04 February 2009

जिन्दगि

रगतको नाता त साइनो मात्र हो।
स्वच्छ मनको परिचय नै प्यारो हुदोरहेछ।
जन्मिने कोख बेग्ला बेग्लै भएपनि
मित्रताको बन्धन नै प्यारो हुदोरहेछ।

नमस्ते मित्रहरु यो ब्लगिङ मार्फत परिचित मित्रहरुमा।आज ब्लग अपडेट गर्ने सुरमा बसेको तर के लेख्ने-लेख्ने भनेर मनमा कुरा खेल्न थाल्यो। जे होस यहि थोत्रो जिन्दगि कै बारेमा २-४ शब्द कोरेर मित्रहरुको भनाई जस्तै टासो लगाउनु पर्यो भनेर सोच्दैछु।हुन सक्छ सबैको जिबन भोगाई यात्रा इच्छा आकंक्षाहरु नमिल्न सक्छ।यो केवल मेरो मुर्ख सोचाई मात्र हो।गतिसिल जिबनको सुनौलो अवसर हो।समयको गतिसिल्तामा को काहा को काहा पुग्छ।समयको चाल अनि गतिसिल्तालाई चिन्न नसक्दा कहिले कहि जिन्दगि नै अस्तित्वहिन पनि हुदोरहेछ।अनि त्यहि समयको गतिलाई ईतिहासको पाठ नसिक्नेहरुको लागि पनि अस्तित्वहिन हुदोरहेछ।त्यसैले मेरो बिचारमा जिन्दगि धेरै लामो छ।अनि जिउनु पर्ने दिनहरु पनिधेरै नै छ।त्यसैले समय पनि एकदिनलाई मात्र आउदैन जस्को सदुपयोग गर्न सक्नुपर्दोरहेछ त्यसैले जिन्दगि भोलि र आउदो भबिस्यको लागि पनि बांच्नु पर्छ।अनि यो अ्उल्य जिबनलाई समय संगै डोर्याउनु हाम्रो कर्तब्य हो।तर कुनै दिन अभिसाप पनि बनि दिदोरहेछ यहि समय।किनकि कहिलेकहि जिन्दगिले समयलाई जित्न खोज्दा अनि आफु संग भएको घमन्डलाई टाउकोमा थोपारेर योग्यतालाई हतियार बनाएर आफुलाई उच्च ठान्नु मुर्खता हुदोरहेछ।जिबन भोगाईहरुको यात्राहरुमा कतिपय समयहरु भुल्न चाहेर पनि नसकिदोरहेछ।अनि तिनै जिबनमा कहिले खुसिहरु नाचिदिन्छ मयुरजस्तै अनि कहिले कल्पना भयर उडिदिन्छ बादल जस्तै त कहिले निस्चल र अटल भै बसि दिन्छ पाहाड जस्तै।अनि कहिलेबनेर रोईदिन्छ न्याउलि झै भाका हालेर।तर हरेक मान्छेको बिचार अभिब्याक्ति र सोचाईहरु फरक भएपनि जस्को बास्तबिक्ता देखाउने ऐना त उस्को अनुहार नै हो।मेरो बिचारमा! किनभने ऐना चाहे फुटेर टुक्रा-टुक्रा किन नहोस उस्ले आफ्नो कर्तब्य भुलेको हुदैन।जो जति टुक्रा भएर फुटे पनि जस्ले आफु अगाडिको बस्तुको प्रतिबिम्ब देखाईरहेकै हुन्छ।म आफुलाई कल्पनाको सन्सारमा हराएर सोच्दाअनि जिन्दगिलाई आफ्नै तरिकाले हेर्दा जे देखे त्यहि कल्पनाहरुलाई शब्द मार्फत यो सन्जालमा राख्ने कोशिष मात्र गरेको हुं मैले।आसा छ तपाईहरुको अ्उल्य सुझावहरु पाईरहनेछु अनि सधै यसरी नै यो सन्जाल मार्फत तपाईहरुसंग रमाईरहन पांउ हराईरहन पांउ यहि मनोकांक्षा बोकेर तपाईहरुको अ्उल्य सुझाबको सदा अपेक्षा गरीरहन्छु। साधुबाद!!

4 comments:

  1. किराती जी ! निकै भाबुक हुनु हुन्छ जस्तो लाग्छ - मलाई तपाईको टासोको पासो मा पर्दा । निकै राम्ररी नै लेख्नु हुन्छ ।

    ReplyDelete
  2. संगमजी, निकै गहन र मार्मिक विचार पोख्नुभयो; हामी सबैको मनको कुरो पनि बोल्दिनुभयो। यसैगरी तपाईँको विचार-प्रवाह चलिरहोस्, हामी पढ्न लालयित छौं।

    ReplyDelete
  3. जिन्दगी जिउन जान्नेको हो।
    जीवन न त लामो छ। न त छोटो हामीलाई के थाहा?
    बस जिउ र यसलाई गतिशिल बनाऔ

    ReplyDelete
  4. निकै मनासिब जीवनदर्शन पोख्‍नुभएको छ सङ्गमजी । उमेशजीले भनेझैँ भावुकताको रङ तपाईँमा ज्यादा नै छ, लेखनमा त्यो सर्लक्कै उत्रिएको छ । जतिसुकै हन्डर खाएर पनि हार नमानी मुकाबिला गरिरहनु नै जीवन हो । तपाईँको भोक्ताभावबाट निस्किएको दृष्टिकोणमा शङ्का गर्नुपर्ने कुनै कुना छैन । सकारात्मक सोच नै यात्राको इन्धन हो, नत्र त हैरानी र दु:खले कसलाई पो छोप्दैन र ?

    ReplyDelete