जिनदगिको पानाभित्र संसार देख्ने म मान्छे।
अनि अन्धकार भित्रै छाया चाहने म मान्छे
अबिरल बहने हावाको झोकमा
जिन्दगिको प्रतिबिम्ब खोज्ने म मान्छे।
जिवनका ति अध्यारो रातहरुमा
उज्यालो ज्योति बाल्न खोज्ने म मान्छे।
त्यसैलेत,,,,,,
म सक्दिन साथ दिन तिम्रा पाईलाहरुमा
अनि तिमिले भुलेर छाडेका बाटोहरुमा
म त सधै आफ्नै अस्थिपन्जरमा उभिन चाहने मान्छे।
अनि आफ्नै दुनियामा रमाउन चाहने
म आफ्नै जिबन भोगाईमा आशारत छु।
अनि आफ्नै कल्पनाको संसारमा हराउछु।
त्यसैलेत,,,,,,
म तिम्रा बनावटि हासोमा रम्न सकिन।
तिम्र ति कोमल पाउहरुमा
मैले जिन्दगिलाई डोराउन पनि सकिन।
अनि ति अनकन्टार रातहरुमा पनि
म आकाशको तारा गनेर बस्न सकिन।
completely personal diary.
13 October 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment