29 December 2008

जिन्दगि!!

हजारौ मान्छेहरुको कोलाहल भिडहरुमा पनि।
सधै एक्लै छु जस्तो लाग्छ मलाई।
जिबनको हजारौ खेलहरुमा हार्दा-हार्दै
अब त केहि जित्दिना जस्तो लाग्छ मलाई।
भाग्यले दिएको यो उपहार स्वरुप अभिशापले गर्दा।
अब त हृदय नै छिया-छिया भए जस्तो लाग्छ मलाई!
सुन्य सन्सारमा केहि खोज्दा खोज्दै
अब त आफैलाई भुले जस्तो लाग्छ मलाई!
सधै भरी निरासले भरीएको जिदगिमा।
आशाको किरण नै छैना जस्तो लाग्छ मलाई।
त्यसैले त!!
आसै आसामा डुबेको जिन्दगिले
गन्तब्य भेट्न सकिएन कहिल्यै।
सपना त केवल सपना नै रहेछ।
बिपनामा परीबर्तन गर्न सकिन कहिल्यै।
जिबनको हर मोडमा असफल भए पनि।
सफल्ताको आशा मेटिएन कहिल्यै!!!

2 comments:

  1. आशा मेट्नु पनि हुँदैन नि !! बरू चरेस खानु तर हरेस चैँ नखानु भन्छन् !

    ReplyDelete
  2. ramro barnan -jindagi ko....ani m Ujeli ji sang sahamat 6u r alikati ...aashaa haru pani thati rakhne ki?

    ReplyDelete