05 October 2011

म आफ्नै संसारको कुनै कुनामा उभिएर बिना घामको अध्यारोलाई सम्झन पुग्छु कहिले!!अर्थात म आफ्नै संसारमा यसरी बिरानिन्छु कि!म आफ्नो सबथोक(अतित बर्तमान भबिस्य)लाई भुलेर बेग्लै दुनियामा हराईदिन्छु!आखिर मान्छेले सदा आफु हिडुन्जेल मात्र आफ्नो बाटो हो भन्ने बिर्सेर अपनत्वको सुन्दर भ्रममा आफ्नो बाटो हिडीरहेको हुन्छ!तर म भ्रम मुक्त छु!किन कि! म कोहि कसैलाई पनि बास्तबिक आफन्त महशुस गर्न सक्दिन! त्यसैले आफन्तहिन नै अपरिचित संसारको यो अपरिचित बाटोमा एक्लै मस्त हिडीरहेकोछु! यसरी कुनै बाटो नै तय नगरी हिड़ेका मेरा पाईलाहरु अघि बढ्नु संगै जान अन्जान सम्भावनाहरु नजिकिरहेछ!त्यसैले मलाई सधै गतिसिल्ताको गर्व लाग्छ!बर्तमान होस् या हराएको मान्छे!स्मिर्ती सम्बद्द सुखानुभूति होस् या पिडानुभुती!!! स्मृतिको छाया बाट मुक्त पनि हुन सक्दिन!तर-तर म स्मृति पीडाको नाममा कसैको बर्तमान जिन्दगि लुट्न चाहान्न!तर पनि ति स्मृतिका पिडा बाट सारा कला र छायाहरू मेटाएर भए पनि आफ्नै संसारको परिधि भित्रको स्मृति सुखमा मस्त संग म आफ्नै बर्तमान जिन्दगि लुटीरहेछु!त्यसैले म आफ्नै जिन्दगीको लुटेरा हुँ!!! संगम

No comments:

Post a Comment