हजुर रित्तो जिवन जब हामि यस धर्तिमा पहिलो पाईला टेक्यौ!फकत रित्तो अनि जिबनको अन्त्य मत्लब मृत्यु पछि पनि हामि रित्तै हुन्छौ।तर जिवन भोगाई को दौरानमा पनि हामिहरु कतिपय रित्तिसकेको हुन्छौ।मेरो सोचाईमा!!म केहिमात्र बाल्यकालमा रित्तिएं।अनि केहि जवानिमा रितिएं।र अलिकति समयकाहनिमा पनि रित्तिएं।यसैले अहिले कता-कता महशुष भैइरहेकोछ।रित्तिनु संगै म पनि प्रतिपल बृदा भैइरहेछु।यसरी नै समयको उत्तार-चढाव संग लुकामारी गर्दै जिवन बगिरहनु अर्थात क्षणभरको जिवन पनि दोहोराएर बांच्न नपाउनु!!मलाई लाग्छ यसैले नै जिवन भोग्नलायक छ।संसारका सबै मान्छेहरु संग यि सबै कुराहरु छ।तर सबै कुराहरु भएर नै सबै दरिद्र पनि छ।किन कि कसैले पनि मृत्युलाई पन्छएर सन्सारको सबै भन्दा धनि बनाउने प्रकृतिको कुनै निति नियम नै बनेको छैन अहिले सम्म!कहिलेकहि मेरो मुर्ख सोचाईमा लाग्छ,म सोच्छु त्यसैले म,छु।तर यतिखेर मलाई लाग्छ त्यो सोचाई गलत रहेछ।किन कि जब म सोच्ने गर्छु त्यहा म आफु बाहेक सम्पुर्ण उपस्थिति देख्छु।जस्तै:बिचार बास्ना धर्म अधर्म,पुण्य पाप,पाहाड झरना आदि ईत्यादि।यसैले यहा कोहि हुनु नहुनेको कुनै अर्थ छैन।जिबनका सारा उपलब्धिहरुमा प्रस्नहिन अनि जवाफहिन बाचिंदोरहेछ।हुन त बाच्ने तरीका सबैको अधिकार हो।म मेरो जिन्दगि बाच्छु।जस्को पहिलो अधिकार मेरो हो।अन्य सारा सन्धर्बहरु आ-आफ्नै हुन्छ। हुन सक्छ मेरो बचाई नियमबद्द छैन।किनकि यो बाच्ने अस्तित्वको बारेमा कुनै लिखित संबिधान छैन।अनि जिवन बार-बार कसम तोडेर पुन जिन्दगि जोड्न खोज्ने योजना पनि होइन।अनि कुनै मुर्ख ब्याबस्थापकको ब्यास्थपन पनि होइन। जिवनको बचाई त कुनै पनि ग्रन्थहरुमा नभेटिईने रहस्य जस्तो लाग्छ।जिन्दगि बडो सुरुचिपुर्ण छ। यसैले कसैको स्राप सुनेर झन् जिन्दगि जिउने रहर जागेर आउछ।मलाई जिन्दगिको यहि लठ्ठिपना मन पर्छ।जस्को रङ रुप गित संगित आदि-ईत्यादि सारा चिजहरु मन पर्छ।सायद यसैले होला मलाई लाग्छ मेरो बचाई अलि भिन्न छ।त्यसैले भन्न मन लाग्छ।
म तिम्रो ईसारामा नाच्न सकिन।
पच्छायाउदै पुरातन सभ्यतामा।
अनि मैले नया युग पनि हाक्न सकिन।
ओझेल पारेर थुप्रै सम्भावनाका हिमचुलिहरु!!
म आदिम सभ्यतामा अडन सकिन!!!!! अस्तु,,
completely personal diary.
30 August 2009
Subscribe to:
Post Comments (Atom)
सुन्दर विचार!!चित्तबुझ्यो तपाँईको कुरा।
ReplyDeleteबिचार सही हो सँगम जी तर आफुले आफैलाई बुढो सम्झेर आफैलाई निराश पार्न चाँही मलाई ठिक लागेन। हामी नेपाली किन छिटो बुढाबुढी देखिन्छौ रे, यही मानसिक्ता हामी पालेर बुढाबुढी छिटो हुन्छौ रे, अब तपाईं बिदेशमा हुनुहुन्छ लौ हेर्नुहोस फिलेहरु ६० देखी ७० बर्ष सम्मका काम् गरिरहेका छन हामीसँग हामीले आफुलाई कमजोर सम्झनु नै हाम्रो कमजोरी जस्तो मलाई लाग्छ हुन त आफ्नो आफ्नो बिचार हो यो मैले तपाईको बिचारको चौतारीमा केही बिचार राखेर गल्ती गरें भने माफ गर्नु होला।
ReplyDeleteधन्यबाद सुजन जि चौतारी सम्मा आई दिनु भएकोमा अनि बि,जे, जि सही कुरा गर्नु भयो ।हुनै बेला कस्तो सोंच बिचारहरु आउदोरहेछ ।मनमा त्यही मोडमा लेखेको २,४शब्द हो,जस्मा अ्उल्य समय दिनु भएकोमा धेरै-धेरै धन्यबाद्,,,
ReplyDelete