17 August 2008

हिन्दु धर्म र नेपालि नारिहरु।।


तिज हिन्दुनारिहरुको महान चाड जस्को महत्वबारे चर्चा गरिरहन नपर्ला।तर एस्को गहिराहि सम्म पुगेर सोच्ने हो भने यो पर्ब एक किसिमको सोशण र,,,उक्त हो।जस्मा नारिलाई सोशण गर्नमा नारिहरुनै पुरुशभन्दा अगाडिछ।उनिहरु आफै आफ्नो सोशण गरिरहेकोछन जस्को मुल कारण धर्म पर्ति आस्था र बिस्वासनै हो।जस्को गड मुटुमा किलागडे झै बिधमान छ।धर्मको आलोचना गरे नर्कमा पुगिने डर हुने भएकोले आलोचनाको साटो सरासर पालना गर्नुमानैआफ्नो भलाई ठान्छ उनिहरु।हिदुधर्मले महिलाहरु लाई पुरुशको सेवा गर्नेसहनसिल र सुशिलहुने आफ्नो लोग्नेको कुरा नकाट्ने तेस्तै लोग्नेलाई नख्वाई आफु नखाने र लोग्नेले जे भनेपनिसहने र जिबनभरलोग्नेको दाश भएरबस्ने अनि लोग्ने मरेपछिसङै सत्ति जाने(जिउदै चित्तामा हामफाल्ने)निर्देशण छ।तर अहिले सत्ति पर्था हटिसकेकोछ।त्यस्लाई हम्रो नेपालि नारिहरु ठुलो उपलब्धि ठान्छन।तर आधुनिक्ताको खोल ओढेर महिलाको बलिपर्था अझ ससक्तरुपमा उर्लिएकोतिर उनिहरुको ध्यान जादैना।हिन्दुधर्म ग्रन्थहरुले नारिलाई जसरि उकासेर आकास पुर्याएकोछ।त्यसरिनै दाश अनि पशुको झै ब्याख्या गरेर पछारेको पनिछ।सात बर्षको कन्या(गोमा)लाई सत्तरि बर्शे बुडो(सिब सर्मा)ले बिबाहा गरेको कथ हाम्रा हिन्दु नारिहरु भक्तिपुर्बक बर्त लिएर सुन्छ।जुन नारि बिधुवा हुन कत्तिबेर लाग्ला?सोझै अनुमान गर्न सकिन्छ।अनि यौवनको ज्वराभाट सङै मरुभुमि जस्तो उराठ लाग्दो जिबन कसरि कटला,,एस्तै एस्तै पाठ हरु सिकाउछ हिन्दुधर्मले अनि यहि धर्मले सिकाएकोछकि बर्त बस्ने पाठ पुजा गर्ने काम पनि नारिको हातमै सुम्पिदिएकोछ।तेस्तै मासिक धर्म सुरु हुन अगाडिनै कन्याको बिबाहा गरिदिये पुन्ये प्रप्त हुने अनि बिधुवाले बिबाहा गरे नर्कमा जाने जस्ता वाईजात भ्रमहरु यिनै धर्मले सिकाएको छ।तर धर्मकै कुरा गर्ने हो भने पनि बिदुर लाई दोस्रो बिबाहा गर्ने छुट दिएकोछ।बहुबिबाहाकोत कुरै छोडौ।सोर्हसय गोपिनिको एक्लो पति कृशणको जन्मदिनमा हम्रामहिला दिदिबहिनिहरुभोकभोकै बर्त बसेर प्राथना गर्दै कोटिकोटि नमस्कार गर्छ।धर्ममा कति तलमाथि हुदो रहेछ भन्नेकुरा रामले सिताको अग्निपरिक्षा लिएर फेरि जङलनै फर्काइ दियो तर तिनै पुरुश रामलाई भग्वान मानि पुजा गर्छ हाम्रा नारिहरु हाम्रो समाजमा पुरुश भन्दा महिला हरु नै धर्मपर्ति बडि आस्था राख्ने गर्छ।त्यहि भएर नै उनिहरु बडि सोशणमा पर्ने गर्छ।तर सोशणको लागि महिलाहरु त एउटा बहाना मात्र हो।महिलाको बढि सोशण गर्नेत पुरुशनै हो।त्यहि भएर नै धेरै जसो पुरुश हरु आनन्दाई भएर बसेको हुन्छ।महिला लाई सोशण गरेर अनि धर्मको गलत ब्याख्या गरेर धेरै पहिला एउटा महान नेताले आफ्नो भाशणमा भनेको थियो म अबिबाहित हु तर कुमार चाहि होइना त्स्तै सभा गोस्टि बैठकहरुमामहिलाको सोशण बारे भाशण गर्ने हरु ब्यबहारमा किन लागु गर्दैना?किनकि तिनै नेताहरुको घरमा २-३ ओटा,,,हुन्छ अझै नभएर बाहिरा अन्तै पनि रख्यैल बनाएर राखेको हुन्छ। त्सैलेआदर्सपुरुश नेता महानेताहरु त्यसरि खुल्ला आमसभातिर बोल्न सक्छ।म बिबाहितहोइना तर,,,,हे आजकाएक्काईसौ सताब्दिका महिला दिदिबहिनिहरु हो नारिको जिबन भनेको धर्मको ढोङसङै हावामा बहकिनु मात्रै होइना अनि पुरुशको दया मायामा बाच्नु मात्र पनि होइना,अधिकार लिनु भनेको कानुनि समान्त खोज्नु मात्र पनि होइना,त्स्लेमात्र समस्या समाधान हुने होइना,जस्लाई धार्मिक ब्याख्याले उब्जाएको कुसस्कार र परम्परालाई त्यागेर अगाडि बड्नु नै भलो होला,जस्को बैधानिक्ताको जग बसाल्न आजका जागरुक महिलामा सामजिक आन्दोलनको जरुरत छ।किन भने हाम्रो मुलुकको महिला सोशणको मुल जरो नै धर्मरपरम्परामा अडेको छ।अनि गाउघरको महिलाहरु बिषेश गरेर सोशणमा छ।किन भने गाउघरमा सिक्षाको कमि छ।पडने लेख्ने घुम्ने अबसर हरुबाट उनिहरु बन्चित छ उनिहरुको लागि सबै कुरा लोग्ने नै होभन्नेठान्छन।अनि आफ्नो लोग्ने बाहेक अरु पर पुरुशको अनुहार हेर्न हुदैना भन्ने बिचार भएको महिला हरु पनि अझै छन हाम्रो गाउघरमा किन भने अलि पडेलेखेको पुरुश पन्डितहरुले जे सिकाउछ त्येहि गर्न बिबष छ उनिहरु।त्य्सैले यि र एस्ता रुढिबादि कुसस्कार र कुरिति महिला हरुमा लागेको अन्धो बिस्वासको जरोबाटै उखालेर फालि उनिहरुको बिचार र धारणामा परिबर्तन ल्याउन आज भोलिको पडेलेखेका महिलादिदिबहिनिहरुले कोषिस गर्नु पर्ने होइना र?

No comments:

Post a Comment