16 October 2008

कोशिपिडितहरु माथि पनि राजनिति र लुटपात

हुन त यो पुरानो भैसकेको समचार हो।तर पनि मलाई कता-कता मनमा लागेको केहि कुरा लेख्न मन लाग्यो।यस्को बारेमा।।।।


हुन त यो हामि सबैको लागि एक दुखदायि घटना हो।जस्मा हजारौ परिवारहरु घरबारबिहिन भएका छन।र हजारौ मानिसहरु बेपत्ता पनि भए।त कोहो-कोहि १०,१२ दिन पस्चात पनि जिवितै उद्दारकर्ताहरुले सकुसल उद्दार गरे।तर यिनै दुख र पिडादायि घटनालाई कतिले आफ्नो कमाउने ठाउ बनाए।कति राजनितिज्ञहरुले पासो पनि फाले देखावटि आस्वासनहरु दिलाएर। बिचरा ति निमुखा सोझो होस् हवास गुमाएर बाचेको पिडितहरुलाई के थाहा,जस्ले सहयोग गर्छ।उसैको पछि लाग्नु बाहेक अरु बिकल्प नै के छ र उनिहरुसंग भएको जाएजेथाहरु सबै कोसिले बगाएर लगे पछि बाचेकोत्यै खालि ज्यान बाहेक।तर तिनै समय कसैलाई फुर्सदै छैन पिडितहरुलाई सहयोग गर्नु होइना उनिहरुको नाममा आएको राहत लुटनलाई त कसैलाई आफ्नो पार्टिमा आकर्सित कसरी गर्ने भनेर,


दुख लाग्दो कुरा,,,,,,,,,धेरै समचारहरु सुन्नमा आयो कि यस्तो अवस्थामा सबैको नजर ति पिडितहरुलाई कसरि उद्दार गर्ने भन्ने हुनुपर्नेमा उल्टो भयो। तर स्थानिय ठुलाबडाको लागि र राजनितिक नेताहरुको लागि ठुलै चिठ्ठा परेको जस्तो भएछ। दुख लाग्दो कुरा त ति डुबानमा परेको बिस्थापितहरुको लागि सबैतिरबाट संकलन गरिएको राहत सामग्रीहरु पनि सम्बन्धित पिडितहरुले नपाउदा सहयोग गर्नेहरुको मन कस्तो होला। त्यो भन्दा यस्तो बिपतिमा हातमुख कसरि जोडने भनेर तडपिएको हृदय कस्तो भयो होला?ति निर्दयिहरुको ब्याबहार देखेर। लुटेराहरु त लुटेरा नै भए। त्यो भन्दा फरक राजनितिक नेताहरुको पनि गिद्दे नजर पर्न थाले पछि ति बिस्थापित दसौहजार जनताले के खाने?त्यति मात्र होईना त्यहाको ब्यापारिहरु पनि यस कान्ड बाट मजाले नै मालामाल भएको रहेछ। तर दुखलाग्दो कुरा हाम्रो देशमा हरेक कुरामा राजनिति हुने गर्छ। तिनै नेता भनौदाहरुले ति बिस्थापितहरुलाई बिभाजन पनि गराउदोरहेछ।अनि म यो पर्टिको हुं मेरो एरियाको बिस्थापितले राहत पाएना भनेर सरकारबाट गठित दैबिक प्रकोप कोषबाट मन लागि सामन उठाउदै लगि आफ्नो कार्यकर्ताहरुलाई लुटेजस्तो गर्न लगाई समान लुटियो भन्दै मन लागि गर्दो रहेछ।जुन सामनहरु हिनामिना पार्नेमा त्यहाको स्थानिय ठुलाबडाहरु पनि अछुतो रहेनछ।सुनसरीको उधोग बाणिज्य माहासंघका अधक्ष पनि संलग्न रहेको समचार सुन्नमा पाइयो।अनि अन्य ठुला राजनिति दलका नेताहरु पनि लागि परेको सुन्नमा पाईयो।पिडितहरुले सरकारबाट आएको राहत हामिले पाउनु पर्छ भन्दै नाराजुलुस लगाउदा स्थानिय ठुलाबडाहरुले उल्टै कुट पिट गर्दै ज्यान मार्ने धम्कि सम्म दिने गरेको रहेछ।कुनै-कुनै सिविरहरुमा राहत बितरण राम्रो नभएको कारण कतिपय पिडितहरु१०,१२ दिन सम्म पनि भोक भोकै दिनरात बिताउन बाध्य रहेछ तर कुनै सिविरका बिस्थापितहरुभने २,३ वटा राशणकार्ड लिएर राहत लिदै पसलमा बेच्दै मालामल भएको पनि सुन्नमा पाइयो।त्यो चहि एउटै सिविरको सदस्यले अर्को पनि सिविरमा नाम दर्ता गराई दुबैतिरबाट राहत लिईबेच्ने गरेको रहेछ।त्यस्तै ति पिडितहरुको नाम लिएर राजनिति दलका नेताहरु पनि आ-आफ्नो जाल फ्याक्न तल्लिन रहेछ।कसरी तिनिहरुलाई आफ्नो पार्टिमा तान्ने भनेर उनिहरु जोडदारका साथ लागिपरेकोरहेछ जस्मध्य अग्रपंत्तिमा रहेछ नेपालि कांग्रेसको नेत्री सुजता कोईराला जस्ले दैबिक पर्कोपको पनि कुनै ख्याल नगरी बोराकोबोरा चामल चिउरा लत्ता कपडाहरु बांडेपछि चारैतिर हल्ला मच्चियो बिस्थापितको नाममा राजनिति हुन थाल्यो भनेर जस्को रन्को फोरमको अधक्ष उपेन्द्र यादपलाई पनि परेछ उस्ले पनि आफ्नो क्षेत्रका पिडितहरुलाई राजनिति कार्ड फाल्न थाल्यो त्यस्पछि त सबै पार्टिको नेताहरु पनि आफ्नो ब्रच्स्व राख्न र अरु पार्टिलाई कम्जोर पार्न लागि पर्न थाल्यो।तर सिविरमा भएका पिडितहरुको गुनासो अनुसार ति सिविर ब्याबस्था गर्ने दलका नेताहरुले आफ्नो पार्टिको पिडितहरुलाई मात्रै राहत दिने गरेको पाईयो।अ,त, यि र यस्तो सम्बेदनसिल अवस्थामा सबैले आफ्नो औकातले सकेसम्म सक्दो सहयोग गरेर ति पिडितहरुको आखाको आशु पुछ्ने र चहराई रहेको घाउमा मल्हम लगाउने काम गर्नु पर्नेमा उनिहरुको नाममा आएको सामग्रीहरु नै लुटेर ति मरेर पनि बांचेको पिडित निमुखाहरुको मन दुखाएर बांदरको कथा झै कार्य नगरौ यदि यस्तै हुदै गए उनिहरुको बिकल्प भनेको कि भोकभोकै मर्ने कित ठुलै ज्वालामुखि बिस्पोटन हुन पनि बेर छैन।किन कि सहयोग गर्न चाहने संघसस्था हरु धेरै छ।उनिहरुले गरेको सहयोग सम्बन्धित पिडितहरुसम्म पुर्याउने काम गर्नुहुन सम्पुर्ण सज्जनबृन्दहरुमा अनुरोध।।।।।।।।।।।।।

1 comment:

  1. धेरै नै दु:खलाग्दो कुरा लाग्यो मलाई । आपतमा परेकालाई सक्दो सहयोग गरिदिनुहोस् गरिदिनेहरूले । त्योबाहेक के नै पो भन्न सकिन्छ र !!!

    ReplyDelete