भन्दा धनि बनाउने प्रकृतिको कुनै निति नियम नै बनेको छैन अहिले सम्म!कहिलेकहि मेरो मुर्ख सोचाईमा लाग्छ,म सोच्छु त्यसैले म,छु।तर यतिखेर मलाई लाग्छ त्यो सोचाई गलत रहेछ।किन कि जब म सोच्ने गर्छु त्यहा म आफु बाहेक सम्पुर्ण उपस्थिति देख्छु।जस्तै:बिचार बास्ना धर्म अधर्म,पुण्य पाप,पाहाड झरना आदि ईत्यादि।यसैले यहा कोहि हुनु नहुनेको कुनै अर्थ छैन।जिबनका सारा उपलब्धिहरुमा प्रस्नहिन अनि जवाफहिन बाचिंदोरहेछ।हुन त बाच्ने तरीका सबैको अधिकार हो।म मेरो जिन्दगि बाच्छु।जस्को पहिलो अधिकार मेरो हो।अन्य सारा सन्धर्बहरु आ-आफ्नै हुन्छ। हुन सक्छ मेरो बचाई नियमबद्द छैन।किनकि यो बाच्ने अस्तित्वको बारेमा कुनै लिखित संबिधान छैन।अनि जिवन बार-बार कसम तोडेर पुन जिन्दगि जोड्न खोज्ने योजना पनि होइन।अनि कुनै मुर्ख ब्याबस्थापकको ब्यास्थपन पनि होइन। जिवनको बचाई त कुनै पनि ग्रन्थहरुमा नभेटिईने रहस्य जस्तो लाग्छ।जिन्दगि बडो सुरुचिपुर्ण छ। यसैले कसैको स्राप सुनेर झन् जिन्दगि जिउने रहर जागेर आउछ।मलाई जिन्दगिको यहि लठ्ठिपना मन पर्छ।जस्को रङ रुप गित संगित आदि-ईत्यादि सारा चिजहरु मन पर्छ।सायद यसैले होला मलाई लाग्छ मेरो बचाई अलि भिन्न छ।त्यसैले भन्न मन लाग्छ।
म तिम्रो ईसारामा नाच्न सकिन।
पच्छायाउदै पुरातन सभ्यतामा।
अनि मैले नया युग पनि हाक्न सकिन।
ओझेल पारेर थुप्रै सम्भावनाका हिमचुलिहरु!!
म आदिम सभ्यतामा अडन सकिन!!!!! अस्तु,,

19 August 2009

नेपालि भ्-भाग र सुगौलि-सन्धि

बास्तवमा नेपालले १८१६को सुगौलि सन्धिमा आफ्नो एक तिहाई भुभाग गुमाएको थियो।तत्कालिन बिसाल नेपालको टिस्टा देखि सतलज सम्मको नेपालि भुभाग सुगौलि सन्धि पछिमेचि र माहाकालिमा सिमित गरीयो।त्यसैले सुगौलि-सन्धिपछि नेपालले धेरै ठुलो भु-भाग गुमाएको स्पस्ट छ।जुन सन्धि हुदा नेपालमा कुनै तराई थिएन।तर १८१६मा शुगौलि सन्धि हुदा ब्रीटेनले केहि मात्रमा तराईको भाग फिर्ता गर्यो।र पछि फेरी राप्ती देखि माहाकालि नदि सम्मको तराईको भागहरु फिर्ता गर्यो।तर अझ पनि भारतले नेपाल लाई फिर्ता गर्नु पर्ने भु-भागहरु अझै धेरै छ।पुर्बमा मेचि पारी (टिस्टा)र पस्चिममा माहाकालिपारी सतलज सम्मको जमिन नेपाललाई फिर्ता गर्नु पर्छ।सुगौलि सन्धिमा गुमेका नेपालि भु-भाग बाहेक नेपालिले अरु कुनै भारतिय भु-भागामादाबी गर्ने नेपाल कहिल्यै ईच्छुक छैन।नेपालको समर्थनमा बोल्नुको अर्थ भारतको बिरोध गरेको सोच्नु हुदैन।बिना कारण भारतको बिरोध गर्नुको कुनै औचित्य पनि छैन।तर हाम्रो नेपालि जमिन माथि भारतको अधिपत्य रहदै आउनुमा उस्को बिरोध गर्नु स्वभाविक हो।ईतिहास अनुसार १८१६मा नेपालले यो सुगौलि-सन्धि भारतमा बि-भिन्न राज्यहरुमा उपनिबेश राख्दै अघि बडिरहेको ब्रीटिश ईस्ट ईन्डिया भन्ने एक कम्पनि संग गरेको थियो।त्यसैले अहिलेको कुनैपनि स्वतन्त्र राज्य संग भएको थिएन।त्यसपछि बेलाएत भारत हुदै पाकिस्तानबाट हटे पछि सुगौलि सन्धि अनुसार नेपालले ब्रीटिश ईस्ट ईन्डियालाई छोड्नु परेको भु-भाग स्वत नेपाल एकिक्रीत हुनु पर्नेमा ति भ्-भाग अहिले सम्म स्वतन्त्रको मान्यता बिपरीत भारत मै रहिरहेको सन्धर्बमा ति जमिनको अधिपत्य निर्बिबाद रुपमानेपाल कै हुनुपर्नेमा अझ सम्म ति भु-भागहरुमा भारत कै उपनिवेस कायम हुनु भारतिय स्वतन्त्र आन्दोलनको अनुहारमा कालो पोत्नु सरह हो।त्यसैले आज हामि भारत संग भिख मागिरहेको छैनौ।हामि त भारत संग हाम्रो जमिन फिर्ता माग्दैछौ।जुन जमिनहरु पुर्बमा टिश्टा र माहाकालि कहिल्यै भारतमा थिएन।केवल नेपालको थियो।र ति भ्-भागहरु माग्नु हाम्रो नैतिक दायित्व पनि हो।त्यसैले हामि यो दाईत्व पुरा गर्नु बाट बिमुख हुन सक्दैनौ पनि।हामि टिस्टा देखिको सतलज सम्मको नेपालि जमिन चाहन्छौ।र भारतको रास्ट्रीय अखन्डता प्रति सम्मान पनि गर्छौ।साच्चि भन्ने हो भनेहाम्रो आफ्नै रास्ट्रीय झन्डा छ।आफ्नै मुद्रा छ आफ्नै सेना छ अनि आफ्नै न्यायलय पनि छ।त्यसैले आज भन्दा करीब ६२ बर्ष अगाडि जन्मियको भारतले २५सय बर्ष भन्दा अगाडिदेखि स्वधिन रहेको नेपाललाई सिमानाको पाठ पडाउन खोज्नु लज्जस्पद कुरा हो।मेचि देखि
माहाकालि सम्म ८५ भन्दा बडि ठाउमासिमाना मिचेर भारतले सुगौलि-सन्धि रद्द गरेको छ।तर बिडम्बना जस्ले सुगौलि-सन्धि नमान्नु पर्ने हो।उ चाहि कुन बाध्यताले यस्लाई मान्दै आईरहेकोछ।त्यसैले आज नेपाल पछिल्लो पटक१६८०को सन्धिले निर्धारित गरेको सिमाना बाट पनि बासि पाउरोटि झै दिननुदिन खुम्चिदै गैरहेकोछ।अनि हाम्रो रास्ट्रीय झन्डाले नेपालको सिमाना अतिक्रमित भएको निहिरता पुर्वक हेरीरहेकोछ।हेरीरहेकोछ!!! आखीर कहिले सम्म?????

11 June 2009

लघु कथा

, यो कथा मैले ४ बर्ष अगाडी एउटा पत्रीकामा हेरेको थिए।जस्लाई मैले २,३ पटक सम्म दोहोराएर पडेको थिए।जुनकथाको सब्दहरु अहिलेको परिस्थितिहरु संग मिल्दोजुल्दो लागेर ब्लगमा राख्ने बिचार आयो।कथाको सिर्षक हो मान्छे देखी सावधान' कुनै बेला मान्छेहरुको जस्तै कुकुरहरुको पनि एउटा सभ्य समाज थियो।जहा मान्छेहरुको जस्तै राम्रो नराम्रो खराब अशल बिचारधारा भएको कुकुरहरु थियो।र बिस्तारै मान्छेहरुको समाजमा हत्या हिंषा आतंक लुट पाट जस्ता कृयाकलापहरुले गर्दामान्छेको समाज त सबै आतंकित नै बनायो।हुदै जादा उनिहरुले कूकूरहरुको समाज लाई पनि आतंकित पारेको हुदा कुकुरहरु ठुलो सोचाईमा परे र सधै असुरक्षित महषुस गर्न थाल्यो।मान्छेहरुले आफ्नो समाजमा असान्त फैलाउन थालेकोले कुकुरहरुको नाईकेले एकदिन त्यस्को समाधनको लागि सबै कुकुरहरुको बैठक बोलाउने निधो गरेछ।र बैठकमा सबैलाई आ-आफ्नो समस्या पिरमर्काहरु सबैको सामु राख्ने अवसर दिएछ।त्यतिकैमा बिचबाट एउटा ठुलो बुडो कुकुर उठेर भन्न थालेछ।म पहिला कुनै एउटा धनि मालिकको घरको रेखदेखको काम गर्थे,र त्यहि घरको रेखदेख गर्दा मेरो जवानि बित्यो।एक पटक डाकाहरुले मालिकलाई गोलि हन्दा मालिकलाई बचाउने हुदा मेरो सरीरमा गोलि लागि म घाईते बने त्यसैले बिस्तारै म रोगि हुदै गए पछि घरको रेखदेख गर्न नसक्ने भए पछि अहिले मलाई त्यो घर बाटै निकालियो त्यसैले म ठुलो अन्यायमा परे भनेर भनेछ।फेरि अर्को कुकुरले भन्न थालेछ म तिहारको दिन गल्लिमा हिडिरहेको बेलाकुनै एक मानिसले बोलाएर घर मा लगि मिठो-मिठो खाने कुराहरु दिएर मेरो पुजा पनि गरेको थियो।त्यहि भएर अर्को दिन पनि मिठो-मिठो खानेकुराहरु खान पाईन्छ भनेर् त्यो घर भित्र पसेकोमात्र के थिए।भित्रै बाट मेरो ढाडै भचिने गरि कुटेर लखेट्यो।भनेर भनेछ।त्यसपछि बिचबाट अलि जान्ने बाठो एउटा कुकुर उठेर भन्न लागेछ हामि कुकुर जातिहरु मान्छेहरु बाट सधै सोषित हुने भएकोले अब हामि सबै मिलि मान्छेहरुलाई सोषित पार्नु पर्ने बिचार राख्छ।र अगाडि भन्दै जान्छ मान्छेहरु सम्पतिको सधै लोभि भएको हुदा मान्छेहरु संग सम्पतिको खेल खेलेर आफ्नो बसमा पार्नु पर्ने तर्क राख्छ।र एकदिन सबै कुकुरहरु मिलि मान्छेको समाजभित्र पस्छ र मान्छेहरुलाई तर्साउदै उनिहरुको सबै धन सम्पतिहरु आफ्नो कब्जामा पार्छ।र मान्छेहरु डराउदै आफ्नो लुटिएको सम्पतिहरु फिर्ता गर्न अनुरोध गर्छ तर कुकुरहरु फिर्ता गर्न मान्दैन।उल्टै पहिला आफुहरु पर्ति गरेको ब्याबहार गर्न थाल्छ।र सबै मान्छेहरु कुकुरको बसमा पर्दै जान्छ र बिस्तारै कुकुरहरुले ति मान्छेहरुलाई आफ्नो रेखदेख गर्न लगाउन थाल्छ।र मान्छेहरु सम्पतिको लोभमा लागेर कुकुरहरुको सोषणमा पर्दै जान्छ।अचेल मान्छेहरु कुकुरको पहरेद्दारको रुपमा राखिएको हुन्छ।त्यसैले कुकुरहरुको समाजको गेटमा ठुलो सुचना टासिएको हुन्छ मान्छे देखि सावधान!!!!

23 May 2009

मन

मन, हजुर मन भन्ने शब्द नै कस्तो होला जुन मन जोसुकै संग पनि हुन्छ अर्थात बालक बृदा तन्नेरी तरुनी सबै संग हुन्छ।जब हामि आफ्नो आमको न्यानो कोख बाट जन्मिएर यस धर्तिमा पैदा हुन्छौ साथै आफु संग आफ्नो मन पनि लिएर आएको हुन्छौ होला!तर हाम्रो यो मनलाई बुझ्न र एकिन गर्न सजिलो पनि हुदोरहेनछ।किनकि यो मन भित्र हजारौ कुराहरु अटेको हुन्छ।जहा राम्रो पनि हुन्छ र नराम्रो पनि।त्यसैले यहि मनकै खेलमा मान्छेले जिबन भरीकै ठुलो धोका पनि खाने गर्छ।जहा खराब र अशल कुन हो छुट्टाउन नसक्दा जिबन भर दुखि भएर पनि बांच्न बाध्य हुन्छ।त्यसैले मेरो बिचारमा दृस्य अदृस्य खराब अशल सबै काम गर्ने हाम्रो मन नै हो।तर मनको कुरा गर्ने सबै मान्छेहरु दार्सानिक पनि हुदैन।तर मेरो बिचारमा मनलाई भित्रै बाट नियालेर जान बुझ्न खोज्यो भने जस्को बुद्दी अशल बाटोतिर लाग्ने निस्चय होला।तर आफ्नो वा अर्काको मनलाई छोएर मात्र छोडनेहरुको लागी उनिहरुको मनमा आकाङ्क्षाहरुले सधै लखेटिरहनेछ।अनि सधै असन्तुस्टि मात्रै हात पर्ने हुन्छ।तर यि बिचार आकाङक्षाहरु सबै मान्छेहरु जन्म्दै लिएर आएको चै हुदैनहोला मेरो बिचारमा।किन कि मान्छे जन्मदा उस्को मन पनि सफाखालि कागज वा क्यान्भाष जस्तै हुन्छ होला।र बिस्तारै ति सफा कागज भित्र बिभिन्न राम्रा नराम्रा शब्दहरु कोरीन थाल्छ।किन कि मनले जे चितायो त्यहि हुन्छ भन्ने हाम्रो पुर्खौलि भनाई नै छ।अनि मनकै बारेमा धेरै कुराहरु सुन्न पाईन्छ।र त्यसलाई धेरै तिर बिभाजितपनि गरीएको पाईन्छ।राजनिति हिसाबले संरचनाबादि मन बिघटनबादि परम्पराबादि अनि आधुनिक मन अन्तरजगत आदि धेरै मनह्रु यो दुनियामा सुन्नमा पाईन्छ।मनको प्यास पनि भन्ने गरीन्छ यदाकदा जस्लाई मनले ग्रहण गरेको भौतिक प्यास अर्थात परीकृत अभिलाषा होला।मेरो बिचारमा यस्तो मनको प्यासीहरु धेरै ठाउको अनि अनेक प्रकारको पानि पिएर पनि सधै प्यासी नै रहन्छ।जस्तै कुवा झरनाको पानि पिएर पनि प्यास नमेटिएर धाराको नै पानिको खोजि गर्छ।उनिहरुको मन किनकि उनिहरुको मनले सन्तुस्ट नै पाएको हुदैन।फेरी धाराको पानि पिएर पनि प्यास नमेटिदा उनिहरु ठुलो समुन्द्रको पानिको खोजिमा भौतारिन्छ।त्यसैले मैले भन्न खोजेको कुरा यति मात्र हो ।कुवा झरना धाराको पानिले मान्छेको प्यास नमेटिएर समुन्द्र कै सपना देख्छ मानिसहरु।यसरी नै गांउ टोल,नगर माहनगर सहर हुदै हाम्रा यि प्यासि मनहरु तिनै पानि माथिको आकाशमा दौडिरहेको हुन्छ। तर मेरो बिचारमा हाम्रा यि निस्चल मनहरु कुनै बिलासिति र प्यासि मन लस्तो नभै आपसमा सौहाद्र र भाईचारकोसन्देश फैलाउदै माया प्रेम सदभाव र आपसि मेल मिलापबाट मात्र सम्भव छ।हत्या हिंसा मारपिटबाट अरुको मनलाई कहिल्यै जित्न सकिन्न।किनकि आजको हाम्रो मुलुकको आवस्यक्ता भनेकै मानसिक प्राप्तिको परीबर्तन हो।जुन कुराहरु एक आपसमा फुटेर होइना जुटेर मात्र सम्भब छ।त्यसैले सबै भन्दा असल र सदभार मन त हाम्रो मानवताबादि मन नै हो जस्तो लाग्छमलाई जस्मा सबैको भलो र सान्ति सृजनाको मात्र उदय होसत्यसैले हामि सबै मिलि त्यस्तै मनको मात्र परिकल्पना गरौ अनि सबैले त्यहि निस्चल मनले हाम्रा कार्यहरु गरौ!!!!!!!!तथास्तु!!!!!!

09 May 2009

बुद्दको देश नेपाल

बुद्दको देशमा रगत उम्लनु भन्दा
बडि बिडम्बना अरु के हुन सक्छ होला खोई?
बुद्दको देशमा सान्ति हराउनु भन्दा बडि
दुर्भग्य अरु के हुन सक्छ होला खोई?
चेतना सुन्य भएको प्रतेक आयमहरुमा
अहम्ताको खोल ओढेका ब्वासाहरु
बिबेक हराएका बिबेक हिन मानबहरु,,
छेपारोले जस्तै रुप बदलिरहेकाछन
अनि सबै आ-आफ्नै
तालमा डम्फु र मादल बजाईरहेकाछन।
अनि आफ्नै आंखामा पट्टि बांधेर
अन्धो भए झै अभिनय गरीरहेकोछ।
अब फेरि,,बजारमा पेस्तोल र बन्दुकको ब्यापार फस्टाउने तयारी भैइरहेको छ।
अनि हामि गरीब नेपालि हरु बलिको बोको भएर क्रान्तिमा होमिनुपरेको निर्दोष रगतले नेपालि धर्ति रंङाउने खेल खेल्दैछ।
अनि त त्यहि रगतहरु हाम्रा क्यानभाषमा लत्पतिनेछ
फेरी अनि हाम्रो कपिको पन्नाहरु रंङिने छ।
युद्द कति बिभत्स हुन्छ भनेर जान्दा-जान्दै।
अनि युद्द कति उराठ लाग्दो र त्रासदिपुर्ण हुन्छ भनेर जान्दा जान्दै
पनि किन हामि त्यसलाई अस्विकार गर्न सकेका छैनौ
अनि किन त्यसलाई बहिस्कार पनि गर्न सकेका छैनौ?
हामि आफै अन्यौल ग्रस्त भाबिस्यमा उभियर
आफ्नै कर्तब्य लाई अंगाल्न सकेका छैनौ?

27 February 2009

नारी समाज

मलाई प्राय धर्म र सस्कृतिकै बारेमा केहि लेख्न मन लाग्छ।हुन त म यो धर्म सम्बन्धि कुनै ज्ञान हासिल गरेको मान्छे होईन।तर पनि समाजमा देखेको सुनेको अनि कुनै कुरा भोगेको कुराहरु लेख्न मन लाग्छ।धर्मले मान्छे-मान्छेमा पनि किन एति भिन्नता गरेको होला!जस्तो लाग्छ।आज मैले चर्चा गर्न खोजेको कुरा नेपालि समाजमा एकल नारी अथवा हाम्रो भाषामा(बिधुवा)को अस्तित्वको बारेमाहजुर ति नारीले आफ्नो श्रीमान त गुमाईन।तर श्रीमानको मृत्युको साथ साथै उस्ले आफ्नो हरेक थोक गुमाउनु पर्छ।जस्तोकी रातो बस्त्र चुरा पोते,जुन महिलाको गहना हुन।तर कुनै पुरुषको श्रीमतिको मृत्यु भएमा उस्ले आत्मिय पिंडा बाहेक केहि गुमाउदैन।यि सबै हाम्रा धर्म र रुडिबादि परम्पराले सिकाएका सिकाएका सस्कारहरु हुन।यिनै धर्मको मान्यता अनुसार बारखि फुकाईसके पछि पनि पुरुषको तुलनामा महिलाहरु अपबित्र नै भएर रहनु पर्ने हुन्छ।जस्तै बिधुवा महिलालाई कुनै पनि सुभकार्य वा सुभसाईतमा अपबित्र हुन्छ भनेरसाइतको बेलामा ति महिला लाई नहेर्नु यदि देखिहाले पनि नबोल्नु भन्ने परम्परा छ।मेरो बिचारमा कुनै पनि महिलाहरु रहरले अनि आफ्नो कारणले बिधुवा भएको हुदैना। तर त्यसको सबै दोष जति ति महिला लाई नै थोपरीन्छ।जस्तोकि पोई टोकुवा,भाग्य फुटेको आदि,,,हरेक धर्मग्रन्थहरुले बिधुवा महिलाहरुको बारेमा बिभिन्न बिस्लेषणहरु गरेको पाईन्छ।बिधुवा महिलाहरुले खाटमा सुत्नु हुदैना यदि सुतेमा मिर्त्यु भएको श्रीमानलाई पतितगरीएको भन्ने गर्छ।अनि खाने कुराहरुमा पनि जे पायो तेहि खान नहुने भनेर बन्देज लगाएको छ।अनि कुनै पुजा-आजामा पनि उनिहरु अपबित्र नै हुन्छ।तर मलाई लाग्छ,उनिहरु(बिधुवा)महिलाहरु आफैमा अपबित्र हुदैन।यो त केवल मान्छेले बनाएको नियम र ति महिलाहरुलाई होच्याउने चलन मात्र हो।अनि हाम्रो समाजले पनि ति महिलाहरुलाई फरक-फरक दृस्टिले हेर्ने गर्छ।त्यसैले होला ति बिधुवा महिलाहरुलाई होच्याएर बनेको नेपालि उख्खान छनि।गरीबलाई दिन्छु नभन्नु,बिधुवालाई लान्छु नभन्नु, भन्ने जस्ता उख्खानले पनि ति बिधुवा महिलाहरुको खिल्लि उडाएकोछ हाम्रो समाजमा।अनि हाम्रो समाज पुरुष प्रधान समाज भएकोले होलाश्रीमानले श्रीमतिको काज कृया गर्नु पर्दैन।तर श्रीमतिले बिधि पुर्याएर नियम पुर्बक गर्नुपर्छ।अनि यदि कुनै पुरुषको श्रीमतिको मिर्त्यु भएको बर्षदिन पछि उस्ले पन्चेबाजा बजाएर अर्को श्रीमति ल्याउन हुन्छ।तर बिधुवा महिलालेमिर्त्यु भएको श्रीमानकै नाममा आफ्नो जिबन त्याग गर्नु पर्ने चलन छ।यि सबै कुराहरुलाई अन्धबिस्वास र असिक्षाको कमि हो मात्र पनि भन्न नमिल्ला।अहिले सन्सार एक्काईसौ सताब्दिमा हिडिरहेको बेला पनि बिधुवा महिलाहरुलाई हेर्ने दृस्टि हाम्रो समाजमा खासै परीबर्तन आएको छैन।अहिलेको राजनैतिक पाटिमा संग्लन केहि महिलाहरुले जन्म सिद्दि आफ्नो अधिकार हो भनेर रातो बस्त्र र टिका लगाउदैमा ति एकल महिलाहरुलाई हेर्ने दृस्टि परिबर्तन होला जस्तो लाग्दैन मलाई।जुन समाज लाई परिबर्तन गर्नको लागि रातो टिका र पहिरनले मात्र होइना उनिहरुले पनिसधुवा महिलाहरुले जस्तै स-सम्मान जिवन जिउन पाउन पर्छ।जस्को लागि आर्थिक सामाजिक,सैक्षिक राजनैतिक,ईत्यादि कुराहरुमा सबल र सक्षम बनाउने तिर लागेमा मात्र समाजमा उनिहरुलाई हेर्ने दृस्टि परिबर्तन हुन्थ्योकी?,,,

04 February 2009

जिन्दगि

रगतको नाता त साइनो मात्र हो।
स्वच्छ मनको परिचय नै प्यारो हुदोरहेछ।
जन्मिने कोख बेग्ला बेग्लै भएपनि
मित्रताको बन्धन नै प्यारो हुदोरहेछ।

नमस्ते मित्रहरु यो ब्लगिङ मार्फत परिचित मित्रहरुमा।आज ब्लग अपडेट गर्ने सुरमा बसेको तर के लेख्ने-लेख्ने भनेर मनमा कुरा खेल्न थाल्यो। जे होस यहि थोत्रो जिन्दगि कै बारेमा २-४ शब्द कोरेर मित्रहरुको भनाई जस्तै टासो लगाउनु पर्यो भनेर सोच्दैछु।हुन सक्छ सबैको जिबन भोगाई यात्रा इच्छा आकंक्षाहरु नमिल्न सक्छ।यो केवल मेरो मुर्ख सोचाई मात्र हो।गतिसिल जिबनको सुनौलो अवसर हो।समयको गतिसिल्तामा को काहा को काहा पुग्छ।समयको चाल अनि गतिसिल्तालाई चिन्न नसक्दा कहिले कहि जिन्दगि नै अस्तित्वहिन पनि हुदोरहेछ।अनि त्यहि समयको गतिलाई ईतिहासको पाठ नसिक्नेहरुको लागि पनि अस्तित्वहिन हुदोरहेछ।त्यसैले मेरो बिचारमा जिन्दगि धेरै लामो छ।अनि जिउनु पर्ने दिनहरु पनिधेरै नै छ।त्यसैले समय पनि एकदिनलाई मात्र आउदैन जस्को सदुपयोग गर्न सक्नुपर्दोरहेछ त्यसैले जिन्दगि भोलि र आउदो भबिस्यको लागि पनि बांच्नु पर्छ।अनि यो अ्उल्य जिबनलाई समय संगै डोर्याउनु हाम्रो कर्तब्य हो।तर कुनै दिन अभिसाप पनि बनि दिदोरहेछ यहि समय।किनकि कहिलेकहि जिन्दगिले समयलाई जित्न खोज्दा अनि आफु संग भएको घमन्डलाई टाउकोमा थोपारेर योग्यतालाई हतियार बनाएर आफुलाई उच्च ठान्नु मुर्खता हुदोरहेछ।जिबन भोगाईहरुको यात्राहरुमा कतिपय समयहरु भुल्न चाहेर पनि नसकिदोरहेछ।अनि तिनै जिबनमा कहिले खुसिहरु नाचिदिन्छ मयुरजस्तै अनि कहिले कल्पना भयर उडिदिन्छ बादल जस्तै त कहिले निस्चल र अटल भै बसि दिन्छ पाहाड जस्तै।अनि कहिलेबनेर रोईदिन्छ न्याउलि झै भाका हालेर।तर हरेक मान्छेको बिचार अभिब्याक्ति र सोचाईहरु फरक भएपनि जस्को बास्तबिक्ता देखाउने ऐना त उस्को अनुहार नै हो।मेरो बिचारमा! किनभने ऐना चाहे फुटेर टुक्रा-टुक्रा किन नहोस उस्ले आफ्नो कर्तब्य भुलेको हुदैन।जो जति टुक्रा भएर फुटे पनि जस्ले आफु अगाडिको बस्तुको प्रतिबिम्ब देखाईरहेकै हुन्छ।म आफुलाई कल्पनाको सन्सारमा हराएर सोच्दाअनि जिन्दगिलाई आफ्नै तरिकाले हेर्दा जे देखे त्यहि कल्पनाहरुलाई शब्द मार्फत यो सन्जालमा राख्ने कोशिष मात्र गरेको हुं मैले।आसा छ तपाईहरुको अ्उल्य सुझावहरु पाईरहनेछु अनि सधै यसरी नै यो सन्जाल मार्फत तपाईहरुसंग रमाईरहन पांउ हराईरहन पांउ यहि मनोकांक्षा बोकेर तपाईहरुको अ्उल्य सुझाबको सदा अपेक्षा गरीरहन्छु। साधुबाद!!

26 January 2009

नेपालको राजनिति

राजनिति खेल पनि अनौठो हुदोरहेछ। तर अरु देशको त थाहा भएन।हाम्रो देश नेपालको चहि अनौठो नै लाग्यो।हुन त राजनिति खेल न हो।जस्को सक्ति हुन्छ उहि नै माथि हुन्छ।पहुचहुनेहरुको नै सबथोक हुन्छ।याहा कुरा गर्न लागेको पनि यहि सक्तिबट नै एकैछोटि माथि पुग्न सफल एक खेलाडिको हो।जस्को नाम सायद सबैले सुनेकै हो।बबन सिंह।हजुर उहि बबन सिंह जस्ले काठमन्डौ स्थित त्रीपुरेस्वर बालाजु लगायतको तिन ठाउमा एकै चोटि बम बिस्पोठकको जिम्मेवारी लिएका थिए।तेति मात्र होइन!दर्जनौ हत्या ठगी र अपहरणको अभियोग लागेको बबन सिंह अब आफु सजय भोग्ने होइन। सजाय सुनाउने न्याधिशहरुकै बयान लिने भएका छन।यति मात्र होइना मुलुक कै रास्टिय सुरक्षा निति तर्जुमा र परीमार्जनको निर्णय पनि बबन सिंहले नै गर्ने भएका छन।देशको बिभिन्न ठाउहरुमा हत्या आतंक र सर्वसाधरणको ज्यान लिएका बबन सिंह भुमिगत रुपमै सभासद चयन भए।फौजदारी अभियोगमा प्रहरीको खोजिसुचिमा रहेको अवस्थामा सभासद बन्न पुगेको बबनसिंह भर्खरै ब्वाबस्थापिका संसद अन्तर्गत गठन भएको संसदिय सुनुवाई समिति र सुरक्षा बिशेस समितिमा परेपछि उनि अपराध अनुसन्धान र सान्तिसुरक्षा सम्बन्धि महत्वपुर्ण दस्तवेज माथि निर्णय गर्ने मात्र होइना सर्वोच्च अदालतको न्यायधिस नियुक्तिका क्रममा सुनुवाईसमेत गर्ने भएकाछन।यसैगरि उनि ब्याबस्थिका संसद अन्तर्गतको बिधायन समितिमा समेत रहेकोछ।माओबादीले गरेको ससस्त्र संघर्श संगै हुर्किएको राजनितिका नाममा हिंसात्मक गतिबिधि गर्ने परिपाटिहरु लोकतान्त्रीक आन्दोलनको सफल्ता पछि त त्यो सबै ब्याबसायहरु फस्टाउब थाल्यो।बिभिन्न जातिय क्षेत्रीय नामबाट संगठन खोल्दै हत्या हिंसा लुटपाट अपहरणहरु हवात्तै बड्यो।यसै क्रममा बबनसिंहले पनि मधेसि टाइगर्सको नामबाट हिंसाको सुरुवात गरे त्रीपुरेस्वर बस स्टपमा सार्बजानिक बस कुरीरहेका बिधार्थिहरु बबनको बमले लागेर टुक्रा-टुक्रा भए।तिनिहरुको आफन्तहरुले न्याय कुन चरीको नामहो!अहिले सम्म थाहा पाउन सकेको छैन। यसै गरी तराईको बिभिन्न जिल्लाहरुमा दर्जनौको ज्यान जानेगरी बबनले गराएका बिस्फोट र अपहरणका घटनाहरु प्रहरी कार्यलयको फायलहरुमा अझै रेकर्ड छ।अब तपाई आफै भन्नुस यस्ता अपराधिलाई कानुनको कठघरामा ल्याई उभ्याई छानबिन गरी दोषिलाई कानुनको दायरामा ल्याई ति अपराधिक घटनाका पिडितहरुलाई न्याय दिलाउनु पर्ने अवस्थामा घटनाको मुख्तियार नै न्याधिश नियुक्ति र कानुन बनाउने स्थानमा पुगेको छ।जस्ले लोकतन्त्र र बिधिको साशनको मान्यतालाई काहा पुर्याउने हो।प्रतिक्षाको बिषय बनेको छ।त्यसैले त बुडापाकाहरु भन्ने गर्थे नेपालको कानुन दैब जानुन!!!!!!!!!

19 January 2009

आफु र अर्का

समय जन्मत्सवको पावन घडिमात्र लिएर आएको हुदैन उस्ले आफु संग् संगै बिसाल त्रासदिपुर्ण मिर्त्यु पनि लिएर आएको हुन्छ।प्रकिर्तिले जहा राम्रो कुराको सृस्टि गरेको छ।त्यहा नराम्रो कुराको पनि सृस्टि गर्न भुलेको छैन।मत्लब नराम्रो कुरा नभै राम्रो कुराको महत्व नै छैन यो सन्सारमा!तर हामि मानवहरु घमन्ड गर्छौ।कि राम्रो जति सबै आफ्नो र नराम्रो जति अरुको।तर राम्रो र नराम्रो त एउटा सिक्काको दुई पाटाजस्तै हो।किनकि नराम्रो बिनाराम्रो असम्भव छ।किन भने हरेक मान्छे जन्मदा जति खुशि उमंग हुन्छ।तर जन्मे पछि उस्को मिर्त्यु अबस्यछ।जन्मे पछि मर्नै पर्छ।यो सन्सारको रित नै हो।जति जन्मदा खुशि उमंग हुन्छ तेति नै मिर्त्यु हुन्दा सोक र दुखि पनि।यहा हरेक कुराहरुको राम्रो र नराम्रो दुई पक्ष छ, जस्तै दिन पछि रात उज्यालो पछि अध्यारो अनि जहा अ्रीत हुन्छ त्यहा बिष पनि हुन्छ जहा आगो हुन्छ त्यहा पानि पनि,अनि दिन पछि रात उज्यालो पछि अध्यारो यो सबै सृस्टि देखि नै चलि आएको चलन हो।नराम्रो नहुदो हो त राम्रोको अस्तित्व नै हुदैनथ्यो होला।जस्तै रावण नभैदिएको भए रामको यति बिघन महत्व हुदैनथ्योहोला।अनि दानव नभैदिएको भए पनि यसरि देवताहरुको पुजा गरिन्नथ्यो होला।अनि खलनायक नभैदिएको भए नायकको तेति महत्व हुन्नथ्यो होला। त्यसैले यो सन्सारमा नराम्रो भन्ने चिज बानि ब्यावहार नभैदिएको भएराम्रो भन्ने सब्द नै हुन्नथ्यो होला।तर हामिहरु जति पनि राम्रो कुराहरु जति सबै आफ्नो र नराम्रो जतिअरुको थाप्लोमा थुपार्ने खोज्छौ त्यो नै हाम्रो मुर्खता हो।सन्सारमा जो कोहिले अरुलाई त्यहि दिन्छ।जो उ संग छ किन कि आफुसंग नभएको चिज चाहेर पनि अरुलाई दिन सक्दैन जस्तै एउटा डक्टरले उस्को बिरामिलाई रोगानुसारको औषधि र उचित सल्लाहा दिन्छ।कुनै बोट बिरुवाले आफु संग भएको फल दिन्छ। तर नफलेको बिरुवाले जति राम्रो गरे पनि केहि दिन सक्दैन।हो!मान्छेले सन्सारलाई तेहि दिन्छ जो उस्ले तिनै सन्सारबाट पाएकोछ।सबै बाट घिर्ण र तिरस्कार पाएको मान्छेले सबैलाई त्यहि घृणा नै दिन्छ।यदि उस्ले सबै बाट माया प्रेम र सदभाव पाएको छभने उस्ले त्यहि सदभाव नै दिन्छ।तर माया प्रेम सदभाव पाएको पशु पंछि जनवारहरु पनि मायालु बनि मान्छेलाई सहयोग गर्छ।धर्म ग्रन्थमा भनिए झै राम बाट राम्रो मायापाएको हुनाले जंगलि जनवार बांदर बाघ भालुले पनि राम संग मित्रता कायम गरी रामलाई उस्को सिता खोज्न सहयोग पुर्याएको थिए।तर घृणा र तिरस्कार गरेको हुदा रावणको सहोदर भाई पनि आफ्नो सत्रु संग मिलेर दाजुको बिरोध गरेको थिए।अन्त्यमा भन्नु पर्दाराम्रो मात्र आफ्नो नठानिराम्रो नराम्रो दुबैलाई आत्मसाथ गरी समस्याको खोजि गर्न सक्ष्म हुदैनौ।तब सम्म तनाब र टक्रावहरु मात्र हाम्रो सामु हुने हुदा सबै राम्रोनराम्रो पराईआफन्त सबैलाई राम्रो भनौ तब हाम्रो जिन्दगि पनि एउटा सु:ख दु:ख बिसाउने आनन्दको चौतारी हुनेथ्योकि!!!!!!!! तथास्तु