"यो मरुभुमिको निलो आकाशमा म तेहि जन्मभुमिको रोशणि खोजिरहेछु।
ऋतु नै परिबर्तन नहुने मरुभुमिमा म तेहि बसन्तलाई पर्खिरहेछु।"
नमस्कार मित्रहरु आज कुनै स्पेसल त केहि छैन। तै पनि ब्ल्ग अप्डेट गर्ने जमर्को गरेर बसेको के लेखौ के भयो। एसो मन डुलाउदै जादा अस्ति एकदिन साउदिको राजधानि रियादको बथ्था भन्ने ठाउमा घुम्न भनि निस्केको थिए। तर त्यहा भेटेको असङ्ख्या नेपलि दाजु भाईहरु भेट्दा केहि लेखौ लेखौ लाग्यो र तेसैलाई सिर्षक बनाई २ ४ कुरा हरु लेख्ने जमर्को गर्दैछु।रोजगारिको लागि बिदेसिने लाखौ नेपालि हरु मध्ये धेरै जसो युबाहरु साउदि अरबमा छन।र यो देश सबै भन्दा ठुलो ग्याश र तेलखानि भएको देश पनि हो।तेसैले होला अरुतिर भन्दा याहा अलि बडिनै नेपालि हरु भितृने गर्छ।र हरेक ठाउहरुमा नेपालिहरुको जम्घट् भएको देख्न सकिन्छ।बिसेष गरेर याहाको मुख्य जम्घट थलो भनेको रियाद जेद्दा र दमाम हो।
यिनै सहरहरुको वरपर धेरै नेपालिहरु छरिएर बसेको छ।एउटै देशमा कर्येरत भए पनि आफ्नो र आफन्तको भेट हुन अतिनै मुस्किल हुन्छ।किन भने यि ठाउ हरु धेरै टाडा टाडा पर्दछ।बिशेष गरि यो खाडि मुलुकहरुमा मुस्लिम धर्मलम्बिहरुको बहुल्येता छ. र उनिहरुको सुक्रबारको दिन सार्बजानिक बिदा हुन्छ।तेसैले यो सुक्रबारको दिन यि तिनवटै सहरमा भएका नेपालिहरुको लागि जम्घटको दिन हो।यिनै सुक्रबारको दिनमा तिनै सहरमा छरिएर रहेको नेपालिहरु सहरको पर्मुख ठाउहरुमा जम्घट हुने गर्छ।बिशेष गरि रियादको बथ्था जेद्दाको बलाद र दमामको सिको बिल्डिङ भन्ने ठाउ नेपालिहरुको भेट हुने साझा चौतारि हो।जहां देशको पुर्ब देखि पस्चिमसम्मको नेपालि हरु जम्मा जम्घट हुने गर्छ। तेसैले सुक्रबारको दिन यि ठाउहरुमा नेपालिहरुको भिड देख्दा लाग्छ नेपाल कै कुनै बजार भन्दा फरक लाग्दैना।तेसैले होला यि ठाउहरुलाई नेपालिचोक भनेर नामकरण पनि गरिएको छ।जुन ठाउहरुमा नेपालको याद दिलाउने नेपालि भन्छाघर रेस्टुरेण्ट हरु पर्सस्त पाईन्छ।जहा नेपालि खाना गुन्द्रुक म:म: सुकुटि जस्ता खानाहरु पाईन्छ।जाहा सुक्रबारको दिन अरु दिन भन्दा चहल पहल अलि बडि नै देखिन्छ। साचि भन्नुपर्दा नेपालि ब्यापारिको लागि दशै नै आएको जस्तो हुन्छ।
"रियादस्थित नेपालि होटेल यहाँ सुक्रबारको दिन नेपालिहरुको भिड लाग्ने गर्छ।"
साउदि अरबको राजधानि रियद स्थित बथ्था सहरमा प्रतेक सुक्रबारको दिन असङ्ख्या नेपालिहरु जम्घट हुने गर्छ जुनठाउ देखि टाडा टाडा सम्मको आफन्तहरु संग फोन मार्फत सम्पर्क गरि नेपालि चोकमा भेटने सर्त हुन्छ।पहिला नै जुन दिन आफ्नो आफन्त संग भेटि आ आफ्नो अवस्था बारे छलफल गर्छ।कसैले आफ्नो मालिकले दिएको दुख कस्ट तलब नपाउने अनि बाहिर घामको तापमाकाम गर्नु पर्ने तेस्तै-तेस्तै आफ्नो घरपरिवार जन्म थलो छोडि पर्देसिनु परेको ब्यथाहरु यिनै चौतारिमा आफ्नो आफन्तसंग साटासाट गरेर मन हल्का पार्छ।याहा आएरसाहुको ऋन भत्किन लागेको घर अनि पिडाले चाउरिएको बा-आमाको अनुहार र भाईबहिनि अनि पृयशिको ओठमा मुस्कान छर्ने सपना हरु कति सफल भए कति सपना नै भए।तै भएर पनि प्रतेक सुक्रबारको दिन आफ्ना र आफन्तहरु सामु आपस्मा आफुले भोग्नु परेको पिडा र बेदना हरु साटासाट गर्छ यो साझा चौतारिमा कोहि-कोहि आफ्नो गाउले मित्रहरु भेटेर खुसि हुन्छ सबै आ-आफ्नो दुनियामा ब्यस्त हुन्छ।त कोहि छुटिमा जानको लागि आफ्नो स्वजनहरुको लागि किनमेलमा ब्यस्त पनि देखिन्छ।भने कोहि आफन्त मार्फत आफ्नो घर परिवारबाट पठाएको चिठिपत्र र कोसेलिहरुपाएर खुसि देखिन्छ।तेसैले प्रतेक सुक्रबारको दिन यि सहरहरुमा बेग्लै रौनक देख्न सकिन्छ।
बिशेष गरि खाडिमुलुक मध्य साउदिअरबमा अस्लिल पत्रपतृका सिडि हरु लान पाईन्न यदि भेटिएमा जस्को सजाय मिर्तुदण्ड सम्म हुने गर्छ।भन्ने सुन्नमा पाइन्थ्यो।तर यि सहरहरुमा त नेपालमा भन्दा बडि अस्लिल खालका पत्र पतृका सिडिहरु खुलमखुल्लारुपमा बिकृ बितरण भैरहेको देखियो। थोरै समय भए पनि यि नेपालि चोकमाबिताउदा आफु नेपालमै भएको अनुभव भयो।मलाई पनि किन भने जताजता हेरे पनि नेपालि मात्रै र जाहांतहि पनि नेपालि पत्र पतृकाको पसल अडिओ सिडिको पशल हरु मात्रै अझ रमाईलो त नेपालको बसपार्क जस्तै यहा पनि हजारौ नेपालिहरु मिनिरल वाटरको बोतल डुलाउदै प्रतेकलाई सोध्धै हिडिरहेको देख्दा रमाईलै लाग्यो।
नेपाल जस्तै याहा पनि समान हरु किन्दा बार्गेनिङ भैइरहेको देखियो। बिशेष गरेर यो साउदिमा बेलुकाको समय भिड भाड बड्ने गर्छ।किन भने दिउसोको समय अत्ति नै गर्मिहुने भएको हुदा टाडाटाडा बाट पनिबेलुकाको ३-४ बजेको समय मिलाएर जम्मा हुने गर्छ यो चौतरिमा(अकमा) यो बिशेष गरि हाम्रो मुलुकमा नागरिक्ता भने जस्तै यहा अकामा भनिदो रहेछ।जुन कतै हिडडुल गर्दा साथमा अनिबार्य हुनु पर्छ।तर यो अकामा चोर्नेहरु पनि यहा कमि छैनरहेछ। अर्काको अकामा चोरेर अबैधरुपमा अर्को फोटो टासेर बेच्दो रहेछ।जुन चोर हरुको सिकार बिशेष तिनै सोझो नेपालिहरु हुदोरहेछ अब सबैको आखा आफ्नो हातको घडि र कसैको मोबाईलको टाईममा जादैछ। किन भने बेलुकाको ९ बज्न थालिसकेकोछ।जुन बेला नेपालमा १२ बज्न लागेकोछ।गाउघरतिरसबै निन्द्र देबिको काखमा मस्त भैसक्योहोला। त कतै-कतै अल्लारे ठिटा-ठिटिहरु कतै रमाईलो गर्दै होला।तर याहा नचाहादा नचाहादै पनि सबै जना छुटिने तर्खरमा जादैछ।के गर्ने समय नै एस्तै हो आउछ जान्छ पर्खदैन।
के गर्ने भोलि फेरि सबैको डिउटि जानु पर्ने बाध्यता छदैछ।तेसैले अर्को पटक सबै यहि चौतारिमाभेट्ने बाचाका साथसबै जना आ-आफ्नो डेरातिर पाईलाचाल्छ।र यो पङ्तिकार पनि सबै जना चिनजान भएको मित्र हरु संग बिदा भै आफ्नो डेरा तिर लागे भोलिको डिउटिको तयारिको लागि.......
completely personal diary.
17 September 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment