08 November 2008

धर्म र सस्कृति

के लेखौ लेखौ भन्दा खोइ किन हो मलाई त खालि यै धर्म र सस्कृति कै बारेमा लेख्न मन लाग्छ।किन भने १०४ बर्ष लामो राणा साषणको पाला देखि चलिआएको यो रुढिबादि सस्कारहरु।अहिले बिस्व २१औ सताब्दिमा पुगिसक्दा पनि हाम्रा नेपालि समाज त्यै धर्म र परम्परामा अल्झिरेको पाईन्छ।हुनत हाम्रो देशको कानुन नै तेस्तै प्रकारको छ।एउटै आमा बाबुको सन्तानलाई बेग्लाबेग्लै कानुन छ।किन भने छोरा जन्मिए उ जन्मिदै उस्को बाबुको अंशको दाबेदार हुन्छ।तर छोरी जन्मिए उस्ले बाबु आमाको अंश पाउन लाई३५बर्ष उमेर पुग्नु पर्ने तथा अबिवाहित रहनु पर्ने।र उक्त सम्पति लिए पछि पनि केहि गरी पछि बिबाहा गरेमा त्यो सम्पती फिर्ता गर्नु पर्ने हुन्छ।अंशबन्डको महलमा नै छोरीलाई भेदभाब गरीएको छ।किन भने बाबु आमा छोराको जायजेथाको अंश बन्ड गर्नु पर्छ भनिएकोछ। तर छोरीको बारेमा केहि उल्लेख गरीएको पाईन्न।यसरी भेदभाव गरीएको छ। यसबारेमा खगेन्द्र संग्रौला ज्युले लेख्नु भएको एउटा लेखको बारे मलाई याद आयो!वहाले आफ्नो छोरीको नाकको बारेमा लेख्नु भएको थियो।त्यो सबै हाम्रो धर्मले सिकाएको पाठ हो।वहा लेख्नु हुन्छ छोरीको छिप्पिएको नाक छेडियो मेरो बुडो नाक काटियो।वहाको मत्लब कुनै नेवारी जातको नारीले अन्तरजतिय पुरुश संग बिवाहा गर्दाको कारुनिक बेदना हो।तराईतिर भैसिको नाक छेडिन्छ।अनि भैसि त्यो नाकमा उनिने डोरीको गुलाम भन्छ।तर मान्छे अनि नारी हाम्रा ममतामयी आमा हुन स्नेहमयि चेलि हुन अनि सुखदुखमा साथमिलेर जिवनको डुंगा चलाउने पुरुषको जिवन संगिनि हो।जस्को आफ्नै गरिमा र अस्मिता छ।जिबनमा उस्को आफ्नै पहिचान छ।नारी भैसि होइना।राजनिति दलका घोषणापत्रहरुमा नारी स्वतन्त्र र समान्तको समाचारहरु धेरै आए। अनि आफ्नो सरीर माथि नारी स्वंयको र नारीको रोजाईको अधिकार बारे अनि बन्धन र नारी मुक्तिबारे धेरै कुराहरु सुन्नमा आयो।यि र एस्ता बाचा प्रचारहरु सुन्दा लाग्थ्यो नेपालि समाजमा पनि अब रुढिबदि परम्पराहरुका पर्खालहरु भत्किन थालेछ।तर जब चलिआएको धर्म र परम्पराको नाममा निर्दोष छोरीको नाक छेडियो मेरा भावुक् कल्पना र अपेक्ष्याहरु त्यसै सपना नै भयो।कसैको नाक जोगाउनलाई कसैको नाक बली चडाउनु भनेको परपिडक सस्किर्ति हो।हाम्रासमाजमा अनगिन्ति छ।अनि नारीको नाक छेडीनु भनेको सामन्य भौतिक कृया मात्र होइन।जस्मा सानो ठुलो उच्च निच्च,तल,माथी,भन्ने सस्कृति भाव लुकेको हुन्छ।अनि त्यै नारीलाई पुतली झै सिंगारेर बस्तुको रुपमा भोग गर्ने पितृसत्तात्मक परम्पराको प्रतिक हुन।यस्ता सस्किर्ति परम्पराहरु जसरी चौपायाको सरीरमा किर्नाहरु टांसीएर रहेको हुन्छ।ति किर्नाहरुलाई पन्छाउन ति राजनितिक नेताहरुको उदघोष र बाचाहरु मात्रै पर्याप्त हुन्न।जस्को लागि ति सडेगलेको बिस्वास र बिभेदकारी रीति र दुर्घन्द फैलाउने परम्पराहरुलाई तह लगाउने सस्क्त र बृहात सस्किर्ति आन्दोलनको आवश्यकता होइन र!!!!

1 comment:

  1. संगमजी मैले देखेको त शिक्षालाइ बढावा दिनु पर्छ जस्तो लाग्छ यस्तो रूढिबादी परम्परालाइ तोडनको लागि । यसको ज्वलन्त उद्धारणको रूपमा शहरको शिक्षित परिवरलाइ हर्न सकिन्छ । यस्को कमि यतीकै कम भएको पाइन्छ । अब शिक्षा भएर पनि स्वबिचारले कसैले यस्तो गर्छन भने उनिहरूलाइ के नै गर्न सकिन्छर ? हैन?

    ReplyDelete