समय र परिस्थितिको खेलबाड न हो। समस्या संग लड्दा लड्दै बाध्यताले कुठारघात गरि आफ्नो माथमा टेके पछि। कायर जस्तै भयर आफ्नो जन्म भुमि जंहा जन्म लिई तोतेबोलिर पाईला चाल्न सिकेको आगनलाई आफ्नो दुई आंखाबाट झरेको आंशुले छर्केर मनमा बिरह र एक्लोमहशुस गरी आफ्नो भबिस्यको खोजिमा हिड्नु पर्ने यो बिबस्ताले गर्दा र सोचे जस्तो नभै सबै पृथक भैदिदा सावनको भेलसरि अनन्तकालसम्मको जिवन सहरालाई आंशुउपहार छोडि बिछोडिनु पर्दा कस्को मन नरोला? लाग्छ यो जिन्दगि नै कस्तो-कस्तो जता जे संग तुलना गरे पनि ठ्याक्कै मिल्ने, भेट्नु र छुटिनु अनि पाउनु गुमाउनु नै जिन्दगि होला।जस्तो पनि लाग्छ अनि छुटेर वा हराएर गए पछि सम्झनामा तडपी-टडपी रुनु नै जिन्दगि होला। यस्तै-यस्तै जिवनका कथा ब्यथा भित्र रुमाल्लिएर बाच्नु नै जिन्दगि होला।अर्थात हासो आशु रोदन बेदना मिलन बिछोड जन्म मिर्त्युको कथाको साङ्लो भित्रै सायद जिन्दगि बाधिएको होला।यस्तै जिन्दगि एउटा पर्कृतिको बर्दान पनि हो। जस्ले उसलाई जे उपहार दिन्छ, तेसैलाई उ प्रसाद ठानेर ग्रहन गर्छ।जस अनुसार नै उ अगाडि बडिरहेको हुन्छ।कहिले खुसि त कहिले चिन्तित पनि,जिन्दगि, जंह र जहिले पनि शुख पछि दुखको सृजना हुन्छ।त कुनै दुखहरु जिन्दगि भोगाईमा नै एक आबिस्मरणिय ह्न्छ. जस्को अभाबमा जिन्दगि नै अधुरो जस्तो हुन्छ हो जिन्दगिमा क्षणिक रुपमा हरेक मनोरन्जन मिल्न सक्छ।तर जिन्दगि भोगाईको क्रममा धेरै समय बेदनाको भुमरिमा जेलिनु पनि पर्छ। बिधिको बिडम्बना भनौ वा भाग्यको खेल काहा-काहा गएर ति सम्पुर्ण सपनाहरु निराकरण गर्नु पर्ने हुन्छ। यि र एस्ता बाधा अड्चनहरु सबैलाई आईपर्छ भनेको होईना मेरो मतलब यस्ता अवस्थाहरुले धेरैलाई दयणिय क्षण भोग्नु पर्ने बाध्यतामा धकेलिदियको हुन्छ। जो यस्तो परिस्थिति संग मुकाबिला गर्न नसकी पागल सरह भौतरिरहेको पनि हुन्छ।(तर यो कसैको वास्तबिक्ता होइना केवल मेरो सोचाईमात्र हो) वास्तबमा उदाउनु र अस्ताउनु नै जिन्दगि रहेछ।दुख-सुख कहिले समिप त कहिले क्षितिजपारि हासो र रोदन मिसृत अनमोल जिन्दगिको परिभाषा नलेखिनहुने २ सब्द रहेछ।जति जति समय अतितलाई छोड्दै जान्छ तेत्ति-तेत्ति नै बर्तमान साझले स्मिर्ति र पिडाको छहारीमा सुस्केरा संगै कैयौ कल्पनाहरु तैरीरहन्छ।यो मानसपटलमा पुराना सम्झनाको आभाष दिलाउदै सहाराको स्मरण यि रातहरु चुपचाप निदाइ मिरमिरे उषालाई निम्त्याउछ। जिन्दगिले भोगेको परिताप अनि मुस्कानमय क्षणले फाटेको हृदय लाई टालटुल गर्दै समय बेजोडले हुइकिदिन्छ सगरमाथाको बक्षस्थल,हिमसिखर मनोहर दृस्य, चांप र गुराश फुलेर ढकमक्क भएको दिब्यस्थलमा रमाउने यि जिन्दगिहरु यथार्तमा भन्नुपर्दा आफु जन्मेको जस्तो पृयस्थल कहि नहुदोरहेछ।बशन्त ॠतुको आगमन संगै त्यहा नव पल्लविहरु मधुर पवनको झोकमा बयस्क बन्न तल्लिन होला। त्यसैको डालिमा बसेर न्याउलि चरिले भाका हाल्दै होला।बिगतका ति रमाईलो क्षणहरु मनन गरेर बध्यता र परिस्थितिले आफ्नो आफन्तहरु संग अलग पारेर धेरै टाडा ल्याईपुर्यायो।
अन्तमा
सम्झना मेरो संगालिराख मुटुको माझैमा।
तड्पेको जिवन लिएर आउला सुनौलो साझैमा।
संगम
completely personal diary.
29 September 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment