completely personal diary.
26 January 2009
नेपालको राजनिति
राजनिति खेल पनि अनौठो हुदोरहेछ। तर अरु देशको त थाहा भएन।हाम्रो देश नेपालको चहि अनौठो नै लाग्यो।हुन त राजनिति खेल न हो।जस्को सक्ति हुन्छ उहि नै माथि हुन्छ।पहुचहुनेहरुको नै सबथोक हुन्छ।याहा कुरा गर्न लागेको पनि यहि सक्तिबट नै एकैछोटि माथि पुग्न सफल एक खेलाडिको हो।जस्को नाम सायद सबैले सुनेकै हो।बबन सिंह।हजुर उहि बबन सिंह जस्ले काठमन्डौ स्थित त्रीपुरेस्वर बालाजु लगायतको तिन ठाउमा एकै चोटि बम बिस्पोठकको जिम्मेवारी लिएका थिए।तेति मात्र होइन!दर्जनौ हत्या ठगी र अपहरणको अभियोग लागेको बबन सिंह अब आफु सजय भोग्ने होइन। सजाय सुनाउने न्याधिशहरुकै बयान लिने भएका छन।यति मात्र होइना मुलुक कै रास्टिय सुरक्षा निति तर्जुमा र परीमार्जनको निर्णय पनि बबन सिंहले नै गर्ने भएका छन।देशको बिभिन्न ठाउहरुमा हत्या आतंक र सर्वसाधरणको ज्यान लिएका बबन सिंह भुमिगत रुपमै सभासद चयन भए।फौजदारी अभियोगमा प्रहरीको खोजिसुचिमा रहेको अवस्थामा सभासद बन्न पुगेको बबनसिंह भर्खरै ब्वाबस्थापिका संसद अन्तर्गत गठन भएको संसदिय सुनुवाई समिति र सुरक्षा बिशेस समितिमा परेपछि उनि अपराध अनुसन्धान र सान्तिसुरक्षा सम्बन्धि महत्वपुर्ण दस्तवेज माथि निर्णय गर्ने मात्र होइना सर्वोच्च अदालतको न्यायधिस नियुक्तिका क्रममा सुनुवाईसमेत गर्ने भएकाछन।यसैगरि उनि ब्याबस्थिका संसद अन्तर्गतको बिधायन समितिमा समेत रहेकोछ।माओबादीले गरेको ससस्त्र संघर्श संगै हुर्किएको राजनितिका नाममा हिंसात्मक गतिबिधि गर्ने परिपाटिहरु लोकतान्त्रीक आन्दोलनको सफल्ता पछि त त्यो सबै ब्याबसायहरु फस्टाउब थाल्यो।बिभिन्न जातिय क्षेत्रीय नामबाट संगठन खोल्दै हत्या हिंसा लुटपाट अपहरणहरु हवात्तै बड्यो।यसै क्रममा बबनसिंहले पनि मधेसि टाइगर्सको नामबाट हिंसाको सुरुवात गरे त्रीपुरेस्वर बस स्टपमा सार्बजानिक बस कुरीरहेका बिधार्थिहरु बबनको बमले लागेर टुक्रा-टुक्रा भए।तिनिहरुको आफन्तहरुले न्याय कुन चरीको नामहो!अहिले सम्म थाहा पाउन सकेको छैन। यसै गरी तराईको बिभिन्न जिल्लाहरुमा दर्जनौको ज्यान जानेगरी बबनले गराएका बिस्फोट र अपहरणका घटनाहरु प्रहरी कार्यलयको फायलहरुमा अझै रेकर्ड छ।अब तपाई आफै भन्नुस यस्ता अपराधिलाई कानुनको कठघरामा ल्याई उभ्याई छानबिन गरी दोषिलाई कानुनको दायरामा ल्याई ति अपराधिक घटनाका पिडितहरुलाई न्याय दिलाउनु पर्ने अवस्थामा घटनाको मुख्तियार नै न्याधिश नियुक्ति र कानुन बनाउने स्थानमा पुगेको छ।जस्ले लोकतन्त्र र बिधिको साशनको मान्यतालाई काहा पुर्याउने हो।प्रतिक्षाको बिषय बनेको छ।त्यसैले त बुडापाकाहरु भन्ने गर्थे नेपालको कानुन दैब जानुन!!!!!!!!!
Subscribe to:
Post Comments (Atom)
काहि नभएको जात्रा ---...नेपालमा भने कै यही हो नि ! के गर्ने चोरहरुलाइ नै सामान रुङन लाए जस्तो हो । - किराती जी ।
ReplyDeleteत्यो भन्दा पनी कसरी बबनसिंह जस्ताले इलेक्सन मा उठ्ने मौका पाए ? मैले बुझे अब्नुसार सार्बजनिक बिबादमा रहेका र मुदा आदि मा मुछिएका ब्यक्ति क्यानडिडेट हुन नपाउने ब्यबस्था छ'रे ! किन ?त्यति बेला केही छानबिन भएन रहेछ र ? हुन त तपाई ले नै भनी सक्नु भएको छ - नेपाल को कानून दैबले जानुन भनेर
हाम्रो देशलाई कसले रक्षा गर्ने हुन् तिनले चाँडै ने यस्ता कु-व्यक्ति र कुप्रथाबाट हाम्रो देशलाई मुक्त पारिदिए हुन्थ्यो ॥
ReplyDelete"नेपाल को कानुन बनाउनेले जानुन" जनता हरु त भेडा बाख्रा त हुन ।
ReplyDelete