11 November 2008

संस्मरण

तपाईहरु मध्य कोहि महता गाउं पुग्नु भएको छ?छैन भने के छ बिचार!जाने होइन त?हजुर महता गाउं हाम्रै देशको पस्चिमान्चलको बिकट जिल्ला अछामको एउट गाउंको नाम हो।जुन गाउको ८० देखि ९०प्रतिसत युवा युवतिहरुबिबाहा गर्ने उमेर पुगेर पनि एक्लो जिबन बांच्न बाध्य छन।यस्को मुल कारण पनि धर्म परम्परा अनि जातिय संरचना नै रहेछ।मुख्यत त्यो गाउमा बसोबासगर्ने जात जातिय मध्य क्षेत्रीसमुदयमा प्रचलित दुई प्रकारको जात रहेछ।पहिलो दर्जामा,कुवर,खडका,बिस्ट,थापा,रावल ईत्यादि पर्दो रहेछ भने दोस्रो दर्जाको क्षेत्रीहरुमा बोहरा,महरा,कठायत,ठकुल्ला, आदि पर्दोरहेछ।तर सामजिक परम्परा अनुसार त्यो दुई क्षेत्री समुदायमा अहिले सम्म बिबाहावारी भएको रहेनछ।त्यो पनि जातित्वको कारण नै रहेछ।प्रथम दर्जाको समुदयले दोस्रो दर्जाको समुदयलाई सनो जात भनि रोक लगाएछ।अनि बदलामा दोस्रो दर्जाको समुदायले पनि उनीहरुसंग सम्बन्ध नगर्ने निर्णय गरेछ।जस्को बारेमा त्यो महता गाउंको एउट रोचक घटना छ।सांफेबगर बिमानस्थलबाट करीब २ घन्टाको दुरीमा रहेको छ।महता गाउ त्याहाको गाउलाई दुई टोलमा बिभाजन गरीएको छ।तल्लो महता गाउ र मथिल्लो महता गाउं त पहिला ति दुबै महताहरु क्षेत्री नै थिए।र बिस्तारै तल्लो महताहरुले आफु मथिल्लो तहको महता(बोगटि)भएको घोषनागरेछ।र उनिहरु महताको ठाउमा बोगटि लेख्न थालेछ।तत्काल त ति बोगटिहरुले केहि समस्याहरु भोग्नु परेन।तर बर्षौ पुरानो सम्बन्ध भएको माथिल्लो महताहरु संग चिसोपना आउन थालेछ।तर तल्लो तहका महताहरुले माथिल्लो तहका महताहरुको छोरी माग्न जादा तिमिहरु सानो जातका होउ त्यसैले तिमिहरुलाई छोरी दिन्नौ भनेर फर्काईदिएछ।त्यस पछित अछामको बोगटिहरु सबैले ति तल्लो महताहरुलाई प्रथम दर्जाको बिगटिको स्थान दिन छाडेछ।अनित त्यो समस्या सुल्झाउनको लागी अरु कुनै उपाय सोच्न थालेछ।त्यसैले भन्न थालेछ।यदि कुनै युवकले मथिल्लो तहको केटि भगाएर ल्याएमा उस्लाई पुरस्कार दिने र यदि कुनै उच्चकोटिको केटाले आफ्नो छोरी बिबाहा गरे जस्लाई नगद जिन्सि दिबै उपहार स्वरुप दिने घोषणा गरेछ।तर यस्मा पनि उनिहरु पुर्ण रुपमा सफल हुन सकेन।बदलामा झन उच्चकोटिको क्षेत्रीहरुले कडाईको साथ प्रतिबन्ध लगाएछ। हुदाहुदा दिनप्रतिदिन हुर्कदै गएको युवायुवतिहरुको बैबाहिक समस्याको कारण अरु थप समस्याहरु थपिदै गयो।र आफ्नो छोरीहरुको उर्लदो जवानिसंग दया लागे पनि अहिले उनिहरु केहि गर्न सक्ने अवस्थामा छैन।अहिले उनुहरुमा बैबहिक सम्बन्धमा नाकाबन्दि जस्तै भएकोछ।अहिले त्यहाका युबतिहरु आफ्नो बिबाहा हुन्छ भन्ने कुरामा बिस्वास गर्दैन अनि त्यहाको युबाहरु पनि त्यै समस्याको कारण भारतको बिभिन्न सहरहरुमा भौतारिदै मजदुरी गरिरहेको छ।अहिले उनिहरु आफ्नो बाबु बाजेको अहंमको कारण यस्तो स्थितिमा आईपुगेको हो।अहिले त महता गांउ बिबाहा गर्ने बरको खोजिमा धाउनेहरुको ठाउ नै भएको छ।यसरी बर्बादिको संघारमा पुगेको हो महता गांउ,,,,

स्रोत:साधना मासिक

1 comment:

  1. कसरी उँभो लगाउनु त हौ महता गाउँलाई ??

    ReplyDelete