29 December 2008

जिन्दगि!!

हजारौ मान्छेहरुको कोलाहल भिडहरुमा पनि।
सधै एक्लै छु जस्तो लाग्छ मलाई।
जिबनको हजारौ खेलहरुमा हार्दा-हार्दै
अब त केहि जित्दिना जस्तो लाग्छ मलाई।
भाग्यले दिएको यो उपहार स्वरुप अभिशापले गर्दा।
अब त हृदय नै छिया-छिया भए जस्तो लाग्छ मलाई!
सुन्य सन्सारमा केहि खोज्दा खोज्दै
अब त आफैलाई भुले जस्तो लाग्छ मलाई!
सधै भरी निरासले भरीएको जिदगिमा।
आशाको किरण नै छैना जस्तो लाग्छ मलाई।
त्यसैले त!!
आसै आसामा डुबेको जिन्दगिले
गन्तब्य भेट्न सकिएन कहिल्यै।
सपना त केवल सपना नै रहेछ।
बिपनामा परीबर्तन गर्न सकिन कहिल्यै।
जिबनको हर मोडमा असफल भए पनि।
सफल्ताको आशा मेटिएन कहिल्यै!!!

27 December 2008

सम्पुर्ण नेपालि दाजुभाई दिदिबहिनि तथा मेरा सबै ब्ल्गर मित्रहरुमा नया बर्ष २००९ले सबैमा नयां जोश जागर अनि उमंग छावोस अनि नया नया प्रगतिको कामना गर्दछु!!!

11 December 2008

शान्तिको लागि संगित

कुरा २९६१ बैसाखतिरको हो।काम बिसेषले म चितवनको नारायणघाट पुगेको थिए। त्यहा पुग्दा त्यहाको बातावरण अलि बेग्लै थियो।टुडिखेल भरि मान्छेहरु जम्मा भएको थियो।किन भने तेतिबेला भर्खर मात्रै माडिकान्ड भएको थियो।मलाई लाग्यो कुनै ठुलै नेताले भाषण गर्नु आउनेरहेछ र याहाको जनताहरु भेला भएको होला।अनि म पनि डराउदै त्यै भिड संगै हराए एकछिन।तर केहिक्षण पछित बातावरण नै बेग्लै भयो त्यहा त नेपथ्य ब्यन्डको कलाकारहरु पो सान्तिको लागि संगित मार्फत कार्यक्रम गर्ने क्रममा त्यहा पुगेको रहेछ।सबैले तालिले स्वागत गरे बिस्तारै कार्यक्रम सुरु भयो।अ्रित गुरुङले आफ्नो पुरानै गित मार्फत कर्यक्रमको उदघाटन गरे।सबै आफ्नो मनको पिडालाई भुलेर् रमाउन थाले उस्को गित संगै अनि कार्यक्रमको अन्त्यतिर सुन्दर सान्त नेपाल बोलको गित गाउदा जुन गितको सुरु देखि नै त्यहा उपस्थित सबैको आखामा आंशु छचल्किएको देखे मैले।अनि गितको अन्त्य संगै सबैले तालि बजाएर सान्तिको कामना गर्दै स्याबासि दिए अ्रित लाई।त्यसबेला मलाई लाग्यो संगित भनेको देशको एउटा अभिन्न अंग रहेछ।दु:खमा होस वा सु:खमा हासो खुसि पिडा ब्याथा जस्तोसुकै अवस्थामा पनि संगितले मान्छेलाई मर्माहित बनाउदोरहेछ।हुनत नेपथ्यलेमात्र गरेको योग्दानले सान्ति आएको हो भन्न खोजेको होइन मैले देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउनको लागि आजिवन भुमिगत भएर संगित मार्फत जनतालाई जागरुक पार्ने कलाकारहरु जे,बि,टुहुरे,रामेश,मन्जुल,जस्ता महानकलाकारहरुपनि छन हाम्रो देशमा सबैलेआ-आफ्नो क्षेत्रबाट गरेको प्रयासबाट देशमा गणतन्त्र त आयो तर हात्ति आयो-हत्ति आयो फुस्स भने झै भयो।जनताले धेरै कुराको आशा गरेको थिए गन्तन्त्र मार्फत। तर ति सबै सपना जस्तै भयो।यसरी हजारौ नेपालि आमाको छोराछोरीले रगतको खोला बगाएर ल्याएको गणतन्त्रमा हाम्रा यि नेता भनाउदाहरु मोजमस्तिमा डुबेकोछ।ति सहिद परीवारको चहराएको घाउमा महलम् लगाई सान्तवना दिने फुर्सद सम्म छैन उनिहरुलाई।बिदेश भ्रमण ठुलठुला सेमिनारगोस्टि र रीबन काटनलाई नै फुर्सद् छैन उनिहरुलाई।गरिब जनताहरु आफ्नो घरबारी बन्दकि राखेरबिदेश गै पसिना बगाएर कमाएको परिस्रममा पनि अब त रयाल चुहाउन थालेकोछ।बिभिन्न बहाना गरी हरेक समानमा १५ देखि ३०,३५%सम्म कर लगाएर गरिब जनताको ढाड सोझाउन थालेकोछ अहिलेको गणतान्तिक सरकार

09 December 2008

गित बदला'

पुर्णेको जुन झुल्कियो भन्छ।
मेरो त सधै रात।
कहिलेको बदला लिएर मलाई गरेउ नि पक्षपात।
निश्चल मनको अदृश्य चाहाना पाईना फरक।
खै किन ल्याएउ यो दुनियामा भए म फगत।
बिधाता पनि निस्ठुरी किन गरेउनी बिस्वासघात।
कहिलेको बदला,,,,
काहा पो देखौ कहिले भेटौ भैरन्छ यो मन।
ओठमा तिम्रो मुस्कान देख्दा दिन काटन सकिन।
ओठको मुस्कान खोजन थाल्यो ति जुन ताराले।
तिमिले गित गाउदा संसार भुलेको थिए मैले।
ओठमा मुस्कान लिएर प्रीय योमनमा आईदेउ।
यो छातिभित्र लागेको घाउमा औषधि लगाईदेउ।
फुल र जुनको कुरा नि गर्छ कस्तोछ जगत।
कहिलेको बदला,,,,,