16 September 2008

कस्तो जिवन





















बजाई रहेछु सारंगि चुडिएको तार संगै।
बिताई रहेछु जिवन मैले कालो समय संगै।
कस्तो जिवन पाए मैले कौडा माथि सुत्नु पर्ने।
बाच्नु मानब धर्म सेकेन्डै बिद्रोह सोच्नु पर्ने।
रित्तिएको जिवन बोकि भोज भतेरमा रमे जस्तै।
आशा बिहिन जिन्दगिको सपना हराए जस्तै।
यो जिवन नै संगित बिनाको पियानो जस्तै।
दिशा बिहिन जिन्दगिमा चालक बिनाको साधन जस्तै।
कुन बस्तुमा बिताए जिवन आफैलाई थाहा भएन।
जिन्दगिलाई कुन सब्दले लेख्ने आफैलाई थाहा। भएन
उदाश मात्रै होकि जिवन सधै उदाश मात्रै हुनु पर्ने।
अद्र्स्य् चोत हरु सधै आई बेदनाले खाईरहने।
आजा देख्छु सारा जगत दुखै दुखको पलंग माथि।
मानिश् भन्नु भ्रम मात्र हो मर्म नै हो हाम्रो साथि ।
यहित सिकायो मलाई आज यथार्त मेरो जिवनले।
बोलि रहेछु साश कडकाई प्रयास गदै यो मनले।
रोजगारको खोजिमा तल्लिनछु जिवन संकेत छैन कतै।
पिरै पिरको भुमरिमा डुब्न पुगेछ जिवन थाहा भएन अझै।
बेरोजगारको सिकार बनि बन्दैछु सिकारि केवल रोजगारको।
बिसाउदैछु चौतरिमा भारि दुख बेदना र उदाशि जिवनको।।
दर्पण लामा(अन्जान)
बौद काठमान्डौ।

No comments:

Post a Comment