19 August 2009

नेपालि भ्-भाग र सुगौलि-सन्धि

बास्तवमा नेपालले १८१६को सुगौलि सन्धिमा आफ्नो एक तिहाई भुभाग गुमाएको थियो।तत्कालिन बिसाल नेपालको टिस्टा देखि सतलज सम्मको नेपालि भुभाग सुगौलि सन्धि पछिमेचि र माहाकालिमा सिमित गरीयो।त्यसैले सुगौलि-सन्धिपछि नेपालले धेरै ठुलो भु-भाग गुमाएको स्पस्ट छ।जुन सन्धि हुदा नेपालमा कुनै तराई थिएन।तर १८१६मा शुगौलि सन्धि हुदा ब्रीटेनले केहि मात्रमा तराईको भाग फिर्ता गर्यो।र पछि फेरी राप्ती देखि माहाकालि नदि सम्मको तराईको भागहरु फिर्ता गर्यो।तर अझ पनि भारतले नेपाल लाई फिर्ता गर्नु पर्ने भु-भागहरु अझै धेरै छ।पुर्बमा मेचि पारी (टिस्टा)र पस्चिममा माहाकालिपारी सतलज सम्मको जमिन नेपाललाई फिर्ता गर्नु पर्छ।सुगौलि सन्धिमा गुमेका नेपालि भु-भाग बाहेक नेपालिले अरु कुनै भारतिय भु-भागामादाबी गर्ने नेपाल कहिल्यै ईच्छुक छैन।नेपालको समर्थनमा बोल्नुको अर्थ भारतको बिरोध गरेको सोच्नु हुदैन।बिना कारण भारतको बिरोध गर्नुको कुनै औचित्य पनि छैन।तर हाम्रो नेपालि जमिन माथि भारतको अधिपत्य रहदै आउनुमा उस्को बिरोध गर्नु स्वभाविक हो।ईतिहास अनुसार १८१६मा नेपालले यो सुगौलि-सन्धि भारतमा बि-भिन्न राज्यहरुमा उपनिबेश राख्दै अघि बडिरहेको ब्रीटिश ईस्ट ईन्डिया भन्ने एक कम्पनि संग गरेको थियो।त्यसैले अहिलेको कुनैपनि स्वतन्त्र राज्य संग भएको थिएन।त्यसपछि बेलाएत भारत हुदै पाकिस्तानबाट हटे पछि सुगौलि सन्धि अनुसार नेपालले ब्रीटिश ईस्ट ईन्डियालाई छोड्नु परेको भु-भाग स्वत नेपाल एकिक्रीत हुनु पर्नेमा ति भ्-भाग अहिले सम्म स्वतन्त्रको मान्यता बिपरीत भारत मै रहिरहेको सन्धर्बमा ति जमिनको अधिपत्य निर्बिबाद रुपमानेपाल कै हुनुपर्नेमा अझ सम्म ति भु-भागहरुमा भारत कै उपनिवेस कायम हुनु भारतिय स्वतन्त्र आन्दोलनको अनुहारमा कालो पोत्नु सरह हो।त्यसैले आज हामि भारत संग भिख मागिरहेको छैनौ।हामि त भारत संग हाम्रो जमिन फिर्ता माग्दैछौ।जुन जमिनहरु पुर्बमा टिश्टा र माहाकालि कहिल्यै भारतमा थिएन।केवल नेपालको थियो।र ति भ्-भागहरु माग्नु हाम्रो नैतिक दायित्व पनि हो।त्यसैले हामि यो दाईत्व पुरा गर्नु बाट बिमुख हुन सक्दैनौ पनि।हामि टिस्टा देखिको सतलज सम्मको नेपालि जमिन चाहन्छौ।र भारतको रास्ट्रीय अखन्डता प्रति सम्मान पनि गर्छौ।साच्चि भन्ने हो भनेहाम्रो आफ्नै रास्ट्रीय झन्डा छ।आफ्नै मुद्रा छ आफ्नै सेना छ अनि आफ्नै न्यायलय पनि छ।त्यसैले आज भन्दा करीब ६२ बर्ष अगाडि जन्मियको भारतले २५सय बर्ष भन्दा अगाडिदेखि स्वधिन रहेको नेपाललाई सिमानाको पाठ पडाउन खोज्नु लज्जस्पद कुरा हो।मेचि देखि
माहाकालि सम्म ८५ भन्दा बडि ठाउमासिमाना मिचेर भारतले सुगौलि-सन्धि रद्द गरेको छ।तर बिडम्बना जस्ले सुगौलि-सन्धि नमान्नु पर्ने हो।उ चाहि कुन बाध्यताले यस्लाई मान्दै आईरहेकोछ।त्यसैले आज नेपाल पछिल्लो पटक१६८०को सन्धिले निर्धारित गरेको सिमाना बाट पनि बासि पाउरोटि झै दिननुदिन खुम्चिदै गैरहेकोछ।अनि हाम्रो रास्ट्रीय झन्डाले नेपालको सिमाना अतिक्रमित भएको निहिरता पुर्वक हेरीरहेकोछ।हेरीरहेकोछ!!! आखीर कहिले सम्म?????

2 comments:

  1. संगम जी ईतिहाँसको कुरा खोतल्नु भयो खुसी लाग्यो तर हाँसो उठ्दो कुरो त यहाँ छ की, तपाईंले खोतल्नु भएको कुरामा सतलज अनि टिष्टा, काँगडा, सिक्किम सबै नेपालकै थियो रे त्यो त्यतिबेलाको कुरा अहिले फिर्ताको कुरा भन्दा हाम्रो अहिले भएको सिमानाको हेरबिचार गर्ने पुरुषार्थ ब्यक्तीको अझै जन्म भएको छैन।अब फिर्ताको कुरा त परै जाओस अहिले यो रहेको जोगाउन नै मुस्किल परिरहेछ, अब भन्नुस फिर्ता माग्ने की भाको जोगाउने कुन चाहिं हालको लागी अति आबश्याक छ त?

    ReplyDelete
  2. संगम जी ले एउटा गम्भीर र सोच्नु पर्ने बिषय बस्तु लाइ आफ्नो टासो बनाउनु भएको रहेछ ...त्यसको लागि यहा लाइ धन्यवाद ! जुन धेरै राम्रो कुरा हो तर बि. जे. बान्तवा जी ले उठाउनु भएको कुरा अझ घत लाग्यो , हुन् पनि हो पहिला को भाग फिर्ता त परै जाओस तर भएको जोगाउन पनि मुस्किल परि रा'छ बरु हाल लाइ त्यता तिर ध्यानाकर्ष्ण हुनु जरुरि छ | कसरि भएको सिमा अतिक्रमण लाइ रोक्न सकिन्छ भनेर |

    ReplyDelete