completely personal diary.
19 January 2009
आफु र अर्का
समय जन्मत्सवको पावन घडिमात्र लिएर आएको हुदैन उस्ले आफु संग् संगै बिसाल त्रासदिपुर्ण मिर्त्यु पनि लिएर आएको हुन्छ।प्रकिर्तिले जहा राम्रो कुराको सृस्टि गरेको छ।त्यहा नराम्रो कुराको पनि सृस्टि गर्न भुलेको छैन।मत्लब नराम्रो कुरा नभै राम्रो कुराको महत्व नै छैन यो सन्सारमा!तर हामि मानवहरु घमन्ड गर्छौ।कि राम्रो जति सबै आफ्नो र नराम्रो जति अरुको।तर राम्रो र नराम्रो त एउटा सिक्काको दुई पाटाजस्तै हो।किनकि नराम्रो बिनाराम्रो असम्भव छ।किन भने हरेक मान्छे जन्मदा जति खुशि उमंग हुन्छ।तर जन्मे पछि उस्को मिर्त्यु अबस्यछ।जन्मे पछि मर्नै पर्छ।यो सन्सारको रित नै हो।जति जन्मदा खुशि उमंग हुन्छ तेति नै मिर्त्यु हुन्दा सोक र दुखि पनि।यहा हरेक कुराहरुको राम्रो र नराम्रो दुई पक्ष छ, जस्तै दिन पछि रात उज्यालो पछि अध्यारो अनि जहा अ्रीत हुन्छ त्यहा बिष पनि हुन्छ जहा आगो हुन्छ त्यहा पानि पनि,अनि दिन पछि रात उज्यालो पछि अध्यारो यो सबै सृस्टि देखि नै चलि आएको चलन हो।नराम्रो नहुदो हो त राम्रोको अस्तित्व नै हुदैनथ्यो होला।जस्तै रावण नभैदिएको भए रामको यति बिघन महत्व हुदैनथ्योहोला।अनि दानव नभैदिएको भए पनि यसरि देवताहरुको पुजा गरिन्नथ्यो होला।अनि खलनायक नभैदिएको भए नायकको तेति महत्व हुन्नथ्यो होला। त्यसैले यो सन्सारमा नराम्रो भन्ने चिज बानि ब्यावहार नभैदिएको भएराम्रो भन्ने सब्द नै हुन्नथ्यो होला।तर हामिहरु जति पनि राम्रो कुराहरु जति सबै आफ्नो र नराम्रो जतिअरुको थाप्लोमा थुपार्ने खोज्छौ त्यो नै हाम्रो मुर्खता हो।सन्सारमा जो कोहिले अरुलाई त्यहि दिन्छ।जो उ संग छ किन कि आफुसंग नभएको चिज चाहेर पनि अरुलाई दिन सक्दैन जस्तै एउटा डक्टरले उस्को बिरामिलाई रोगानुसारको औषधि र उचित सल्लाहा दिन्छ।कुनै बोट बिरुवाले आफु संग भएको फल दिन्छ। तर नफलेको बिरुवाले जति राम्रो गरे पनि केहि दिन सक्दैन।हो!मान्छेले सन्सारलाई तेहि दिन्छ जो उस्ले तिनै सन्सारबाट पाएकोछ।सबै बाट घिर्ण र तिरस्कार पाएको मान्छेले सबैलाई त्यहि घृणा नै दिन्छ।यदि उस्ले सबै बाट माया प्रेम र सदभाव पाएको छभने उस्ले त्यहि सदभाव नै दिन्छ।तर माया प्रेम सदभाव पाएको पशु पंछि जनवारहरु पनि मायालु बनि मान्छेलाई सहयोग गर्छ।धर्म ग्रन्थमा भनिए झै राम बाट राम्रो मायापाएको हुनाले जंगलि जनवार बांदर बाघ भालुले पनि राम संग मित्रता कायम गरी रामलाई उस्को सिता खोज्न सहयोग पुर्याएको थिए।तर घृणा र तिरस्कार गरेको हुदा रावणको सहोदर भाई पनि आफ्नो सत्रु संग मिलेर दाजुको बिरोध गरेको थिए।अन्त्यमा भन्नु पर्दाराम्रो मात्र आफ्नो नठानिराम्रो नराम्रो दुबैलाई आत्मसाथ गरी समस्याको खोजि गर्न सक्ष्म हुदैनौ।तब सम्म तनाब र टक्रावहरु मात्र हाम्रो सामु हुने हुदा सबै राम्रोनराम्रो पराईआफन्त सबैलाई राम्रो भनौ तब हाम्रो जिन्दगि पनि एउटा सु:ख दु:ख बिसाउने आनन्दको चौतारी हुनेथ्योकि!!!!!!!! तथास्तु
Subscribe to:
Post Comments (Atom)
झ्याsss !! संगम किरांति जी तथास्तु भनी हाल्नु भो - अब लाग्ने भो मलाई पनी राम्रै कुराको आदत किन की म पनी अछुतो छैन -"नराम्रो अर्काको -राम्रा जती आफ्नो " भन्ने सोचाहिको ।
ReplyDeleteसंगम जी आदर्श भावना रहेछ - जाती नै लेख्नु भा'छ , यस्तै आफ्ना ज्ञान का कुराहरु शेयर गर्दै जानू होला ।
ramro chah sangam jee tapaiko feelings, shaayad tapaile lekhe jastai yee sabai nai euta chakra bhaninchha hola haina ta...!
ReplyDeletekeep it up
आफु भलो त जगत भलो। यो नै हो जस्तो लाग्यो सँगम जी को लेख को सार। राम्रो काम आफु बाट पनि सुरु गर्नु पर्छ अनी नयाँ दिशा दिन सकिन्छ आउने दिन मा। ज्यादै राम्रो लेख छ। र सबै ले यो कुरा को पनि खयाल राख्नु पर्छ कि हरेक मान्छे सँग राम्रो र नराम्रा्ओ पक्ष दुबइ नै हुन्छ तर त्यो मान्छेमा भर पर्छ कि उ के लाई साथ दिन्छ।
ReplyDeleteएकदमै ठीक कुरो उठाउनुभयो सङ्गमजीले, सबै मान्छेले संसारका नराम्रा तत्वहरुलाई वास्ता नगरी, राम्रा तत्वमा मात्र ध्यान दिए, रिसराग, तनाव, युद्ध जस्ता कुराहरुको अन्त्य भए, साँच्चै नै यो संसार बस्न लायक ठाउँ हुने थियोहोला !!
ReplyDeleteधन्यबाद,सबै मित्रजनहरुलाई तपाईहरुको अ्उल्य कमेन्टहरुको लागि मान्छेको मन स्थिर कहिल्यै रहन्न। कहिले कुन शोच त कहिले कुन दुनियामा हराईरहेको हुन्छ।मैले पनि कुनै मोडमा कस्तो सोच आयो अनि २,४,शब्द लेखेको हुं यो मेरो शोचाई मात्र हो।सबैको आ-आफ्नै सोच र बिचारहरु हुन्छ होइन र!!!
ReplyDeleteसाह्रै सुन्दर विचार राख्नुभयो संगमजी! सबैमा यो सोचाई आइदिए कति राम्रो हुन्थ्यो होला!
ReplyDelete