completely personal diary.
27 February 2009
नारी समाज
मलाई प्राय धर्म र सस्कृतिकै बारेमा केहि लेख्न मन लाग्छ।हुन त म यो धर्म सम्बन्धि कुनै ज्ञान हासिल गरेको मान्छे होईन।तर पनि समाजमा देखेको सुनेको अनि कुनै कुरा भोगेको कुराहरु लेख्न मन लाग्छ।धर्मले मान्छे-मान्छेमा पनि किन एति भिन्नता गरेको होला!जस्तो लाग्छ।आज मैले चर्चा गर्न खोजेको कुरा नेपालि समाजमा एकल नारी अथवा हाम्रो भाषामा(बिधुवा)को अस्तित्वको बारेमाहजुर ति नारीले आफ्नो श्रीमान त गुमाईन।तर श्रीमानको मृत्युको साथ साथै उस्ले आफ्नो हरेक थोक गुमाउनु पर्छ।जस्तोकी रातो बस्त्र चुरा पोते,जुन महिलाको गहना हुन।तर कुनै पुरुषको श्रीमतिको मृत्यु भएमा उस्ले आत्मिय पिंडा बाहेक केहि गुमाउदैन।यि सबै हाम्रा धर्म र रुडिबादि परम्पराले सिकाएका सिकाएका सस्कारहरु हुन।यिनै धर्मको मान्यता अनुसार बारखि फुकाईसके पछि पनि पुरुषको तुलनामा महिलाहरु अपबित्र नै भएर रहनु पर्ने हुन्छ।जस्तै बिधुवा महिलालाई कुनै पनि सुभकार्य वा सुभसाईतमा अपबित्र हुन्छ भनेरसाइतको बेलामा ति महिला लाई नहेर्नु यदि देखिहाले पनि नबोल्नु भन्ने परम्परा छ।मेरो बिचारमा कुनै पनि महिलाहरु रहरले अनि आफ्नो कारणले बिधुवा भएको हुदैना। तर त्यसको सबै दोष जति ति महिला लाई नै थोपरीन्छ।जस्तोकि पोई टोकुवा,भाग्य फुटेको आदि,,,हरेक धर्मग्रन्थहरुले बिधुवा महिलाहरुको बारेमा बिभिन्न बिस्लेषणहरु गरेको पाईन्छ।बिधुवा महिलाहरुले खाटमा सुत्नु हुदैना यदि सुतेमा मिर्त्यु भएको श्रीमानलाई पतितगरीएको भन्ने गर्छ।अनि खाने कुराहरुमा पनि जे पायो तेहि खान नहुने भनेर बन्देज लगाएको छ।अनि कुनै पुजा-आजामा पनि उनिहरु अपबित्र नै हुन्छ।तर मलाई लाग्छ,उनिहरु(बिधुवा)महिलाहरु आफैमा अपबित्र हुदैन।यो त केवल मान्छेले बनाएको नियम र ति महिलाहरुलाई होच्याउने चलन मात्र हो।अनि हाम्रो समाजले पनि ति महिलाहरुलाई फरक-फरक दृस्टिले हेर्ने गर्छ।त्यसैले होला ति बिधुवा महिलाहरुलाई होच्याएर बनेको नेपालि उख्खान छनि।गरीबलाई दिन्छु नभन्नु,बिधुवालाई लान्छु नभन्नु, भन्ने जस्ता उख्खानले पनि ति बिधुवा महिलाहरुको खिल्लि उडाएकोछ हाम्रो समाजमा।अनि हाम्रो समाज पुरुष प्रधान समाज भएकोले होलाश्रीमानले श्रीमतिको काज कृया गर्नु पर्दैन।तर श्रीमतिले बिधि पुर्याएर नियम पुर्बक गर्नुपर्छ।अनि यदि कुनै पुरुषको श्रीमतिको मिर्त्यु भएको बर्षदिन पछि उस्ले पन्चेबाजा बजाएर अर्को श्रीमति ल्याउन हुन्छ।तर बिधुवा महिलालेमिर्त्यु भएको श्रीमानकै नाममा आफ्नो जिबन त्याग गर्नु पर्ने चलन छ।यि सबै कुराहरुलाई अन्धबिस्वास र असिक्षाको कमि हो मात्र पनि भन्न नमिल्ला।अहिले सन्सार एक्काईसौ सताब्दिमा हिडिरहेको बेला पनि बिधुवा महिलाहरुलाई हेर्ने दृस्टि हाम्रो समाजमा खासै परीबर्तन आएको छैन।अहिलेको राजनैतिक पाटिमा संग्लन केहि महिलाहरुले जन्म सिद्दि आफ्नो अधिकार हो भनेर रातो बस्त्र र टिका लगाउदैमा ति एकल महिलाहरुलाई हेर्ने दृस्टि परिबर्तन होला जस्तो लाग्दैन मलाई।जुन समाज लाई परिबर्तन गर्नको लागि रातो टिका र पहिरनले मात्र होइना उनिहरुले पनिसधुवा महिलाहरुले जस्तै स-सम्मान जिवन जिउन पाउन पर्छ।जस्को लागि आर्थिक सामाजिक,सैक्षिक राजनैतिक,ईत्यादि कुराहरुमा सबल र सक्षम बनाउने तिर लागेमा मात्र समाजमा उनिहरुलाई हेर्ने दृस्टि परिबर्तन हुन्थ्योकी?,,,
Labels:
धर्म र संस्कृति
Subscribe to:
Post Comments (Atom)
संगमजी तपाईंपनि नारीबादी हुनुहुदो रहेछ, के रे नेपोलियनको बारेमा केही पढेको थिएँ नेपोलियन पनि नारीबादी थिए रे नेपोलियनको एउटा भनाई याद आयो" जुन देशमा नारीको कदर हुदैन, त्यो देशको पतन अबस्य हुन्छ" साँच्चीकै भन्नु पर्दा यो भनाई साँचो हो जस्तो लाग्यो, र तपाईंको लेखाई पनि नम्बर वन छ कतै ..........!
ReplyDeleteतपाईको भावना उचित लागे .... अनि मन मा लागेका कुराहरु शेयर गर्नु भएकोमा धन्यवाद !
ReplyDeleteसंगम जी को चौतारीमा निकै मिठो शब्दहरुको शीतलता प्राप्त हुदो रहेछ | उन्नति र प्रगति गर्दै जानू होला |
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै -
ReplyDeleteयहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद
पूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना