30 August 2008

मेरि उनिलाई

तिमिले देखेको जुन लाई मैले पनि देखेको छु।
तिमिले टेकेको धर्तिलाई मैले पनि टेकेको छु।
जिन्दगिको यो लामो यात्रामा धेरै हिडिसके।
तर गोरेटो पहिल्यौन सकिन।
सपनाको सागरमा धेरै डुबुल्कि खेलि सके
तर यो मन लाई सान्ति कहिल्यै भएना।
अब त जिन्दगि देखि नै थकाई लाग्न थालि सक्यो
तर बिसाउने चौतारि भेटन सकिना।
तेसैले त,,,
जिबनमा धेरै खेल् हरु खेलि सकेको छु।
तर हारे रै भए पनि बचिरहेकै छु।
सङम

18 August 2008

कहिलेकाहि रमाईलो पनि,,,,,


मरुभुमिको बालुवामा बाईक उडाउदाको मज्जा बेग्लै हुदोरहेछ। साथिहरुको साथमा संगम

17 August 2008

हिन्दु धर्म र नेपालि नारिहरु।।


तिज हिन्दुनारिहरुको महान चाड जस्को महत्वबारे चर्चा गरिरहन नपर्ला।तर एस्को गहिराहि सम्म पुगेर सोच्ने हो भने यो पर्ब एक किसिमको सोशण र,,,उक्त हो।जस्मा नारिलाई सोशण गर्नमा नारिहरुनै पुरुशभन्दा अगाडिछ।उनिहरु आफै आफ्नो सोशण गरिरहेकोछन जस्को मुल कारण धर्म पर्ति आस्था र बिस्वासनै हो।जस्को गड मुटुमा किलागडे झै बिधमान छ।धर्मको आलोचना गरे नर्कमा पुगिने डर हुने भएकोले आलोचनाको साटो सरासर पालना गर्नुमानैआफ्नो भलाई ठान्छ उनिहरु।हिदुधर्मले महिलाहरु लाई पुरुशको सेवा गर्नेसहनसिल र सुशिलहुने आफ्नो लोग्नेको कुरा नकाट्ने तेस्तै लोग्नेलाई नख्वाई आफु नखाने र लोग्नेले जे भनेपनिसहने र जिबनभरलोग्नेको दाश भएरबस्ने अनि लोग्ने मरेपछिसङै सत्ति जाने(जिउदै चित्तामा हामफाल्ने)निर्देशण छ।तर अहिले सत्ति पर्था हटिसकेकोछ।त्यस्लाई हम्रो नेपालि नारिहरु ठुलो उपलब्धि ठान्छन।तर आधुनिक्ताको खोल ओढेर महिलाको बलिपर्था अझ ससक्तरुपमा उर्लिएकोतिर उनिहरुको ध्यान जादैना।हिन्दुधर्म ग्रन्थहरुले नारिलाई जसरि उकासेर आकास पुर्याएकोछ।त्यसरिनै दाश अनि पशुको झै ब्याख्या गरेर पछारेको पनिछ।सात बर्षको कन्या(गोमा)लाई सत्तरि बर्शे बुडो(सिब सर्मा)ले बिबाहा गरेको कथ हाम्रा हिन्दु नारिहरु भक्तिपुर्बक बर्त लिएर सुन्छ।जुन नारि बिधुवा हुन कत्तिबेर लाग्ला?सोझै अनुमान गर्न सकिन्छ।अनि यौवनको ज्वराभाट सङै मरुभुमि जस्तो उराठ लाग्दो जिबन कसरि कटला,,एस्तै एस्तै पाठ हरु सिकाउछ हिन्दुधर्मले अनि यहि धर्मले सिकाएकोछकि बर्त बस्ने पाठ पुजा गर्ने काम पनि नारिको हातमै सुम्पिदिएकोछ।तेस्तै मासिक धर्म सुरु हुन अगाडिनै कन्याको बिबाहा गरिदिये पुन्ये प्रप्त हुने अनि बिधुवाले बिबाहा गरे नर्कमा जाने जस्ता वाईजात भ्रमहरु यिनै धर्मले सिकाएको छ।तर धर्मकै कुरा गर्ने हो भने पनि बिदुर लाई दोस्रो बिबाहा गर्ने छुट दिएकोछ।बहुबिबाहाकोत कुरै छोडौ।सोर्हसय गोपिनिको एक्लो पति कृशणको जन्मदिनमा हम्रामहिला दिदिबहिनिहरुभोकभोकै बर्त बसेर प्राथना गर्दै कोटिकोटि नमस्कार गर्छ।धर्ममा कति तलमाथि हुदो रहेछ भन्नेकुरा रामले सिताको अग्निपरिक्षा लिएर फेरि जङलनै फर्काइ दियो तर तिनै पुरुश रामलाई भग्वान मानि पुजा गर्छ हाम्रा नारिहरु हाम्रो समाजमा पुरुश भन्दा महिला हरु नै धर्मपर्ति बडि आस्था राख्ने गर्छ।त्यहि भएर नै उनिहरु बडि सोशणमा पर्ने गर्छ।तर सोशणको लागि महिलाहरु त एउटा बहाना मात्र हो।महिलाको बढि सोशण गर्नेत पुरुशनै हो।त्यहि भएर नै धेरै जसो पुरुश हरु आनन्दाई भएर बसेको हुन्छ।महिला लाई सोशण गरेर अनि धर्मको गलत ब्याख्या गरेर धेरै पहिला एउटा महान नेताले आफ्नो भाशणमा भनेको थियो म अबिबाहित हु तर कुमार चाहि होइना त्स्तै सभा गोस्टि बैठकहरुमामहिलाको सोशण बारे भाशण गर्ने हरु ब्यबहारमा किन लागु गर्दैना?किनकि तिनै नेताहरुको घरमा २-३ ओटा,,,हुन्छ अझै नभएर बाहिरा अन्तै पनि रख्यैल बनाएर राखेको हुन्छ। त्सैलेआदर्सपुरुश नेता महानेताहरु त्यसरि खुल्ला आमसभातिर बोल्न सक्छ।म बिबाहितहोइना तर,,,,हे आजकाएक्काईसौ सताब्दिका महिला दिदिबहिनिहरु हो नारिको जिबन भनेको धर्मको ढोङसङै हावामा बहकिनु मात्रै होइना अनि पुरुशको दया मायामा बाच्नु मात्र पनि होइना,अधिकार लिनु भनेको कानुनि समान्त खोज्नु मात्र पनि होइना,त्स्लेमात्र समस्या समाधान हुने होइना,जस्लाई धार्मिक ब्याख्याले उब्जाएको कुसस्कार र परम्परालाई त्यागेर अगाडि बड्नु नै भलो होला,जस्को बैधानिक्ताको जग बसाल्न आजका जागरुक महिलामा सामजिक आन्दोलनको जरुरत छ।किन भने हाम्रो मुलुकको महिला सोशणको मुल जरो नै धर्मरपरम्परामा अडेको छ।अनि गाउघरको महिलाहरु बिषेश गरेर सोशणमा छ।किन भने गाउघरमा सिक्षाको कमि छ।पडने लेख्ने घुम्ने अबसर हरुबाट उनिहरु बन्चित छ उनिहरुको लागि सबै कुरा लोग्ने नै होभन्नेठान्छन।अनि आफ्नो लोग्ने बाहेक अरु पर पुरुशको अनुहार हेर्न हुदैना भन्ने बिचार भएको महिला हरु पनि अझै छन हाम्रो गाउघरमा किन भने अलि पडेलेखेको पुरुश पन्डितहरुले जे सिकाउछ त्येहि गर्न बिबष छ उनिहरु।त्य्सैले यि र एस्ता रुढिबादि कुसस्कार र कुरिति महिला हरुमा लागेको अन्धो बिस्वासको जरोबाटै उखालेर फालि उनिहरुको बिचार र धारणामा परिबर्तन ल्याउन आज भोलिको पडेलेखेका महिलादिदिबहिनिहरुले कोषिस गर्नु पर्ने होइना र?

07 August 2008

मेरो भनाइमा

नमस्कार मित्रहरु आज ब्लग अप्डेट गर्ने जमर्को गरेर बसेको तर के लेखेर अप्डेट गर्ने सोच्मा परे सोच्दा सोच्दै धेरै पहिला एउटा पत्रीका मा पडेको थिए। जिबनको रङ्को बारेमा,हो जिबनको रङ् कस्तो हुन्छ? कालो सेतो रातो अथबा निलो हरियो?तर यि सबै असन्तुलित मिस्रणले जिबन कालो हुन्छ।हो एस्को उतर् कसै सङ हुदैना किना कि जिबन सबैको आफ्नो आफ्नै भोगाइमा फरक हुन्छ।अनि ति भोगाइ हरुलाइ रङमा रुपान्तरित् गर्ने कुनै भौतिक् यन्त्र यो सन्सारमा बनेको छैन,तेसैले मेरो बिचारमा जिबनको रङ् हरुलाइ केबल् सेतो क्यन्भसमा थपिएको रङ् भने अबस्यअ हो।यो मेरो नितान्त आफ्नो सोचाइ हो। अनि कहिले काहि आफनो अतितलाइ फर्केर् हेर्थे।। बृदा बा को सेतो कपालहरु कत्ती सङ्लो र सुकिलो कपास जस्तै सेतो कपासलाइ पूजा आजामा भगवानको अगाडि पूजा गर्न प्रयोग गरिन्छ । तेसैले म कहिले कही कल्पना गर्छु,सेतो कन्चन कपास देखेर जीवन कत्ती सेतो छ ।अनी पवित्र पनि चित्रकारले क्यन्भास्मा रङ भर्छ ।अनी जस्तोसुकै कपडाको रङ हरु पनि सेतो बाट सुरु हुन्छ ।तर कपाल,,,कालो पृस्टभुमिमा पछिमात्र सेतो हुन्छ ।तेसैले मेरा बा ले आफ्नो सेतो कपाल लाइ लछित गरेर भन्नु हुन्थ्यो,मेरोत कपाल पाकिसक्यो अब के नै गर्न सक्छु र।अब पालो तिमीहरुकै हो भनेर ।म नाजबाब हुन्थे, मेरो काचो कपालको के काम यो तअ्इलो तितो जस्तो पनि हुन्छ,किन भने मेरो कपालको पाक्ने बेलानै भएको छैन,फेरी म सोच्न थल्छु अरु सबै चिजहरुको पाके पछि कति महतो हुन्छ,जस्तै धान मकै फल्फुल इत्यदि इनिहरु पाके पछि खान योग्य् हुन्छ ।र इनिहरुको तेतिबेला मात्र महत्ब हुन्छ,जुन खान योग्य हुन्छ,तर तर केश,,,कपाल् पाकेपछिकिन महतोहिन हुन्छ? उमेरले डाडा काट्न थाले पछि मानिसहरु ऐना हेर्दे आफ्नो कन्चट्को पाकेको कपाल्अहरु चिम्टिलेटिप्न थल्छ, अनि टिप्न पनि नभ्याउने भएपछि सेतो कपाललाइ किन अनेक रङ् लगाउछ? जुन कपाल् तेसै फुल्दऐना पाक्दऐना,पनि त्यो कपाल् पकाउन लाइ पनि ठुलो त्यग र बलिदान चहिन्छ,जुन कपाल घामले फुल्दैन अनि मौसमले पनि जुन सेतो कपालमा थुप्रै-थुप्रै रङिन् कथा र ब्यथाहरु लुकेको हुन्छ। तेसैले यति लामो सङ्हर्स पछि पकाएको कपालपर्ति मानिसहरु किन बितृस्न गर्छ? बालापन् किसोर यौबनकाल् पार गरेर फुलाएको कपाल पर्ति त मान्छेको मोह हुनु पर्ने होइना र?सेतो कपाल् हुनु भनेको अध्यारोबाट उज्स्लो हुनु जस्तै होइना र?उज्यलो पर्ति मान्छेको किना एस्तो घृणा।।

05 August 2008

चौतारीको कुरा............

यदि तपाईं डुल्दै, घुम्दै मेरो चौतारीमा आइ पुग्नु भयो भने , कस्तो छ त मेरो चौतारीको हल चल? र मैले के गर्नु पर्ला अगामी दिनहरुको लागि ? यो चौतारी सम्पुर्ण तपाईं हाम्रै आफ्नै चौतारी हो भन्ने मैले ठानेको छु । आशा छ तपाईंहरुको सुझाब,सल्लाहहरु सधैं सधैं यो चौतारीले कुरिरहने छ ।

कृपया प्रतिकृया दिनु होला,
धन्यबाद,
सँगम किराँती भोजपुरे