05 October 2011

म आफ्नै संसारको कुनै कुनामा उभिएर बिना घामको अध्यारोलाई सम्झन पुग्छु कहिले!!अर्थात म आफ्नै संसारमा यसरी बिरानिन्छु कि!म आफ्नो सबथोक(अतित बर्तमान भबिस्य)लाई भुलेर बेग्लै दुनियामा हराईदिन्छु!आखिर मान्छेले सदा आफु हिडुन्जेल मात्र आफ्नो बाटो हो भन्ने बिर्सेर अपनत्वको सुन्दर भ्रममा आफ्नो बाटो हिडीरहेको हुन्छ!तर म भ्रम मुक्त छु!किन कि! म कोहि कसैलाई पनि बास्तबिक आफन्त महशुस गर्न सक्दिन! त्यसैले आफन्तहिन नै अपरिचित संसारको यो अपरिचित बाटोमा एक्लै मस्त हिडीरहेकोछु! यसरी कुनै बाटो नै तय नगरी हिड़ेका मेरा पाईलाहरु अघि बढ्नु संगै जान अन्जान सम्भावनाहरु नजिकिरहेछ!त्यसैले मलाई सधै गतिसिल्ताको गर्व लाग्छ!बर्तमान होस् या हराएको मान्छे!स्मिर्ती सम्बद्द सुखानुभूति होस् या पिडानुभुती!!! स्मृतिको छाया बाट मुक्त पनि हुन सक्दिन!तर-तर म स्मृति पीडाको नाममा कसैको बर्तमान जिन्दगि लुट्न चाहान्न!तर पनि ति स्मृतिका पिडा बाट सारा कला र छायाहरू मेटाएर भए पनि आफ्नै संसारको परिधि भित्रको स्मृति सुखमा मस्त संग म आफ्नै बर्तमान जिन्दगि लुटीरहेछु!त्यसैले म आफ्नै जिन्दगीको लुटेरा हुँ!!! संगम

12 December 2010

जिन्दगि

ओईलेको हाँसो ओठमा लिएर
कल्पनाको ताजा गुलाब मनभरी सिउरिएर बांचिरहेकोछु!
अनि सम्झनाहरु सिशा झैँ टुक्रिएर बिझिदिदा!!!
मुटुभरी बितेका पलहरु फेरी बल्झिदिन्छ आगोसरी
त्यसैले यी मेरा हर पाईलाहरु थकित बनि सुस्ताईदिन्छ
अनि यो नौलो यात्राको(परिवेशको)बाटो टेक्न हिच्किचाईरहेकोछ
अनि त दोधारे मनको दोशाधमा दुई मनको सोचाई बोकिरहेकोछु
सहि अर्थ कुन मनले दिने हो!!
फेरी म यहि मन संग सोध्छु!
म सुकुम्बशी हुनुमा तिम्रो के बाजी छ?
कुनै सजिब्ता रहेन यो समय संग
अनि कुनै आत्मिएता पनि रहेन यो मनको देवता संग
यति लामो यात्रा गरेर यहाँ सम्म आएको छु!
हजारौ अभावहरु लाई थाँती राखेर
अनि समुन्द्रको छातीमा
जिन्दगीको पदचापहरु एकपछि अर्को गर्दै बाटोहरु हिडिरहेको छु!!!!लागातर!!!!!!!!!!!!!!

13 July 2010

मेरो चौतारी

ओ हो मेरो चौतारी सुन्य भएको पनि दसकौ भए जस्तो लाग्न थाल्यो मलाइ जहाँ थकाई मारेर एकछिन भए पनि जिन्दगि भुल्ने गर्थे म!तर परिस्थिति भनौ वा समयको बेगले dherai टाडा पुर्याए जस्तो भान भईरहेछ अहिले सायद मेरो मुर्खताबस समयलाई नै उछिन्न खोजेर पो होकी!!!मेरो चौतारी जहाँ मा मेरो जिबनको भारि बिसाउने गर्थेजहाँ बसेर म मेरो जिबनको मुल्यांकन गर्थे!तर आज निक्कै टाडा भैसकेछु मेरो चौतारी देखि पनि समय संगै जिन्दगि डोर्याउनु पर्ने हाम्रो कर्तब्य नै रहेछ!कहिले कहिँ मलाई लाग्छ यो जिन्दगीलाई लिएर पिडाई पीडाको गहिरो सागरमा डुबेर रोहिरहू जस्तो लाग्छ!!! अनि मलाई आनन्द जतिबेला लाग्छ जब आखाहरू बाट झरेको बेदनाहरु माझ भावनाको गहिरहिमा बहकिदा!!अनि फेरी बास्तबिकतामा आई यो दुनियालाई हेर्छु सबै हासेर रमाएको देख्दा यो रंगिन संसारमा थोरै भए पनि हासौ जस्तो लाग्छ!तर खोइ किन हो कुनी सन्सार रमाईलो नै भए पनि मलाई हासो तेती मन पर्दैन!हुन त जिन्दगीलाई हेर्ने अनि मुल्यांकन गर्ने सबैको आ-आफ्नै बिचार तरिका हुन्छ!त्यसैले मैले पनि मेरो यो ठुलो सन्सार भित्रको सिमित जिन्दगीलाई नियालेर हेर्दा मलाई लाग्छ यो जिन्दगि kewal संयोगान्त जस्तै रहेछ!कहिले यो जिन्दगि आकास जस्तै फराकिलो हासो हरु सँग लुकामारी गरिरहेको त कहिले सागरको पानि जस्तै नुनिलो आशुहरु सँग रमाईरहेको पाउछु अनि कहिले औशिको कालो रातहरु झैँ अन्धकार दुख्खाहरु सँग त कहिले सगरमाथा झैँ अग्लो खुशीहरु संग रमाईरहेको!!!!!!!!!!!!!!!!!!!!!!! सङ्गम,,,,,,,

22 February 2010

निस्कर्ष

निर्विकार भित्र छाया चाहने म मान्छे
अनि निराडर भित्र संसार देख्ने म मान्छे
झर-झर बग्ने झरनाको प्रबाह मा पनि
जिन्दगीको प्रतिबिम्ब खोज्ने म मान्छे
त्यसैले त
तिम्रा सापटी अँध्यारो रातहरुमा
स्वाभिमानको उज्यालो फैलाउन चाहने म मान्छे
तर मलाई माफ गर
म पच्छ्याउन चाहन्न तिम्रा पाईलाहरु
अनि अन्दाज गरेर (नापेर)छाडेका तिम्रा बाटोहरु
म त सधै आफ्नै पाईलामा अडिन चाहने मान्छे
अनि आफ्नै परिबेशमा रमाउन चाहने
म तिम्रो उदेस्यको सारथि बन्न सकिन
अनि चाहेर पनि तिमीलाई आफ्नो भन्न सकिन
तिम्रो बन्धक खुसि स्वीकार्य भएन मलाई
अनि तिम्रो पासचात्य जिबन पाच्य भएन मलाई
जिन्दगीलाई सधै खुला आकाश सम्झे मैले
साथै सधै उद्दार धर्ति पनि
म सिसिरमा बहकिएर कहिल्यै रुन सकिन
अनि ति काला रातहरुमा
तारा गनेर बस्न पनि सकिन
कसरी भेटु म मेरा जिन्दगीका लक्ष्यहरु
निस्कर्षमा पुग्नै सकिन

12 January 2010

मेरी प्रियसीलाई

जब म लक्ष्यमा अघि सरेको बेला
हात फैलाएर मेरो बाटो छेक्न नखोज!
तिम्रो अंगालोमा अहिल्यै बाधिए भने
संसारको रोदन सुन्न सक्दिन
आखामा मेरो जालो लाग्नेछ
कान मेरो बहिरा हुनेछ!
उचालिएको कदमलाई पछाडी सार्नु पुरुसार्थ होइन!
बिन्ति छ मलाई अघि बड्न देउ !!
तिमि मेरो लागि सिर नाझुकाऊ
अनुहार अध्यारो नपार
मैले हिड्ने बाटोहरुमा बाझो परि आउनेछ!
बीच बाटो देखि नै फर्किनु पर्नेछ !!
मेरो स्वागत् गर्ने संसारमा प्रलय हुनेछ
तिमि मेरो आशा गर बिस्वास बाध
आशाले सक्ति प्रदान गर्नेछ!
म तिमीलाई भुलेर खुसि रहन सक्दिन!
न कि तिम्रो नजरबाट गिरेर नै बाच्न सकुला
चन्द्र झैँ उज्यालो तिम्रो मुहार सम्झेर!
म मेरो यात्रा तय गर्दै जानेछु!
पिलिएको ज्यान जगेर्ना गर्न
प्राणको बाजी लगाएकोछु!!
अझ पनि संसार अध्यारै छ!
उज्यालो ल्याउन बाकि नै छ!
म तिम्रो आखामा आशु कहिल्यै देख्न चाहन्न!
सधै तिम्रो ओठमा मुस्कान देख्न पाउ!!
तिम्रो आशुले मेरो मुटु कम्जोर बनाउनेछ!
मुस्कुराहतले साहस र सक्तिको पुल बाध्छ!
म हिड्ने सबै बाटोहरुमा सधै फुल बिछ्याई दिनु
अनि म पस्ने ढोकामा दियो बालि राख्नु
तिम्रो हृदयको धड्कनमा मेरै वियोगको तड्पन छ भने
तिम्रो अंगालोको हात मेरै स्वागतार्थ खुल्ला छ!
एक दिन म मिलनको गित गाउदै
(अनि सुनाउदै)निश्चय नै म फर्की आउनेछु!!!