औलाएर दिनहरु गन्दै थिए।
हांसेर बचौला भन्दै थिए।
अध्यारो औशिको रातमा
पुर्णिमाको जुन झुल्काउला भन्दैथिए
पुर्णिमाको जुन झुल्काउला भन्दैथिए
अनि बाटो भरि आंखा बिछ्याए
तर अनायाश परेलिमा सांझ परेछ।
खै के भनौ यो जिन्दगिलाई नै
चैत बैसाख मै बर्षात परेछ।
रङ्गि चङ्गि सजाएको फुलहरु भन्दा
पहरामा फुल्ने सुनगाभा नै राम्रो लाग्न थाल्यो।
जिन्दगी नै अन्धकार भएर होकी
आफ्नै यात्रा सुन्सान लाग्न थाल्यो।
अनि यो दुनियाको रङ्गिचङ्गि परिबेश भन्दा
कल्पनाको नया सन्सार मै हराउन मन लाग्यो।
त्यसैले अबत प्रचन्ड सुर्येको ताप पनि मलिन बन्दै गयो।
हरियालि बसन्तले छाएको बगैचामा
शिशिरको पिडा छाउन थाल्यो।
संगम
No comments:
Post a Comment