completely personal diary.
11 June 2009
लघु कथा
, यो कथा मैले ४ बर्ष अगाडी एउटा पत्रीकामा हेरेको थिए।जस्लाई मैले २,३ पटक सम्म दोहोराएर पडेको थिए।जुनकथाको सब्दहरु अहिलेको परिस्थितिहरु संग मिल्दोजुल्दो लागेर ब्लगमा राख्ने बिचार आयो।कथाको सिर्षक हो मान्छे देखी सावधान' कुनै बेला मान्छेहरुको जस्तै कुकुरहरुको पनि एउटा सभ्य समाज थियो।जहा मान्छेहरुको जस्तै राम्रो नराम्रो खराब अशल बिचारधारा भएको कुकुरहरु थियो।र बिस्तारै मान्छेहरुको समाजमा हत्या हिंषा आतंक लुट पाट जस्ता कृयाकलापहरुले गर्दामान्छेको समाज त सबै आतंकित नै बनायो।हुदै जादा उनिहरुले कूकूरहरुको समाज लाई पनि आतंकित पारेको हुदा कुकुरहरु ठुलो सोचाईमा परे र सधै असुरक्षित महषुस गर्न थाल्यो।मान्छेहरुले आफ्नो समाजमा असान्त फैलाउन थालेकोले कुकुरहरुको नाईकेले एकदिन त्यस्को समाधनको लागि सबै कुकुरहरुको बैठक बोलाउने निधो गरेछ।र बैठकमा सबैलाई आ-आफ्नो समस्या पिरमर्काहरु सबैको सामु राख्ने अवसर दिएछ।त्यतिकैमा बिचबाट एउटा ठुलो बुडो कुकुर उठेर भन्न थालेछ।म पहिला कुनै एउटा धनि मालिकको घरको रेखदेखको काम गर्थे,र त्यहि घरको रेखदेख गर्दा मेरो जवानि बित्यो।एक पटक डाकाहरुले मालिकलाई गोलि हन्दा मालिकलाई बचाउने हुदा मेरो सरीरमा गोलि लागि म घाईते बने त्यसैले बिस्तारै म रोगि हुदै गए पछि घरको रेखदेख गर्न नसक्ने भए पछि अहिले मलाई त्यो घर बाटै निकालियो त्यसैले म ठुलो अन्यायमा परे भनेर भनेछ।फेरि अर्को कुकुरले भन्न थालेछ म तिहारको दिन गल्लिमा हिडिरहेको बेलाकुनै एक मानिसले बोलाएर घर मा लगि मिठो-मिठो खाने कुराहरु दिएर मेरो पुजा पनि गरेको थियो।त्यहि भएर अर्को दिन पनि मिठो-मिठो खानेकुराहरु खान पाईन्छ भनेर् त्यो घर भित्र पसेकोमात्र के थिए।भित्रै बाट मेरो ढाडै भचिने गरि कुटेर लखेट्यो।भनेर भनेछ।त्यसपछि बिचबाट अलि जान्ने बाठो एउटा कुकुर उठेर भन्न लागेछ हामि कुकुर जातिहरु मान्छेहरु बाट सधै सोषित हुने भएकोले अब हामि सबै मिलि मान्छेहरुलाई सोषित पार्नु पर्ने बिचार राख्छ।र अगाडि भन्दै जान्छ मान्छेहरु सम्पतिको सधै लोभि भएको हुदा मान्छेहरु संग सम्पतिको खेल खेलेर आफ्नो बसमा पार्नु पर्ने तर्क राख्छ।र एकदिन सबै कुकुरहरु मिलि मान्छेको समाजभित्र पस्छ र मान्छेहरुलाई तर्साउदै उनिहरुको सबै धन सम्पतिहरु आफ्नो कब्जामा पार्छ।र मान्छेहरु डराउदै आफ्नो लुटिएको सम्पतिहरु फिर्ता गर्न अनुरोध गर्छ तर कुकुरहरु फिर्ता गर्न मान्दैन।उल्टै पहिला आफुहरु पर्ति गरेको ब्याबहार गर्न थाल्छ।र सबै मान्छेहरु कुकुरको बसमा पर्दै जान्छ र बिस्तारै कुकुरहरुले ति मान्छेहरुलाई आफ्नो रेखदेख गर्न लगाउन थाल्छ।र मान्छेहरु सम्पतिको लोभमा लागेर कुकुरहरुको सोषणमा पर्दै जान्छ।अचेल मान्छेहरु कुकुरको पहरेद्दारको रुपमा राखिएको हुन्छ।त्यसैले कुकुरहरुको समाजको गेटमा ठुलो सुचना टासिएको हुन्छ मान्छे देखि सावधान!!!!
Subscribe to:
Post Comments (Atom)
i think we must do the same thing to our politicals leaders to change our country . its a wonderful story
ReplyDeleteस्वैरकल्पनाको प्रयोग गरिएको कथा भए पनि मानवजातिको अत्याचारी, दानवीय प्रवृत्तिमाथि धावा बोल्न र चेतावनीको चस्का दिनमा यो अब्बल लाग्यो । सायदै त्यस्तो दिन आउँला यस धरतीमा, तर मान्छेको यस्तो रूखो र ढुङ्गामना व्यवहारको नतीजा राम्रो भने पक्कै हुनेछैन ।
ReplyDeleteसङ्गमजीलाई यस्तो पाठ पढाउने कथा बाँड्नुभएकोमा आभार !
एकदमै नैतिक शिक्षा लुकेको लघुकथा । एकदमै राम्रो !!
ReplyDeleteधन्यबाद मित्रहरु तपाईहरुको सल्लाहा सुझावको लागि अनि आउदा दिनहरुमा पनि यसरी नै तपाईहरुको सुझाव सहितको कमेन्टहरुको अपेक्षा गरीरहन्छु!!!!
ReplyDeleteगजबको लघुकथा कलेक्सन गरेर राख्नु भएको रहेछ संगम जी खुशी लाग्यो।
ReplyDeleteधेरै नै राम्रो छ, संगम जी
ReplyDeleteहैन सँगम ब्रो कथा त रमाइलो छ तर तर एक दुई जना कुकुर ले गल्ती गरे भन्दैमा बिचरा सम्पूर्ण कुकुर जाति प्रती पूर्वग्रही भएजस्तो लाग्यो..एक दुई जना कुकुरले मान्छे को शोषन गरे भन्दैमा सबै कुकुर जाति लाई नै दोश दिनु त भएन नि.. फेरी मान्छे ले पनि कुकुर लाई अन्याय गरेको घटना धेरै ठाउमा सुनिन्छन
ReplyDeleteसरी है ब्रो परिचय दिनै पो बिर्सेंछु म उही पल्लघरे डाङे कुकुर... हेहेहे
ReplyDeleteमलाई नि राम्रो लाग्यो ..
ReplyDeleteराम्रो रहेछ कथा। मनिसको वास्तविकरुपको चित्रण रहेछ। यहाँ त आफ्नो वास्तविक अधिकार के हो र के गर्दा आफ्नो लागि राम्रो हुन्छ भन्ने नै बिर्सियर पो खत्तम भयो त मानब जाती ले ....
ReplyDeleteहाहा ......संगम जी ! बडो गजब को कुरा ... कस्तो तितो ब्यङ्ग - अनि साच्ची समय सान्दर्भिक प्रसंग रहेको छ - धन्यबाद !
ReplyDeleteनिकै गहिरो सन्देश छोडेको रहेछ यो कथाले | अन्तर व्यंग्य निकै असरदार लाग्यो |
ReplyDeleteसंगमजी धन्यवाद छ |