completely personal diary.
21 October 2008
,,,,,क्षतिपुर्ति,,,,,,
हाम्रो देशको खस्किदो आर्थिक अवस्था।।त्सैमाथि हरेक दुख आपत घटना बिपति आईपरिरहन्छ।कहिले के त कहिले के। कुनै न कुनै समस्यामा सधै बल्झिरहेको हुन्छ।भर्खरै पनि कोशि पिडितहरुलाई राहत दिदा दिदा थाकिरहेको छ।याहा मैले प्रसङ गर्नु खोजेको के भने।यो छ नि क्षतिपुर्ति भन्ने सब्द हजुर एसैको बारेमा हो।यो सब्द म सानो छदा गाउघरमा कतै कसैको गाईबाख्राले कसैको बालिनालि खाई क्षति पुर्याएमा उस्लाई त्यो अन्नको अन्दाजि रकम तिर्नु पर्ने हुन्थ्यो।तसैलाई क्षतिपुर्ति भन्ने सुनेको थिए। तर हुदै जादा त्यै क्षेतिपुर्ति सब्द राजनिति करण भयो। जब देशमा माओबादिको जन्म भैइ क्रन्तिको लागि जङल पसे,अनि उनिहरुको मुख्य दुस्मण सरकारको प्रहरीहरु भए र आक्रमणको सुरुवातपनि प्रहरिचौकिहरुबाटै भयो।र यसैक्रममा कतिपय प्रहरिहरुले सहादात प्राप्त गरे।र ति सहदत प्राप्त गरेको प्रहरि परिवारलाई सरकारले हताहास नहोश भन्नको लगि क्षेतिपुर्ति दिने चलन चलायो।हुनसक्छ त्यो बेला सरकारमा बस्ने नेताहरुको मनमा यस्तो बिकराल स्थिति आउछ भन्ने लागेकै थिएन।त्यहि भएर मिर्तक परिवारलाई केहि रकम दिएर उनिहरुको मनमा लागेको चोटलाई केहि सान्तवना दिने दुस्प्रयाश गर्यो।तर हुदै जांदा माओबादी पकड बलियो बन्दै गयो र उनिहरुले सैनिकहरुमाथि पनि आक्रमण गर्न थाले त्यसपछि पो सरकारको मनमा पनि ढ्याग्रो बज्न थाल्यो।तब फसाद पर्नथाल्यो।क्षतिपुर्ति पनि अब कत्तिलाई दियर सक्ने?अनि कति बिदेशिको अगाडि हात जोड्ने? तर अहिले सरकार माओबादीसान्ति सम्झौतामा आईसकेकोछ।तर यो क्षतिपुर्ति भन्ने सब्दले त अझै बिकराल स्थिति पैदा गर्दै गैरहेकोछ।अझ यस्लेत फेशनको रुप लिन थालिसकेकोछ।कतै केहि सानो घटना घटयोकितक्षतिपुर्ति चाहिहाल्ने।यसै सन्दर्भमा कुनै बेला मैले पनि अनुभव गरेको थिंए।क्षतिपुर्तिको बारेमा९,१०,महिना पहिलाको कुरा होला म काठमन्डौ बाट घर भोज्पुर जादै गर्दाको कुरा काठमान्डौ बाट धरान गै त्यहा बाट लेघुवाको गाडिमा चडियो।जादै गर्दा पाखृबास कटेर ओरालो लागियो पिच नभाको सडक कतै सागुरो घुम्ति बाटोमा बिस्तारै जांदै थियौ। बिचबाटोमा घुम्तिनेरको नजिकैको घर छेउनेर दाउरा सुकाएको रहेछ।हामि चडेको गाडिले कारणबस अगाडिको भागले त्यो दाउराको केहि भागलाई केहि छुन गयो।अब के चाईयोर? त्यो दाउराधनिलाई सबै छिमेकिहरु बोलाएर हाम्रो गाडिलाई नै रोकेर दाउराको क्षतिपुर्ति चाहियो रे लौ,,भएनत आपत अनि हामि सबै गाडिमा भएकोहरु मिलेर कराउन थाल्यौ।अनि बल्ल त्याहा बाट बाटो छोडन बाध्य भयो उनिहरु।यो त भयो सानो घटना यस्ता खालको घटना हरु धेरै छ।हाम्रो नेपालमा। बिशेष गरि यस्तो घटनाहरु गाडिचलकहरुमा हुने गर्छ। हुन त सबै चालकहरु राम्रो हुन्छ पनि भन्न मिल्दैना।कतै गाडिले ठक्कर दिई मान्छे घाइते भयो भने फेरि गाडि ब्याक गरी मान्छे नै मार्दिन्छ यि निर्दयि ड्राईभरहरु हुनत देशको कानुन नै तेस्तै भयर होला किन भने मान्छे घाइते भए त्यो घाइते सकुसल नहुन्जेल लागेको खर्च त्यै ड्राईभरले बेहोर्नु पर्ने हुन्छ।तर घाइतेलाई मारिदिए १,२महिना जेल बसी के कति धरौटी तिएर उ निस्कन पाउछ। यस्तै एउटा हाम्रै देशको तराई भागतिरैको घटना मैले पत्रीकामा पडेको थिए र मलाई अचम्म पनि लागेको थियो त्यो घटना पडेर कुनै एउटा चालकले सडकमा खेलिरहेको बालकलाई ठक्कर दीई मारेछ।अनित त्यो बालकको अबिभाबकले के गरेछ भने गाउभरीको मान्छेलाई भेला गरी सडक नै अवरुद्द गराई नारा जुलुश लगाउन थालेछ त्यो नारा जुलुश पनि क्षतिपुर्तिकै त होनी,,,फेरि क्षेतिपुर्ति पनि कति त भन्दा जम्मा ८,लाखको मात्रै।अनित्योक्षतिपुर्ति मार्फत पाएको रकम्ले के गर्ने योजना रहेछ भन्दा,६लाखको घर बनाउने अनि बांकि २ लाख चहि सडक तताउन सहयोग गर्ने छिमेकिहरुलाई ख्वाउने,,,,वहा,,,,, कस्तो राम्रो योजना अब भन्नुस यो घटना बारे तपाईको के सोचाई आयो?यस्तै अर्को घटना पनि पडेको थिए।गत असोज महिनाको हिमाल खबर पत्रीकामा कनक दिक्षितले लेख्नु भयको हाम्रै देशको कुनै एक ब्यास्त सडकमा एक मोटर साईकल चालकले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउदा स्थानिय एक महिलालाई ठक्कर दिन पुगेछ। र महिला घाइते भै सडकमा लडन पुगेछ।नजिकै हिडिरहेको कुनै एक सज्जन मानवले ति लडेको महिलालाई उठाएर आउदै गरेको माईक्रोबसमा राखेछ।र बिस्तारै १,२ हुदै त्यहा नजिकैको सबै मान्छे भेला हुन थालेछ र त्यो मोटरसाईकल चालकलाई भकुर्न थालेछ र केहिक्षण पस्चात ति घाईते महिलाको श्रीमान पनि हस्याङ फस्याङ गर्दै आईपुगेछ र उ पनित्यै ज्ड्याहा चालक माथि जाइलाग्न थालेछ।अनि त्यो सज्जन ब्याक्तिको अनुरोधमा ति घाइते महिलाको श्रीमानलाई बोलाई गाडिमा राखेछ।हस्पिटल लानको लागी। तर त्यो घाइतेको श्रीमानको नजर घाइते श्रीमतितिर नभै त्यो मोटरसाईकल तिरै थियो र गाडिभित्रै बाट भन्दै थियो रे त्यो मोटरसाईकल लाई नछोड है कब्जामा लिइराख क्षेतिपुर्ति चाहिन्छ है,, क्षतिपुर्ति,,,, हजुर यि र यस्तैकुराहरुको बिकृति बडन थालेको छ हाम्रो नेपालमा कतै सानो घटना घटयोकित त्यस्को पर्तिक्रीया दिहाल्नु पर्ने अनि सडक तताउनै पर्ने टायर बाल्नै पर्ने नारा जुलुस गनै पर्ने यस्ता बिकृतिहरु निम्ताएका छ यि क्षतिपुर्ति सब्दले ,,,,,
Subscribe to:
Post Comments (Atom)
पहिला त मानिसलाई रोजगारी दिनका लागि पहल गर्नुपर्छ । जबसम्म मानिस काममा बाँधिदैनन्, तबसम्म यो समस्या जारी रहन्छ । घरमा बसिरहन अल्छी लाग्छ अनि सानो निहुँ पाए भनेपनि गईहाल्छन् सडक तताउन ।
ReplyDeleteयो त फेसन नै भै'हाल्यो नि !
ReplyDelete