completely personal diary.
21 October 2008
,,,,,क्षतिपुर्ति,,,,,,
हाम्रो देशको खस्किदो आर्थिक अवस्था।।त्सैमाथि हरेक दुख आपत घटना बिपति आईपरिरहन्छ।कहिले के त कहिले के। कुनै न कुनै समस्यामा सधै बल्झिरहेको हुन्छ।भर्खरै पनि कोशि पिडितहरुलाई राहत दिदा दिदा थाकिरहेको छ।याहा मैले प्रसङ गर्नु खोजेको के भने।यो छ नि क्षतिपुर्ति भन्ने सब्द हजुर एसैको बारेमा हो।यो सब्द म सानो छदा गाउघरमा कतै कसैको गाईबाख्राले कसैको बालिनालि खाई क्षति पुर्याएमा उस्लाई त्यो अन्नको अन्दाजि रकम तिर्नु पर्ने हुन्थ्यो।तसैलाई क्षतिपुर्ति भन्ने सुनेको थिए। तर हुदै जादा त्यै क्षेतिपुर्ति सब्द राजनिति करण भयो। जब देशमा माओबादिको जन्म भैइ क्रन्तिको लागि जङल पसे,अनि उनिहरुको मुख्य दुस्मण सरकारको प्रहरीहरु भए र आक्रमणको सुरुवातपनि प्रहरिचौकिहरुबाटै भयो।र यसैक्रममा कतिपय प्रहरिहरुले सहादात प्राप्त गरे।र ति सहदत प्राप्त गरेको प्रहरि परिवारलाई सरकारले हताहास नहोश भन्नको लगि क्षेतिपुर्ति दिने चलन चलायो।हुनसक्छ त्यो बेला सरकारमा बस्ने नेताहरुको मनमा यस्तो बिकराल स्थिति आउछ भन्ने लागेकै थिएन।त्यहि भएर मिर्तक परिवारलाई केहि रकम दिएर उनिहरुको मनमा लागेको चोटलाई केहि सान्तवना दिने दुस्प्रयाश गर्यो।तर हुदै जांदा माओबादी पकड बलियो बन्दै गयो र उनिहरुले सैनिकहरुमाथि पनि आक्रमण गर्न थाले त्यसपछि पो सरकारको मनमा पनि ढ्याग्रो बज्न थाल्यो।तब फसाद पर्नथाल्यो।क्षतिपुर्ति पनि अब कत्तिलाई दियर सक्ने?अनि कति बिदेशिको अगाडि हात जोड्ने? तर अहिले सरकार माओबादीसान्ति सम्झौतामा आईसकेकोछ।तर यो क्षतिपुर्ति भन्ने सब्दले त अझै बिकराल स्थिति पैदा गर्दै गैरहेकोछ।अझ यस्लेत फेशनको रुप लिन थालिसकेकोछ।कतै केहि सानो घटना घटयोकितक्षतिपुर्ति चाहिहाल्ने।यसै सन्दर्भमा कुनै बेला मैले पनि अनुभव गरेको थिंए।क्षतिपुर्तिको बारेमा९,१०,महिना पहिलाको कुरा होला म काठमन्डौ बाट घर भोज्पुर जादै गर्दाको कुरा काठमान्डौ बाट धरान गै त्यहा बाट लेघुवाको गाडिमा चडियो।जादै गर्दा पाखृबास कटेर ओरालो लागियो पिच नभाको सडक कतै सागुरो घुम्ति बाटोमा बिस्तारै जांदै थियौ। बिचबाटोमा घुम्तिनेरको नजिकैको घर छेउनेर दाउरा सुकाएको रहेछ।हामि चडेको गाडिले कारणबस अगाडिको भागले त्यो दाउराको केहि भागलाई केहि छुन गयो।अब के चाईयोर? त्यो दाउराधनिलाई सबै छिमेकिहरु बोलाएर हाम्रो गाडिलाई नै रोकेर दाउराको क्षतिपुर्ति चाहियो रे लौ,,भएनत आपत अनि हामि सबै गाडिमा भएकोहरु मिलेर कराउन थाल्यौ।अनि बल्ल त्याहा बाट बाटो छोडन बाध्य भयो उनिहरु।यो त भयो सानो घटना यस्ता खालको घटना हरु धेरै छ।हाम्रो नेपालमा। बिशेष गरि यस्तो घटनाहरु गाडिचलकहरुमा हुने गर्छ। हुन त सबै चालकहरु राम्रो हुन्छ पनि भन्न मिल्दैना।कतै गाडिले ठक्कर दिई मान्छे घाइते भयो भने फेरि गाडि ब्याक गरी मान्छे नै मार्दिन्छ यि निर्दयि ड्राईभरहरु हुनत देशको कानुन नै तेस्तै भयर होला किन भने मान्छे घाइते भए त्यो घाइते सकुसल नहुन्जेल लागेको खर्च त्यै ड्राईभरले बेहोर्नु पर्ने हुन्छ।तर घाइतेलाई मारिदिए १,२महिना जेल बसी के कति धरौटी तिएर उ निस्कन पाउछ। यस्तै एउटा हाम्रै देशको तराई भागतिरैको घटना मैले पत्रीकामा पडेको थिए र मलाई अचम्म पनि लागेको थियो त्यो घटना पडेर कुनै एउटा चालकले सडकमा खेलिरहेको बालकलाई ठक्कर दीई मारेछ।अनित त्यो बालकको अबिभाबकले के गरेछ भने गाउभरीको मान्छेलाई भेला गरी सडक नै अवरुद्द गराई नारा जुलुश लगाउन थालेछ त्यो नारा जुलुश पनि क्षतिपुर्तिकै त होनी,,,फेरि क्षेतिपुर्ति पनि कति त भन्दा जम्मा ८,लाखको मात्रै।अनित्योक्षतिपुर्ति मार्फत पाएको रकम्ले के गर्ने योजना रहेछ भन्दा,६लाखको घर बनाउने अनि बांकि २ लाख चहि सडक तताउन सहयोग गर्ने छिमेकिहरुलाई ख्वाउने,,,,वहा,,,,, कस्तो राम्रो योजना अब भन्नुस यो घटना बारे तपाईको के सोचाई आयो?यस्तै अर्को घटना पनि पडेको थिए।गत असोज महिनाको हिमाल खबर पत्रीकामा कनक दिक्षितले लेख्नु भयको हाम्रै देशको कुनै एक ब्यास्त सडकमा एक मोटर साईकल चालकले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउदा स्थानिय एक महिलालाई ठक्कर दिन पुगेछ। र महिला घाइते भै सडकमा लडन पुगेछ।नजिकै हिडिरहेको कुनै एक सज्जन मानवले ति लडेको महिलालाई उठाएर आउदै गरेको माईक्रोबसमा राखेछ।र बिस्तारै १,२ हुदै त्यहा नजिकैको सबै मान्छे भेला हुन थालेछ र त्यो मोटरसाईकल चालकलाई भकुर्न थालेछ र केहिक्षण पस्चात ति घाईते महिलाको श्रीमान पनि हस्याङ फस्याङ गर्दै आईपुगेछ र उ पनित्यै ज्ड्याहा चालक माथि जाइलाग्न थालेछ।अनि त्यो सज्जन ब्याक्तिको अनुरोधमा ति घाइते महिलाको श्रीमानलाई बोलाई गाडिमा राखेछ।हस्पिटल लानको लागी। तर त्यो घाइतेको श्रीमानको नजर घाइते श्रीमतितिर नभै त्यो मोटरसाईकल तिरै थियो र गाडिभित्रै बाट भन्दै थियो रे त्यो मोटरसाईकल लाई नछोड है कब्जामा लिइराख क्षेतिपुर्ति चाहिन्छ है,, क्षतिपुर्ति,,,, हजुर यि र यस्तैकुराहरुको बिकृति बडन थालेको छ हाम्रो नेपालमा कतै सानो घटना घटयोकित त्यस्को पर्तिक्रीया दिहाल्नु पर्ने अनि सडक तताउनै पर्ने टायर बाल्नै पर्ने नारा जुलुस गनै पर्ने यस्ता बिकृतिहरु निम्ताएका छ यि क्षतिपुर्ति सब्दले ,,,,,
Labels:
प्रसंगबस
16 October 2008
कोशिपिडितहरु माथि पनि राजनिति र लुटपात
हुन त यो पुरानो भैसकेको समचार हो।तर पनि मलाई कता-कता मनमा लागेको केहि कुरा लेख्न मन लाग्यो।यस्को बारेमा।।।।
हुन त यो हामि सबैको लागि एक दुखदायि घटना हो।जस्मा हजारौ परिवारहरु घरबारबिहिन भएका छन।र हजारौ मानिसहरु बेपत्ता पनि भए।त कोहो-कोहि १०,१२ दिन पस्चात पनि जिवितै उद्दारकर्ताहरुले सकुसल उद्दार गरे।तर यिनै दुख र पिडादायि घटनालाई कतिले आफ्नो कमाउने ठाउ बनाए।कति राजनितिज्ञहरुले पासो पनि फाले देखावटि आस्वासनहरु दिलाएर। बिचरा ति निमुखा सोझो होस् हवास गुमाएर बाचेको पिडितहरुलाई के थाहा,जस्ले सहयोग गर्छ।उसैको पछि लाग्नु बाहेक अरु बिकल्प नै के छ र उनिहरुसंग भएको जाएजेथाहरु सबै कोसिले बगाएर लगे पछि बाचेकोत्यै खालि ज्यान बाहेक।तर तिनै समय कसैलाई फुर्सदै छैन पिडितहरुलाई सहयोग गर्नु होइना उनिहरुको नाममा आएको राहत लुटनलाई त कसैलाई आफ्नो पार्टिमा आकर्सित कसरी गर्ने भनेर,
दुख लाग्दो कुरा,,,,,,,,,धेरै समचारहरु सुन्नमा आयो कि यस्तो अवस्थामा सबैको नजर ति पिडितहरुलाई कसरि उद्दार गर्ने भन्ने हुनुपर्नेमा उल्टो भयो। तर स्थानिय ठुलाबडाको लागि र राजनितिक नेताहरुको लागि ठुलै चिठ्ठा परेको जस्तो भएछ। दुख लाग्दो कुरा त ति डुबानमा परेको बिस्थापितहरुको लागि सबैतिरबाट संकलन गरिएको राहत सामग्रीहरु पनि सम्बन्धित पिडितहरुले नपाउदा सहयोग गर्नेहरुको मन कस्तो होला। त्यो भन्दा यस्तो बिपतिमा हातमुख कसरि जोडने भनेर तडपिएको हृदय कस्तो भयो होला?ति निर्दयिहरुको ब्याबहार देखेर। लुटेराहरु त लुटेरा नै भए। त्यो भन्दा फरक राजनितिक नेताहरुको पनि गिद्दे नजर पर्न थाले पछि ति बिस्थापित दसौहजार जनताले के खाने?त्यति मात्र होईना त्यहाको ब्यापारिहरु पनि यस कान्ड बाट मजाले नै मालामाल भएको रहेछ। तर दुखलाग्दो कुरा हाम्रो देशमा हरेक कुरामा राजनिति हुने गर्छ। तिनै नेता भनौदाहरुले ति बिस्थापितहरुलाई बिभाजन पनि गराउदोरहेछ।अनि म यो पर्टिको हुं मेरो एरियाको बिस्थापितले राहत पाएना भनेर सरकारबाट गठित दैबिक प्रकोप कोषबाट मन लागि सामन उठाउदै लगि आफ्नो कार्यकर्ताहरुलाई लुटेजस्तो गर्न लगाई समान लुटियो भन्दै मन लागि गर्दो रहेछ।जुन सामनहरु हिनामिना पार्नेमा त्यहाको स्थानिय ठुलाबडाहरु पनि अछुतो रहेनछ।सुनसरीको उधोग बाणिज्य माहासंघका अधक्ष पनि संलग्न रहेको समचार सुन्नमा पाइयो।अनि अन्य ठुला राजनिति दलका नेताहरु पनि लागि परेको सुन्नमा पाईयो।पिडितहरुले सरकारबाट आएको राहत हामिले पाउनु पर्छ भन्दै नाराजुलुस लगाउदा स्थानिय ठुलाबडाहरुले उल्टै कुट पिट गर्दै ज्यान मार्ने धम्कि सम्म दिने गरेको रहेछ।कुनै-कुनै सिविरहरुमा राहत बितरण राम्रो नभएको कारण कतिपय पिडितहरु१०,१२ दिन सम्म पनि भोक भोकै दिनरात बिताउन बाध्य रहेछ तर कुनै सिविरका बिस्थापितहरुभने २,३ वटा राशणकार्ड लिएर राहत लिदै पसलमा बेच्दै मालामल भएको पनि सुन्नमा पाइयो।त्यो चहि एउटै सिविरको सदस्यले अर्को पनि सिविरमा नाम दर्ता गराई दुबैतिरबाट राहत लिईबेच्ने गरेको रहेछ।त्यस्तै ति पिडितहरुको नाम लिएर राजनिति दलका नेताहरु पनि आ-आफ्नो जाल फ्याक्न तल्लिन रहेछ।कसरी तिनिहरुलाई आफ्नो पार्टिमा तान्ने भनेर उनिहरु जोडदारका साथ लागिपरेकोरहेछ जस्मध्य अग्रपंत्तिमा रहेछ नेपालि कांग्रेसको नेत्री सुजता कोईराला जस्ले दैबिक पर्कोपको पनि कुनै ख्याल नगरी बोराकोबोरा चामल चिउरा लत्ता कपडाहरु बांडेपछि चारैतिर हल्ला मच्चियो बिस्थापितको नाममा राजनिति हुन थाल्यो भनेर जस्को रन्को फोरमको अधक्ष उपेन्द्र यादपलाई पनि परेछ उस्ले पनि आफ्नो क्षेत्रका पिडितहरुलाई राजनिति कार्ड फाल्न थाल्यो त्यस्पछि त सबै पार्टिको नेताहरु पनि आफ्नो ब्रच्स्व राख्न र अरु पार्टिलाई कम्जोर पार्न लागि पर्न थाल्यो।तर सिविरमा भएका पिडितहरुको गुनासो अनुसार ति सिविर ब्याबस्था गर्ने दलका नेताहरुले आफ्नो पार्टिको पिडितहरुलाई मात्रै राहत दिने गरेको पाईयो।अ,त, यि र यस्तो सम्बेदनसिल अवस्थामा सबैले आफ्नो औकातले सकेसम्म सक्दो सहयोग गरेर ति पिडितहरुको आखाको आशु पुछ्ने र चहराई रहेको घाउमा मल्हम लगाउने काम गर्नु पर्नेमा उनिहरुको नाममा आएको सामग्रीहरु नै लुटेर ति मरेर पनि बांचेको पिडित निमुखाहरुको मन दुखाएर बांदरको कथा झै कार्य नगरौ यदि यस्तै हुदै गए उनिहरुको बिकल्प भनेको कि भोकभोकै मर्ने कित ठुलै ज्वालामुखि बिस्पोटन हुन पनि बेर छैन।किन कि सहयोग गर्न चाहने संघसस्था हरु धेरै छ।उनिहरुले गरेको सहयोग सम्बन्धित पिडितहरुसम्म पुर्याउने काम गर्नुहुन सम्पुर्ण सज्जनबृन्दहरुमा अनुरोध।।।।।।।।।।।।।

13 October 2008
म मान्छे।।।।
जिनदगिको पानाभित्र संसार देख्ने म मान्छे।
अनि अन्धकार भित्रै छाया चाहने म मान्छे
अबिरल बहने हावाको झोकमा
जिन्दगिको प्रतिबिम्ब खोज्ने म मान्छे।
जिवनका ति अध्यारो रातहरुमा
उज्यालो ज्योति बाल्न खोज्ने म मान्छे।
त्यसैलेत,,,,,,
म सक्दिन साथ दिन तिम्रा पाईलाहरुमा
अनि तिमिले भुलेर छाडेका बाटोहरुमा
म त सधै आफ्नै अस्थिपन्जरमा उभिन चाहने मान्छे।
अनि आफ्नै दुनियामा रमाउन चाहने
म आफ्नै जिबन भोगाईमा आशारत छु।
अनि आफ्नै कल्पनाको संसारमा हराउछु।
त्यसैलेत,,,,,,
म तिम्रा बनावटि हासोमा रम्न सकिन।
तिम्र ति कोमल पाउहरुमा
मैले जिन्दगिलाई डोराउन पनि सकिन।
अनि ति अनकन्टार रातहरुमा पनि
म आकाशको तारा गनेर बस्न सकिन।

कबिता
08 October 2008
जिन्दगी
औलाएर दिनहरु गन्दै थिए।
हांसेर बचौला भन्दै थिए।
अध्यारो औशिको रातमा
पुर्णिमाको जुन झुल्काउला भन्दैथिए
पुर्णिमाको जुन झुल्काउला भन्दैथिए
अनि बाटो भरि आंखा बिछ्याए
तर अनायाश परेलिमा सांझ परेछ।
खै के भनौ यो जिन्दगिलाई नै
चैत बैसाख मै बर्षात परेछ।
रङ्गि चङ्गि सजाएको फुलहरु भन्दा
पहरामा फुल्ने सुनगाभा नै राम्रो लाग्न थाल्यो।
जिन्दगी नै अन्धकार भएर होकी
आफ्नै यात्रा सुन्सान लाग्न थाल्यो।
अनि यो दुनियाको रङ्गिचङ्गि परिबेश भन्दा
कल्पनाको नया सन्सार मै हराउन मन लाग्यो।
त्यसैले अबत प्रचन्ड सुर्येको ताप पनि मलिन बन्दै गयो।
हरियालि बसन्तले छाएको बगैचामा
शिशिरको पिडा छाउन थाल्यो।
संगम
Labels:
कबिता
02 October 2008
साउदीअरबको ईतिहाश मै पहिलो सास्कृतिक कार्यक्रम
साउदिअरबको राजधानि रीयादस्थित(united Nepalsese welfare Society) ले गरेको यो पहिलो सस्कृतकार्यक्रम सम्भवत साउदिअरबकोईतिहासमा यो पहिलो नै हो।हुन त पहिला पनि एस्तो
कार्यक्रम हुन्थ्यो नै तर पहिला गरीने कार्यक्रम भनेको फाटफुट र भेटघाट रमाईलो मात्रै हुन्थ्यो।तर एसपालिको दशैमा जुन सस्थाले गरेको सहासलाई सह्रानिय नै ठान्नु पर्छ।किन कि साउदीअरबको बारेमा त याहाहरुलाई भनि रहनु पर्दैना होला।जहा कुनै पनि यस्तो खाल्को रमैइलो गर्ने कानुनमै छैन। जहाको महिलाहरुले बहिरा पुरुशहरुसंग बोल्नु पनि हुदैना।अनि बाहिरा हिडदा पनि सधै बुर्काले
सबै सरिर अनुहार ढाकेर हिडनु पर्छ। त्यस्तो कानुन थाहा हुदाहुदै पनि यस् सस्थालेहाम्रा ख्याति प्राप्त कलाकारहरु ल्याएर धोको पुग्नेगरि नचाई उफारी यहा भएको सबै नेपालिहरुलाई ४ घन्टा भएपनि नेपालमै भएको आभाश दिलायो।हुनत पहिलोपटक नेपालबट कलाकरहरु झिकाउदा धेरै किसिमको बाधा अडचनहरु र धम्किहरुपनि न आएकोहोइना।तर ति धम्कि र त्राशहरुसंगमुकाबिला गर्दै हामि अगडि बडिरहौ र आज सफल पनि भयौ।भन्नुहुन्छ यो सस्थाको अधक्ष दिलचन बुडामगर वहा अगाडि भन्नु हुन्छ।हामिलाई यहा सम्म ल्याईपुर्याउने यहास्थित नेपालि राजदुत्तबासको ठुलो हात रहेको पनि वहामन खुलएर भन्नुहुन्छ।जस्मा सबै जसो कामहरु राजदुत्तबासले नै गरेको हो।कलाकारहरु ल्याउन र उनिहरुको सुरक्षा पनि राजदुत्तबासले नै गरिरहेकोछ।कार्यक्रमउदघाटन गर्दै प्रमुख अथिति राजदुत्त श्री हमिद अन्सारीले भन्नुभयोयो हाम्रो मात्र प्रयास होइना यहा स्थित सम्पुर्ण प्रबाशीहरु र उनाईटेड नेप्लिज वेल्फेयर सोसाईटिको कार्यकर्ताहरुको अदम्य सहाश भएकोले आज हामि हाम्रा यि ख्यातिप्राप्त कलाकरहरुको साथ रमाउन पाईरहेको छौ।कार्यक्रमको सुरुबातमा लोकदोहोरिगाएक मिलन लामाले अतिथि राजदुत्तलाई नेपालि झण्डा उपहार टकराई झल्को लालि ओठमा गाडि चल्यो मोटर पुग्यो जुम्ला कलिकोटमाको गितले दर्सकहरुलाई निकै तताएको थियो। अन्य कलकरहरुमा खेमराज गुरुङ् सिला आले, अभा मुकरुङ्,निशा सुनुवारहरुले आ-आफ्नालोकदोहोरी मार्फत दर्सकहरुलाई भरपुर मनोरन्जन दिएको थियो भने हास्यकलाकारहरुसिबहरी पौडैल(मुख हानु जस्तो)किरण के,सि,(रात्ता मकै)जितु नेपाल(मुन्द्रे)ले पनि आ-आफ्नो हास्य प्रहसन मार्फत दर्सकहरुलाई पेट मिचि-मिचि हसाएको थियो।कार्यक्रमको उदघोशण कलकन्तिपुरको सन्चालक सुरेश सिं ठकुरिले गर्नु भएको थियो।आशा गरौ आउदो दिनहरुमा पनि यसरि नै यस्तै कलारहरु मार्फत् मनोरन्जन दिलाउन सकोश यहि नै हाम्रो united Nepalese welfare society लाई भन्यबद सहित बिजय दशमि तथा
दिपवलि २०६५ को हार्दिक मंगलमय सुभकामना सहित केही तस्वीरहरु तल ...
( राजदुत्तलाई पनि नचाउदै मिलन लामा)
( पुरानै गित वारीजमुना पारी जमुना गित प्रस्तुत गर्दै खेम गुरुङ)
(कता हिडेको कस्लाई खोजेको गाउदै... आभा मुकारुङ)
(हाँस्य कलाकार शिवहरि र किरण के. सी. )
(लोक गयिका शिला आले )
(आफ्ना पुरानो गित सुनाउदै निशा सुनुवार)

(उप राजदुतलाई पनि छोडेन नचाउन मिलन लामाले )

(दर्शक महिला पनि स्टेज मुनि नाच्दै )

(बच्चापनि रमाउदै खेमको गितसंगै)

Labels:
संस्मरण
Subscribe to:
Posts (Atom)