08 October 2009

कबिता

हामि नेपालि
बाच्दछौ हामि युगौयुगसम्म हिमाली छायामा
बाल्दछौ दिप ननिभ्ने गरी अधेरी रातमा!!

अविरल यात्रा मेट्दछौ थकाई हिमाली काखमा
चिनाई छाड्छौ यो सान्तिक्षेत्र बिस्वको माझमा !!

जुटेर हामि गर्दछौ पुरा ति कार्य अधुरा
झुकाउन कोहि चाहांनौ हामि बिस्वको टाकुरा !!

सान्तिको सन्देस बुद्दको देश नेपालि पन हो
बिरको सन्तान हट्दैनौ पछी पबित्र मन यो!!

आपशमा मिलि खुशीले रम्छौ देशको मायामा
बाच्दछौ हामि युगौयुगसम्म हिमाली छायामा !!
श्रोत: मधुपर्क

2 comments:

  1. भोको नहोस् कुनै पेट,
    कुनै आङ नांगो नहोस् ।
    नयाँ नेपालको हाम्रो सपना,
    कुकुरको पुच्छरझै बांगो नहोस् ।
    नभिजुन् आँसुले परेलीहरू,
    गर्न नपरोस् अप्ठेरोको सामना ।
    सुखद् रहोस् जीवन सबैको,
    यही छ शुभकामना ।

    ReplyDelete
  2. श्रोत: मधुपर्क भनिरहदा कस्ले लेखेको कबिताहो यो? मलाई जान्न मन लाग्यो। तपाईले नै लेखेको भए श्रोतको कुने आबश्यकता नै पर्देन थियो। जान्न मन लाग्यो।

    जे होस राम्रो लाग्यो ।

    ReplyDelete