टुक्रिएको तारको स्वर जस्तै
बिधुवाको सिउदो जस्तै
अनि उद्दरातको सिरसिर जस्तै
आर्यघाटको ब्याथारुपी मेरा आशाहरु
गुड़ीयाले जस्तै खेलाएको
अनि जिउदो हुदै जलाएको
हास्दा-हास्दै रुवाएको
मेरा यी खोक्रा आशाहरु
फाशिको डोरीबाट भएपनि
बन्दुकको गोलीबाट भएपनि
अनि-अनि मृत्युको बोलीबाट भएपनि
जिउदो लाशबाट बच्ने मेरा यी आशाहरु
तर-तर
अब नबाच्लान मा जस्ता जिउदो लाशहरु
अनि नहास्लान टुक्रिन नसकेका आशाहरु
completely personal diary.
17 December 2009
Subscribe to:
Post Comments (Atom)
यि आशाहरू अन्तिममा चैँ पुरा होलान् कि भन्दै भन्दै पढेँ तर भएनन् क्यार । दोस्रो-अन्तिम लाईनको एउटा शव्दमा थोरै त्रटी भएको रहेछ अलि कुरो अर्थिएन त्यहाँ नेरी । कवितामा एउटा मात्रै शब्द बुझिएन भने सबै कुरा बुझ्न गाह्रो हुन्छ । मलाई अलि त्यस्तै पर्यो । सच्चाईदिनु होला है ।
ReplyDeleteसमग्रमा धेरै राम्रो लाग्यो कविता । अलि आशाबादी हुनुपर्ने पनि हो कि भन्ने चाहिँ मेरो मनको गुनासो मात्र । भन्ने आँट चाहिँ गरिहालेको हैन!!
धन्यबाद Ashesh जी chautaari सम्म आएर आफ्नो अमुल्य सुझाव दिनु भएकोमा कोसिश गर्ने छु|
ReplyDeleteआउदा दिनहरुमा,गल्तिहरु सुधार्दै लानेछु धन्यबाद |||