09 May 2009

बुद्दको देश नेपाल

बुद्दको देशमा रगत उम्लनु भन्दा
बडि बिडम्बना अरु के हुन सक्छ होला खोई?
बुद्दको देशमा सान्ति हराउनु भन्दा बडि
दुर्भग्य अरु के हुन सक्छ होला खोई?
चेतना सुन्य भएको प्रतेक आयमहरुमा
अहम्ताको खोल ओढेका ब्वासाहरु
बिबेक हराएका बिबेक हिन मानबहरु,,
छेपारोले जस्तै रुप बदलिरहेकाछन
अनि सबै आ-आफ्नै
तालमा डम्फु र मादल बजाईरहेकाछन।
अनि आफ्नै आंखामा पट्टि बांधेर
अन्धो भए झै अभिनय गरीरहेकोछ।
अब फेरि,,बजारमा पेस्तोल र बन्दुकको ब्यापार फस्टाउने तयारी भैइरहेको छ।
अनि हामि गरीब नेपालि हरु बलिको बोको भएर क्रान्तिमा होमिनुपरेको निर्दोष रगतले नेपालि धर्ति रंङाउने खेल खेल्दैछ।
अनि त त्यहि रगतहरु हाम्रा क्यानभाषमा लत्पतिनेछ
फेरी अनि हाम्रो कपिको पन्नाहरु रंङिने छ।
युद्द कति बिभत्स हुन्छ भनेर जान्दा-जान्दै।
अनि युद्द कति उराठ लाग्दो र त्रासदिपुर्ण हुन्छ भनेर जान्दा जान्दै
पनि किन हामि त्यसलाई अस्विकार गर्न सकेका छैनौ
अनि किन त्यसलाई बहिस्कार पनि गर्न सकेका छैनौ?
हामि आफै अन्यौल ग्रस्त भाबिस्यमा उभियर
आफ्नै कर्तब्य लाई अंगाल्न सकेका छैनौ?

9 comments:

  1. सुन्दर भावना संगमजी!

    बुद्धको करुणा फैलियोस् संसारभरि!

    ReplyDelete
  2. एकदमै राम्रो संगम जी !! बुद्धका यिनै महान् करूणालाइ विश्वभरि फैलाउन सकियो भने साँच्चे धर्ती स्वर्ग हुन्थ्यो होला !!

    ReplyDelete
  3. बुद्रत्व को भाव बुझ्न सकेको भए - अहिले नेपाल यो हालत मा हुने थिएन नि - संगम जी |

    ReplyDelete
  4. समय सापेक्ष कबिता धेरै नै राम्रो छ, संगम जी अझै पनि अरु पनि पढ्न पाउ।

    ReplyDelete
  5. yaha buddha jayanti ko dinma stupa, gumba janchhan ani bholi palta dekhi sabai sakiyo.

    ReplyDelete
  6. धन्यबाद सबै मित्रहरु तपाईहरुको सुझाब र कमेन्टको सदा अपेक्षा गरीरहन्छु।

    ReplyDelete
  7. सान्दर्भिक कबिता

    ReplyDelete
  8. तपाईको ब्लाग र कविता दुवै मन परयो

    ReplyDelete
  9. धन्यबाद मित्रहरु!कमेन्ट दिनु भएकोमा।अनि मित्र कृष्ण जि लाई स्वागत सहित धन्यबाद मेरो चौतारी सम्म आईदिनु भएकोमा

    ReplyDelete